काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलअघि नेपाली टोलीमा दुई परिवर्तन भएको छ ।
चोटका कारण पेसर करण केसी र ब्याटर भीम शार्की टिमबाट बाहिरिएका छन् भने उनीहरुको स्थानमा देव खनाल र सागर ढकाल टिममा समावेश गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । करण अमेरिका विरुद्धको खेलमा बलिङका क्रममा घाइते भएपछि बाँकी खेल खेलेनन् ।
क्यानले सोमबार स्टेटमेन्ट जारी गर्दै चोटका कारण करणसँगै भिम पनि टिम बाट बाहिरिएको जनाएको छ । नेपाली टिमसँगै रिजर्भ खेलाडीका रुपमा रहेका देव र सागर अब १५ सदस्यीय टिममा समावेश हुनेछन् ।
अमेरिकामा भइरहेको लिग टु को सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ । खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ ।
सिरिजमा यसअघि खेलेका तीनमध्ये दुई खेलमा पराजित भएको नेपालले एक खेल मात्र जितेको छ । स्कटल्याण्ड विरुद्ध नै यसअघिको पहिलो खेल नेपालले ५ विकेटले जितेको थियो ।
घरेलु टोली अमेरिका विरुद्ध भने नेपाल पहिलो खेलमा ३ विकेटले र दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।