Advertisement

लुम्बिनी

नारायणगढ–बुटबल सडकखण्डमा अत्याधुनिक सिसी क्यामेरा जडान गरिने

नारायणगढ–बुटबल सडकखण्डमा अत्याधुनिक सिसी क्यामेरा जडान गरिने

ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार
नवलपुर । नारायणगढ–बुटबल सडकखण्डमा अत्याधुनिक सिसी क्यामेरा जडान गरिने भएको छ । सिसी क्यामेरा नहुँदा दुर्घटनाका कारण पत्ता लगाउन र दुर्घटनापछि फरार हुनेहरुको खोजी गरी अनुसन्धान गर्न सजिलो हुने भएकाले जिल्ला प्रहरी कार्यालयले अत्याधुनिक क्यामेरा जडान गर्ने तयारी गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहले चालक र गाडीको गतिसमेत डिटेक्ट गर्ने एनपिआर क्यामेरा जडान गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार एउटा क्यामेराको मूल्य एक लाख २५ हजार रूपैयाँ पर्छ । उक्त रकम जिल्लाका पालिकाबाट प्राप्त हुने र कुन पालिकाले कति रूपैयाँ दिने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसहितको छलफलबाट तय हुने उनले जानकारी दिए । बाटो विस्तारका क्रममा रहेकाले अहिले नारायणगढ–बुटबल सडकखण्डमा राखिएका क्यामेराहरु हराएका र केही बिग्रेको अवस्थामा छन् । हाल दुम्किबासमा एउटा मात्र सिसी क्यामेरा...
सेनाका पाल र साहु बने पहिलो रात्री दाैड प्रतियोगिताका विजेता

सेनाका पाल र साहु बने पहिलो रात्री दाैड प्रतियोगिताका विजेता

खेलकुद, लुम्बिनी
नेपालगन्ज | नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन्। संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्री दाैडमा पालले ३१.०७.२१ मिनेटमा दस किलोमिटर दाैड पूरा गर्दै च्याम्पियन बनेका हुन्। सशस्त्र प्रहरी बलकाे नेपाल एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दाेस्राे र किरणसिंह बाेगटी तृतीय भए। सन्ताेषले ३२:४८:४४ मिनेटमा निर्धारित दूरी पूरा गर्दा किरणले ३२:५४:६३ मिनेटमा दाैड पूरा गरि तृतीय भएका थिए। धारा नेपालगन्ज म्याराथनकाे दशाैं संस्करण विशेष बनाउन ‘दशाैंमा दस इभेन्ट’ अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको दस किलोमिटर रात्री दाैडमा महिला खुलातर्फ बाँके नरैनापुरकी गीता कुमारी साहु पहिलो भइन्। उनलेे ५९:१६:५२ मिनेटमा दुरी पूरा गर्दा काेहलपुरकी स्वस्तिका शाहीले ५१:०६:३७ मिनेटमा दूरी पूरा गरि दाेस्राे भइन्। ...
संविधानको मर्मअनुसार सरकारले काम गरिरहेको छ:मुख्यमन्त्री आचार्य

संविधानको मर्मअनुसार सरकारले काम गरिरहेको छ:मुख्यमन्त्री आचार्य

लुम्बिनी, समाचार
लुम्बिनी | लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्मअनुसार लुम्बिनी प्रदेश सरकारले काम गरिरहेको बताएका छन्। संविधान दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सङ्घीयताको मर्मअनुरुप प्रदेश सरकारले आफ्ना कामलाई जनमुखी बनाउँदै गएको, सुशासन, सामाजिक न्याय र जनकेन्द्रित विकासको माध्यमबाट ‘समृद्ध लुम्बिनी प्रदेश’ निर्माणमा प्रतिबद्ध रहेको बताए। मुख्यमन्त्री आचार्यले सबै प्रकारका विभेद र उत्पीडनको संस्थागत रुपमा संविधानले अन्त्य गरेको, बहुलबाद, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको उल्लेख गरे। उनले संविधानको एकल सूचीका अधिकारलाई कार्यान्वयन गर्दै साझा सूचीका अधिकारलाई समन्वय, सहकार्यको माध्यमबाट अघि बढाउन प्रदेश सरकार तत्पर रहेको बताए। “सेवाप्रवाहको नवीन भूमिकामा प्रदेश संरचना रहेको छ। कानुन निर्माणदेखि कार्यान्वयनक...
एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी

एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी

लुम्बिनी, समाचार, स्वास्थ्य
बाँके । “हाम्रो गाउँपालिका राजमार्गमा पर्ने भएकाले यहाँ प्रायः सवारी दुर्घटना भइरहन्छन्, पहिले बिरामीलाई अस्पताल लैजानका लागि सवारीसाधन खोज्न निकै आपत् पथ्र्यो तर हाल एम्बुलेन्स सञ्चालनमा आएदेखि सवारीसाधनका लागि भौतारिनु पर्दैन, समयमा नै अस्पताल पुगिन्छ भन्ने विश्वास जागेको छ”, यो भनाइ हो बाँकेको राप्तिसोनारी गाउँपालिका–२ कि मिना वलीको । मीनाले धेरैपटक राजमार्गमा भएका दुर्घटना नजिकबाट देख्नु र सुनेकी छन् । प्रायः रातिको समयमा दुर्घटना हुने हुँदा समयमै उपचार नपाउँदा कतिपयले ज्यान गुमाएको पनि उनको सम्झनामै छ । त्यसैले यहाँका स्थानीयले भरपर्दो एम्बुलेन्स सेवा सञ्चालनका लागि आवाज उठाइरहेका थिए । पछिल्लो समय  यहाँ चौबिसै घण्टा सेवा दिने गरी एम्बुलेन्स सञ्चालनमा आएपछि पहिलेको जस्तो समस्या नहुने उनको विश्वास छ । बाँकेको राप्तिसोनारी गाउँपालिकाले सर्पदंश उपचार केन्द्रका लागि भन्सार तीरेर ल्य...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज