Advertisement

ताजा अपडेट

‘पूर्ण बहादुरको सारङ्गी’ले इतिहास कोर्ने भन्दै स्थगित भयो ‘केटी हराएको सूचना’ को प्रदर्शन

‘पूर्ण बहादुरको सारङ्गी’ले इतिहास कोर्ने भन्दै स्थगित भयो ‘केटी हराएको सूचना’ को प्रदर्शन

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन
काठमाडौं | नाजिर हुसेन र सृष्टि श्रेष्ठ अभिनीत फिल्म ‘मिसिङः केटी हराएको सूचना’ पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने भएको छ ।आउँदो शुक्रबार रिलिज हुने तयारीमा रहेको फिल्मको प्रदर्शन तत्कालका लागि स्थगित गरिएको हो। निर्माण कम्पनी ‘ट्राई–सिटी’ ले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ। प्रदर्शनरत चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ इतिहास कोर्ने बाटोमा रहेको भन्दै ‘मिसिङ: केटी हराएको सूचना’ले प्रदर्शन मिति पछि सारेको हो । अहिले ‘पूर्ण बहादुरको सारङ्गी’को शो बाँडफाँट हेर्दा उसलाई सहयोग गर्न आवश्यक रहेको ‘मिसिङ स् केटी हराएको सूचना’को निर्माणपक्षले विज्ञप्ति जारी गर्दै जनाएको छ ।फिल्मको नयाँ प्रदर्शन मिति चाँडै सार्वजनिक गरिने जनाइएको छ।...
जिबी राईलाई भगाउने सहसचिवलाई सहकारी कार्यदलको जिम्मेवारी

जिबी राईलाई भगाउने सहसचिवलाई सहकारी कार्यदलको जिम्मेवारी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं |  ६ वटा सहकारीबाट १० अर्ब भन्दा धेरै ठगी गरी फरार रहेका गितेन्द्रबाबु राईलाई विदेश भगाउन सघाउने सहसचिवलाई सरकारले सहकारीसम्बन्धि कानून संशोधन कार्यदलको सदस्य सचिव बनाएको छ । सहकारी विभागमा रजिष्ट्रार हुँदा सहकारी ठगीमा नीतिगत चलखेल गर्ने सहसचिव नमराज घिमिरेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो जिम्मेवारी दिएका हुन् । बिहीबार सरकारले सचिव फणिन्द्र गौतमको नेतृत्वमा कार्यदल गठन गरेको हो । जसमा अर्थ मन्त्रालयका सहसचिव, राष्ट्र बैंकका निर्देशक र सहकारी विभागका रजिष्ट्रारलाई सदस्य बनाइएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत सहसचिव घिमिरेलाई सदस्य सचिव बनाइएको छ । घिमिरे सहकारी विभागको रजिष्ट्रार हुँदा उनको राहदानी फुकुवा गर्न अध्यागमन विभागलाई पत्राचार गरेका थिए । जिबी राईविरुद्ध एकपछि अर्को उजुरी परिरहेका बेला त्यसरी नाटकीय रुपमा उनलाई विदेश भगाइएको थियो । सोही कारण अहिलेसम्म स...
शाहरुख खानलाई ज्यान मार्ने धम्की

शाहरुख खानलाई ज्यान मार्ने धम्की

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
एजेन्सी | शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ। नोभेम्बर ५ मा उनलाई ज्यान मार्ने धम्की आएको भारतीय प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। धम्की दिने व्यक्तिले छत्तीसगढको रायपुरबाट मुम्बईको बान्द्रा पुलिस स्टेशनमा फोन गर्दै ५० लाख फिरौती समेत मागेका थिए। धम्कीपछि शाहरुखको घर ‘मन्नत’मा सुरक्षा बढाइएको छ। रायपुर प्रहरीले धम्कीपूर्ण कल मोहम्मद फैजान खानको फोनबाट आएको जनाएको छ। पेशाले वकिल रहेका फैजानले नोभेम्बर २ मा फोन चोरी भएको उजुरी दिएका थिए। यसअघि ५ नोभेम्बरमा सलमान खानलाई पनि धम्की आएको थियो। मुम्बईको कन्ट्रोल रुमबाट प्राप्त सन्देशमा सलमान खानले बिश्नोई समुदायको मन्दिरमा गएर कालो हरिणको शिकार गरेकोमा माफी नमागे वा ५ करोड रुपैयाँ नदिए आफ्नो ज्यान लिने धम्की दिइएको थियो।...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ |  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो । आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे बनाउन लागिएको छ । उहाँले उडान स...
छठ पर्व आजदेखि विधिपूर्वक सुरु

छठ पर्व आजदेखि विधिपूर्वक सुरु

ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार
महोत्तरी | मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ ।चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो ।सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो । जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ...
जलवायु परिवर्तनको असर, गैँडाको अस्तित्व खतरामा

जलवायु परिवर्तनको असर, गैँडाको अस्तित्व खतरामा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
नारायणगढ | जलवायु परिवर्तनको प्रत्यक्ष असर गैँडामा पर्ने देखिएको छ । जलवायु परिवर्तनले हुने अतिवृष्टि र अनावृष्टिका कारण जैविक विविधतामा प्रभाव पर्दा यसको प्रत्यक्ष असर गैँडामा पर्ने विज्ञहरूले औँल्याएका छन् । जलवायु परिवर्तनको प्रभावले गैँडामा पर्ने असरबारे विद्यावारिधि गर्नुभएका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जलवायु परिवर्तनको असरले आगामी ५० वर्षभित्र गैँडाको वासस्थान खुम्चिने दाबी गर्नुभयो । “कुल भूभागको दुई प्रतिशत मात्रै अहिले नेपालमा गैँडाका लागि वासस्थान योग्य क्षेत्र छ । यो क्षेत्रमा पनि ५० वर्षपछि ३० प्रतिशतभन्दा बढी खुम्चिने अवस्था छ,” उहाँले थप्नुभयो, “अतिवृष्टि भयो भने बाढीले असर गर्छ, अनावृष्टि भयो भने पानीका मुहान सुकेर संरक्षित क्षेत्रमा वन्यजन्तुका लागि पानीको अभाव हुन्छ । अतिवृष्टिको प्रभाव त अहिले नै देखिएको छ ।” २०७४ साल साउन २८ गते...
म्याग्दीमा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र

म्याग्दीमा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र

गण्डकी, ताजा अपडेट
म्याग्दी | जिल्लामा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, सबस्टेशन, अस्पताल, खानेपानी, सेवा प्रदायक कार्यालयको भवन, मोटरेबल पुललगायत आयोजना निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारणलाई सास्ती भएको छ । स्थानीय तह, सङ्घीय, प्रदेश सरकारमार्फत सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि निर्माण पूरा नहुँदा र निरन्तरता नपाउँदा अलपत्र बनेका हुन् । अलपत्र पर्नेमा गण्डकी प्रदेश सरकारका तीन, सङ्घीय सरकारका पाँच र स्थानीय तहका चारवटा छन् । पाँचवटा सडक, चारवटा भवन, सबस्टेशन र खानेपानीसम्बन्धी एक–एकवटा आयोजना छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोवार प्रवर्द्धक रहेको रु सात अर्ब लागत अनुमान गरिएको राहुघाट जलविद्युत् र रु तीन अर्ब लागत अनुमान गरिएको डाँडाखेत–राहुघाट प्रसारण लाइनबाहेकका अलपत्र र अधुरा आयोजनाको लागत रु दुई अर्बभन्दा बढी छ । प्रशासनिक, राजनीतिक र ...
रवि र छविलाई लगियो अदालत

रवि र छविलाई लगियो अदालत

Breaking News 1, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
पोखरा | सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की अदालत लगिएको छ।मंगलबार उनलाई अदालत उपस्थित गराइएको हो।म्याद थपका लागि उनलाई अदालत लगिएको हो।साथै सहकारी ठगीमा पक्राउ परेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी र लिला पछाईंलाई पनि अदालत उपस्थित गराइएको छ। रास्वपा लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए। उनलाई यसअघि दुई पटक म्याद लिएर अनुसन्धान गरिएको थियो। तिहारको सार्वजनिक बिदाका कारण म्याद थप गर्न नमिलेकोले आज म्याद थपका लागि उनीहरूलाई अदालत लगिएको हो।जोशी असोज ६ गते र पछाईं असोज १४ गते पक्राउ परेका थिए।...
लिग टु क्रिकेट : चोटका कारण करण र भीम ‘आउट’, देव र सागर ‘इन’

लिग टु क्रिकेट : चोटका कारण करण र भीम ‘आउट’, देव र सागर ‘इन’

खेलकुद, ताजा अपडेट
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलअघि नेपाली टोलीमा दुई परिवर्तन भएको छ । चोटका कारण पेसर करण केसी र ब्याटर भीम शार्की टिमबाट बाहिरिएका छन् भने उनीहरुको स्थानमा देव खनाल र सागर ढकाल टिममा समावेश गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । करण अमेरिका विरुद्धको खेलमा बलिङका क्रममा घाइते भएपछि बाँकी खेल खेलेनन् । क्यानले सोमबार स्टेटमेन्ट जारी गर्दै चोटका कारण करणसँगै भिम पनि टिम बाट बाहिरिएको जनाएको छ । नेपाली टिमसँगै रिजर्भ खेलाडीका रुपमा रहेका देव र सागर अब १५ सदस्यीय टिममा समावेश हुनेछन् । अमेरिकामा भइरहेको लिग टु को सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ । खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ । सिरिजमा यसअघि खेलेका तीनमध्ये दुई खेलमा पराजित भएको नेपालले ए...
युट्युबर मिस्टर बिस्ट बने आठौं व्यक्ति

युट्युबर मिस्टर बिस्ट बने आठौं व्यक्ति

ताजा अपडेट, मनोरञ्जन, समाचार
युएई | युट्युबर मिस्टर बिस्ट विश्वको सबैभन्दा अग्लो भवन ‘बुर्ज खलिफा’को टुप्पोमा पुग्ने आठौं व्यक्ति बनेका छन् । बुर्ज खालिफाको चुचुरोमा पुगेपछी उनले भने : “म सफल भएँ ! म संसारको सबैभन्दा अग्लो भवनको टुप्पोमा उभिएको छु,” उक्त क्लिपमा युट्युबर बिस्टले भनेको सुन्न सकिन्छ । यसको पूरा भिडिओ बिस्टले २ नोभेम्बरमा युट्युबमा अपलोड गरेका थिए । उनले अगाडि भनेका छन्, “यो त डरलाग्दो छ ! मैले तल नहेरेको भए हुने रहेछ ।”...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज