Advertisement

सेनाका पाल र साहु बने पहिलो रात्री दाैड प्रतियोगिताका विजेता

नेपालगन्ज | नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन्।

संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्री दाैडमा पालले ३१.०७.२१ मिनेटमा दस किलोमिटर दाैड पूरा गर्दै च्याम्पियन बनेका हुन्। सशस्त्र प्रहरी बलकाे नेपाल एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दाेस्राे र किरणसिंह बाेगटी तृतीय भए।

सन्ताेषले ३२:४८:४४ मिनेटमा निर्धारित दूरी पूरा गर्दा किरणले ३२:५४:६३ मिनेटमा दाैड पूरा गरि तृतीय भएका थिए। धारा नेपालगन्ज म्याराथनकाे दशाैं संस्करण विशेष बनाउन ‘दशाैंमा दस इभेन्ट’ अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको दस किलोमिटर रात्री दाैडमा महिला खुलातर्फ बाँके नरैनापुरकी गीता कुमारी साहु पहिलो भइन्।

उनलेे ५९:१६:५२ मिनेटमा दुरी पूरा गर्दा काेहलपुरकी स्वस्तिका शाहीले ५१:०६:३७ मिनेटमा दूरी पूरा गरि दाेस्राे भइन्। सलिना थारु एक घण्टा ६ मिनेट ४८ सेकेन्डमा फिनिसिङ लाइन छुँदै तृतीय भइन्।

पुरुष तथा महिला खुलातर्फका शीर्ष तीन जनाले क्रमश नगद रु २५ हजार, १५ हजार र १० हजारका साथै पदक र प्रमाणपत्र प्राप्त गरे। लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनदाज गाैतम, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, नेपालगन्ज म्याराथनका संरक्षक सदस्य केसरबहादुर आले, राखेप सदस्य दिपेन्द्र बिष्ट लगायतले पुरस्कृत गरे।

रात्री दाैड जीवनमा पहिलोपटक दाैड्न पाउँदा नै आफू निकै खुशी भएको विजेता पालले बताए। ‘मैले उपाधि नै जितें, इतिहास बनाउने अवसर पाएँ,’ पालले भने-‘रात्री दाैडकाे मज्जा नै बेग्लै हुने रहेछ।’

पहिलोपटक ठूलो इभेन्टमा भाग लिएकी बाँके नरैनापुरकी गीता साहुले आफूले नसाेचेकाे नतिजा हात पार्दा निकै खुशी भएको बताइन्। ‘पहिलोपटक यति धेरै पैसा जितेकी छु,’ उनलेे भनिन् -‘याे पैसा आमालाई दिन्छु, अब त अझै धेरै खेल्छु।’

भेट्रान पुरुष तर्फ रैवत दाहाल ३८:०८:७१ मिनेटमा दुरी पूरा गर्दै प्रथम, बाँके खजुराका भरत श्रेष्ठ ४८:५६:२३ मिनेटमा लिंदै दाेस्राे तथा महेन्द्र बज्राचार्य ४९:१९:२५ मिनेट लिंदै तेस्राे भए। लुम्बिनीका निवर्तमान सदस्यसचिव भिम ओली, समाजसेवी लिलबहादुर थापाले भेट्रानलाई पुरस्कृत गरे।

भेट्रान विजेता रैवतले पछिल्लो पुस्तालाई दाैडमा आकर्षित गरिरहन आफू दाैडिरहेकाे प्रतिक्रिया दिए। राति दाैड्दा फरक अनुभुति हुने रहेछ,’ उनलेे भने-‘धेरैभन्दा धेरै दाैडमा भाग लिनुपर्छ, यसको आकर्षण बढ्दै जानेछ।’

नेपालगन्ज उपमहानगरपालिका प्रवेशद्वार अगाडि निर्मित नाइट रन गेटबाट सुरु भएको दाैड बीपी चाेक, धम्बाेजी चाेक, पुष्पलाल चाेक, कारकादाे चाेक हुँदै राँझा नजिकै पुगेर पुन: साेही रुटमा बीपी चाेक पुगेपछि दाैड सम्पन्न भएको थियो।

नेपालमै पहिलोपटक नाइट रन आयोजना सफल भएपछि आयाेजक पदाधिकारी तथा नेपालगन्जवासी उत्साहित देखिएका थिए। यसअघि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले रात्रीकालिन दाैडकाे उद्घाटन गरेका थिए।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज