Advertisement

मुख्यमन्त्री लामाद्वारा रत्ननगरमा राष्ट्रिय स्तरको व्याडमिन्टन उद्घाटन

रत्ननगर । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मंगलबार रत्ननगरमा दोस्रो मेयर कप तथा चौँथो व्याडमिन्टन प्रतियोगिता उद्घाटन गरेका छन् ।

पूर्वी चितवन स्पोर्ट्स क्लबले आयोजना गरेको उक्त प्रतियोगिता मुख्यमन्त्री लामाले एक औपचारिक कार्यक्रमका वीच उद्घाटन गरेका हुन् । सो अवसरमा उनले खेलकुदको विकासका लागि प्रदेश सरकारले लगानी बढाउने बताए । खेलकुदले देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउँने भन्दै खेलकुदको विकासको लागि प्रदेश सरकारले लगानी बढाउदै लगेको बताए ।

खेलकुदले युवाहरुलाई कुलतमा फस्नबाट जोगाउने भन्दै मुख्यमन्त्री लामाले राष्ट्रनिर्माणमा खेलकुदको विशिष्ट योगदान रहेको बताए । असोज तीन गते सम्म चल्ने सो प्रतियोगिता उद्घाटन कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, सांसद छत्र बम्जम, रत्ननगरका मेयर प्रलाद सापकोटा, कालिकाका मेयर विनोद रेग्मी, रत्ननगरका उपमेयर यादबप्रसाद पाठक,वडाध्यक्षहरुको उपस्थिति रहेको थियो । रत्ननगर वडा नं–३, शान्तिचोकस्थित कर्भड हलमा प्रतियोगिता सुरु भएको हो ।

राष्ट्रियस्तरको सो प्रतियोगिता विभिन्न छ वटा विधामा खेलाइने प्रतियोगिताका संयोजक केवल न्यौपानेले जानकारी दिए । राष्ट्रियस्तरमा २० भन्दा बढी वरीयता क्रममा रहेका खेलाडी सहभागी रहने उक्त प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ११ हजार १११, द्वितीय हुने टिमलाई ५१ हजार १११ र तृतीय हुने टिमलाई २५ हजार १११, बी लेबल खुल्लातर्फ प्रथम हुने टिमलाई ४१ हजार १११, द्वितीय हुने टिमलाई २१ हजार १११ र तृतीय हुने टिमलाई ११ हजार १११ पुरस्कार प्रदान गरिने संयोजक न्यौपानेले जानकारी दिए ।

त्यसैगरी, भेट्रान्स ४५ वर्ष उमेर समूहमाथिको खेलमा प्रथम हुने टिमलाई ३१ हजार ११, द्वितीय हुने टिमलाई १५ हजार १११ र तृतीय हुने टिमलाई ७ हजार १११, सुपर भेट्रान्स ५५ वर्ष उमेर समूहमाथि प्रथम हुने टिमलाई ३१ हजार ११, द्वितीय हुने टिमलाई १५ हजार १११ र तृतीय हुने टिमलाई ७ हजार १११, राष्ट्रियस्तरमा १० भन्दामाथि महिला खुल्लामा प्रथम हुने टिमलाई ३१ हजार ११, द्वितीय हुने टिमलाई १५ हजार १११ र तृतीय हुने टिमलाई ७ हजार १११, जनप्रतिनिधितर्फ प्रथम हुने टिमलाई ३१ हजार ११, द्वितीय हुने टिमलाई १५ हजार १११ र तृतीय हुने टिमलाई ७ हजार १११ प्रदान गरिने छ । क्लवका अध्यक्ष राजकुमार पुरीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो ।

रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त प्रतियोगितामा वडा कार्यालय, सेन्टर कलेज, रिजाल फुड्स, राममणि न्यौपाने, विकास डल्लाकोटी सहित सौराहाका ३८ वटा होटलहरुले सहयोग गरेका छन् । प्रतियोगिता सम्पन्न गर्न १५ लाख ३७ हजार ३३१ रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा करिब २०० टिमको सहभागिता रहने क्लबका उपाध्यक्ष राजु भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज