एथ्लेटिक्स खेलाडीसहित खेलकर्मी सम्मानित
काठमाडौँ | खेलकुद क्षेत्रमा उपलब्धिसँगै विशेष योगदान पुर्याएका एथ्लेटिक्स खेलाडीसहित खेलकर्मीलाई बिहीबार सम्मानित भएका छन्।
प्रयास मञ्च नेपालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबार एक कार्यक्रम आयोजना गर्दै एथ्लेटिक्सका खेलाडीसहित खेलकर्मीलाई सम्मान गरेको हो। बुद्धवीर लामा १३औं गीतिमय सांगीतिक साँझका अवसरमा एथ्लेटिक्स खेलाडी सम्मानित भएका हुन्। गीतकार लामाले पनि गत असारमा बंगलादेशको ढाकामा सम्पन्न अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेका थिए। उनले पुरुष ६५ वर्षमाथि पाँच हजार मिटर दौडमा सफलता पाएका हुन्। दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर पनि सम्मानित भए।
त्यस्तै ढाकामै सम्पन्न अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ६५ वर्षमाथि १० हजार मिटर दौडका स्वर्ण विजेता पुष्पलाल श्रेष्ठ र ढाकाकै अन्तर्...


















