Advertisement

राजनीति

कांग्रेसले सर्केगार्डको उपाध्यक्षमा सबिता बुढालाई उठाउने

कांग्रेसले सर्केगार्डको उपाध्यक्षमा सबिता बुढालाई उठाउने

कर्णाली, राजनीति, समाचार
सिमकोट | आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले हुम्लाको सर्केगार्ड गाउँपालिकाको उपाध्यक्षमा सबिता बुढालाई उम्मेदवार बनाउने भएको छ। कांग्रेस हुम्लाको ‘क’ प्रदेश कार्यसमिति बैठकले उपाध्यक्षको उम्मेदवारका लागि बुढाको नाम सिफारिस गरेको थियो। कांग्रेस जिल्ला संसदीय समितिले बुढाको नाम अनुमोदन गरेको उपसभापति वसन्त रोकायाले जानकारी दिए। जिल्लाको निर्णयबारे अब केन्द्रलाई जानकारी गराउने उनले बताए। बुढा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधि हुन्। गत भदौमा उक्त गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सडक दुर्घटनमा निधन भएको थियो।...
गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै

गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै

राजनीति, समाचार
काठमाडौँ | प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थियो। विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए। सर्वोच्च नेता सिंहसँग नजिक भएर काम गरेका वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत १९९७ सालमा प्रजातन्त्रका लागि घरपरिवार त्यागेर उनले राजनीति सुरु गरेको स्मरण गर्छन्। त्यागबाट राजनीतिक जीवन सुरु गरेका सिंहले १९९७ सालदेखि  २०४६ सालसम्म आन्दोलन गरेर प्रजातन्त्रका लागि योगदान गरेको बस्नेत बताउँछन्। सिंहले २०४६ साल...
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

ताजा अपडेट, बागमती, राजनीति
काठमाडौं | नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी मंसर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, समसामयिक राजनीति, सरकार सञ्चालनका लागि गठित दुई दलीय समन्वय सयन्त्रलगायत विषयमा छलफल हुने एमालेले जनाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने उक्त बैठकमा सहभागी हुन सचिवालय सदस्यहरूलाई पत्राचार गरिएको छ ।...
कमलाले चुनाव हारेपछि बाइडेनले भने, ‘हाम्रो लोकतान्त्रिक प्रणाली निष्पक्ष छ’

कमलाले चुनाव हारेपछि बाइडेनले भने, ‘हाम्रो लोकतान्त्रिक प्रणाली निष्पक्ष छ’

राजनीति, समाचार
वासिङ्टन डीसी । चुनावी नतिजापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा अमेरिकाको लोकतान्त्रिक प्रणाली निष्पक्ष रहेको दाबी गरे । आफ्नो कार्यकाल सकिन ७४ दिन बाँकी रहेकोमा राष्ट्रपति बाइडेनले आफूले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गरेर विदा हुन चाहेको बताए । उनले भने, 'हाम्रो लोकतान्त्रिक प्रणाली निष्पक्ष छ। देशले जे चाहान्छ, यहाँको नेतृत्व उसैले गर्छ ।' राष्ट्रपति बाइडेनले चुनावमा पराजय भएपनि उपराष्ट्रपति कमला ह्यारिसको प्रशंसा गरेका थिए ।...
रवि र छविलाई लगियो अदालत

रवि र छविलाई लगियो अदालत

Breaking News 1, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
पोखरा | सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की अदालत लगिएको छ।मंगलबार उनलाई अदालत उपस्थित गराइएको हो।म्याद थपका लागि उनलाई अदालत लगिएको हो।साथै सहकारी ठगीमा पक्राउ परेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी र लिला पछाईंलाई पनि अदालत उपस्थित गराइएको छ। रास्वपा लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए। उनलाई यसअघि दुई पटक म्याद लिएर अनुसन्धान गरिएको थियो। तिहारको सार्वजनिक बिदाका कारण म्याद थप गर्न नमिलेकोले आज म्याद थपका लागि उनीहरूलाई अदालत लगिएको हो।जोशी असोज ६ गते र पछाईं असोज १४ गते पक्राउ परेका थिए।...
नेपाली कांग्रेसको ‘युवा संकल्प यात्रा’ कात्तिक २३ गतेदेखि

नेपाली कांग्रेसको ‘युवा संकल्प यात्रा’ कात्तिक २३ गतेदेखि

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची–महाकाली ‘युवा संकल्प यात्रा’ सञ्चालन गरिने भएको छ । यात्रा कात्तिक २३ गते मेचीनगरको काँकडभिट्टाबाट सुरु भई इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै यात्रा मंसिर ४ गते महाकाली पुगेर समापन बताइएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले उद्यमशीलता नेपालको विकासका लागि अपरिहार्य रहेको जनाउँदै राजनीतिक उपलब्धिको संरक्षण युवाशक्तिको समुचित उपयोगबाट मात्र हुनसक्ने बताए । उनले भने, ‘कांग्रेसले युवा उद्यमशीलता प्रवर्द्धनमात्र होइन, देशको अवस्था बदल्ने तागत राख्नुपर्छ । कृषिप्रधान देशमा कृषिको आधुनिकीकरणमार्फत लाखौँ युवालाई स्वदेशमै रोजगार बनाउन सकिन्छ ।’ सहकारीपीडितलाई तत्काल राहत र बचत फिर्ता गराउन पहलकदमी लिने तथा विभिन्न संस्था...
राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय‚ सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने

राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय‚ सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने

राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसले पचास लाख सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले उक्त निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार पीडितको सहयोगका लागि संसदीय दलले सहयोग गर्ने र सबै सांसदहरूको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको उनले बताए । साथै केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गर्दै बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र गर्न सरकारसँग माग गरेको छ । बेपत्ताको खोजीलाई तीव्र गर्न सरकारको ध्यानाकर्षण गराउँदै सबै घाइतेको निःशुल्क उपचार चाँडोभन्दा चाँडो गर्न पनि सरकारसँग माग गरेको हो । बैठक पश्चात् जानकारी दिँदै महतले पार्टीको संरचना तथा भातृ शुभेच्छुक संस्थालाई पनि नागरिकलाई सहयोग गर्न अपिल गर्ने निर्णय भएको जानकारी दिए । ‘कयौँ ठाउँको सडक छैन‚ पुल भत्किएको छ आवतजावत गर्ने कुरा अवरुद्...
सरकारले बोलायो सर्वदलीय बैठक

सरकारले बोलायो सर्वदलीय बैठक

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । सरकारले सर्वदलीय बैठक बोलाएको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले अविरल वर्षापछि आएको बाढी पहिरो विपत पछिको राहत, उद्दार र धनजनको क्षतिका ’boutमा छलफल गर्न सरकारले आज अपराहन्न १ सिंहदरबारमा बस्ने गरि सर्वदलीय बैठक बोलाएको हो । विगत तीन दिन देखि परेको अविरल बर्षाका कारण राजधानी काठमाडौँसँग मोफसलको सडक सम्पर्क टुटेको छ भने अहिलेसम्म बाढी पहिरोमा परि ६६ जना भन्दा बढीको मृत्यु भएको छ ।...
प्रचण्ड र रवीन्द्र मिश्रबिचको कुराकानीप्रति बाबुरामको प्रतिक्रिया

प्रचण्ड र रवीन्द्र मिश्रबिचको कुराकानीप्रति बाबुरामको प्रतिक्रिया

Breaking News 1, राजनीति, विचार, समाचार
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेता रवीन्द्र मिश्रबीचको भेटलाई कटाक्ष गरेका छन्। उनले प्रचण्डको राजा महेन्द्रप्रतिको प्रशंसा असत्य भएको भन्दै गणतन्त्रका उपलब्धिहरू जनताको बलिदानबाट प्राप्त भएको र तिनलाई कमजोर पार्न नहुने बताए।...
गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष जोशीलाई जिप्रका कास्की पुर्‍याइयो

गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष जोशीलाई जिप्रका कास्की पुर्‍याइयो

Breaking News 2, कास्की, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
कास्की । गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याइएको छ । काठमाडौंबाट पक्राउ परेका छबिलाललाई हवाइजहाजबाट पोखरा ल्याइएको हो । सहकारीको रकम अपचलनको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जोशीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । गत माघमा जोशीको शंखमूलस्थित घरबाट प्रहरीले छापा मारी पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित दस्ताबेज बरामद गरेको थियो । यद्यपि जोशीले आफू सहकारीको रकम अपचलनमा संलग्न नहरेको दाबी गर्दै आउनु भएको थियो । जोशीको घरमा सहकारीको रकम ठगी आरोपमा फरार रहेका जीबी राईको नेचर हर्ब इन्टरनेसनल प्रालिको कार्यालयसमेत सञ्चालित थियो । त्यहीँबाट सहकारी रकम कारोबार भएको सफ्टवेयरको सर्भरसमेत बरामद भएको प्रहरीले जनाएको थियो । जिल्ला प्रहरी कार्यालय पोखराको आग्रहमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज