Advertisement

Breaking News 1

एथ्लेटिक्स खेलाडीसहित खेलकर्मी सम्मानित

एथ्लेटिक्स खेलाडीसहित खेलकर्मी सम्मानित

Breaking News 1, खेलकुद
काठमाडौँ | खेलकुद क्षेत्रमा उपलब्धिसँगै विशेष योगदान पुर्‍याएका एथ्लेटिक्स खेलाडीसहित खेलकर्मीलाई बिहीबार सम्मानित भएका छन्। प्रयास मञ्च नेपालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबार एक कार्यक्रम आयोजना गर्दै एथ्लेटिक्सका खेलाडीसहित खेलकर्मीलाई सम्मान गरेको हो। बुद्धवीर लामा १३औं गीतिमय सांगीतिक साँझका अवसरमा एथ्लेटिक्स खेलाडी सम्मानित भएका हुन्। गीतकार लामाले पनि गत असारमा बंगलादेशको ढाकामा सम्पन्न अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेका थिए। उनले पुरुष ६५ वर्षमाथि पाँच हजार मिटर दौडमा सफलता पाएका हुन्। दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर पनि सम्मानित भए। त्यस्तै ढाकामै सम्पन्न अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ६५ वर्षमाथि १० हजार मिटर दौडका स्वर्ण विजेता पुष्पलाल श्रेष्ठ र ढाकाकै अन्तर्...
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव

बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव

Breaking News 1, गण्डकी, ताजा अपडेट, स्वास्थ्य
बागलुङ | धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको हो । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ । अस्पतालले गण्डकी प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको छ । स्वास्थ्य कार्यालयकी मलेरिया निरीक्षक कमला थापाले प्रादेशिक अस्पतालले प्रदेश सरकारबाटै माग्न सक्ने भएकोले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पताललाई मात्र किट प्रदान गरिएको बताइन् । बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा पनि डेङ्गीका बिरामी बढेका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् । उनले खोज र नष्ट गर अभियान चलाएर सङ्क्रमण रोक्ने प्रयास जारी रहेको बताइन् । (रासस)...
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती
काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ। नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी छ। आजै साँझै राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम निर्धाण गरिएको छ। संविधान दिवसका उपलक्ष्यमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गर्दैछन्। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछ। नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलन...
चितवनमा चाँडै नै उपनिर्वाचन गर्नुपर्ने : एमाले सांसद गोकुल

चितवनमा चाँडै नै उपनिर्वाचन गर्नुपर्ने : एमाले सांसद गोकुल

Breaking News 1, ट्रेन्डिङ, बागमती, राजनीति, समाचार
चितवन । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले चितवनमा चाँडै नै उपनिर्वाचन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले तयार गरेको प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारबाहीका लागि सिफारिस गरेपछि उनले सो कुरा बताएका हुन् । लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उनी दुईपटक सोही क्षेत्रबाट निर्वाचित भएका थिए । आम निर्वाचनमा जित हासिल गरेका लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएको थियो । पाँच महिनापछि भएको उपनिर्वाचनमा लामिछाने पपुलर मतसहित पुनः विजयी भएका थिए ।समितिको प्रतिवेदनको सिफारिसपछि कानुनविद्का वकिली तर्क र राजनीतिक सौदाबाजी नभए हिउँदमा नै उपनिर्वाचन हुनसक्ने बास्कोटाले बताएका छन् । बास्कोटा लेख्छन्, ‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त...
मुख्यमन्त्री लामाद्वारा रत्ननगर हरियाली पार्ककाे निरीक्षण

मुख्यमन्त्री लामाद्वारा रत्ननगर हरियाली पार्ककाे निरीक्षण

Breaking News 1, ताजा अपडेट, बागमती
रत्ननगर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले टिकाैलीमा निर्माणाधिन हरियाली पार्ककाे अबलाेकन गरेका छन् । रत्ननगर नगरपालिकाले महत्वका साथ अगाडीि बढाएको हरियाली पार्कको निर्माणाधिन योजनाको बारेमा मुख्यमन्त्री लामाले अबलोकन तथा निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मेयर प्रलाद सापकाेटाले हरियाली पार्क निर्माण गर्नुकाे उद्देश्यकाे बारेमा जानकारी गराएका थिए । साे अबसरमा मन्त्री लामाले रत्ननगरमा निर्माणाधिक हरियाली पार्क उत्कृष्ट पर्यटकीय गन्तव्यकाे रुपमा विकास हुने भन्दै प्रदेश सरकारले थप लगानी गर्ने बताए । तेस्रो पर्यटकीय नगरी सौराहाको पर्यटन साथै समग्र नगरमा आन्तरिक पर्यटन लगायतमा प्रचुर सम्भावना बोकेको उक्त योजना नगरले गौरवको रुपमा नौलो र आकर्षक योजना अगाडि बढाएकोमा खुशी ब्यक्त गर्दै समग्र नगरको टीमलाई मन्त्री लामाले प्रसंसा सहित धन्यवाद दिंदै प्रदेशले पनि लगानी गर्न ब...
राजेन्द्र महतोले घोषणा गरे नयाँ दल

राजेन्द्र महतोले घोषणा गरे नयाँ दल

Breaking News 1, राजनीति, समाचार
काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका थिए । अभियानको मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको हो । नेता केशव झाका अनुसार पार्टीको पदाधिकारीहरु टुंगिएको छैन । पदाधिकारी र पार्टीको संरचना टुंग्याएपछि दल दर्ता गरिने उनले बताए । बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिएको छ । महतो नेतृत्वको दलमा उनीसँगै लोसपा छाडेका नेताहरु छन् । सुमन समामी, बुद्धराज स्याङ्तान लगायतका नेताहरु पनि छन् ।...
मुख्यमन्त्री लामाद्वारा रत्ननगरमा राष्ट्रिय स्तरको व्याडमिन्टन उद्घाटन

मुख्यमन्त्री लामाद्वारा रत्ननगरमा राष्ट्रिय स्तरको व्याडमिन्टन उद्घाटन

Breaking News 1, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
रत्ननगर । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मंगलबार रत्ननगरमा दोस्रो मेयर कप तथा चौँथो व्याडमिन्टन प्रतियोगिता उद्घाटन गरेका छन् । पूर्वी चितवन स्पोर्ट्स क्लबले आयोजना गरेको उक्त प्रतियोगिता मुख्यमन्त्री लामाले एक औपचारिक कार्यक्रमका वीच उद्घाटन गरेका हुन् । सो अवसरमा उनले खेलकुदको विकासका लागि प्रदेश सरकारले लगानी बढाउने बताए । खेलकुदले देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउँने भन्दै खेलकुदको विकासको लागि प्रदेश सरकारले लगानी बढाउदै लगेको बताए । खेलकुदले युवाहरुलाई कुलतमा फस्नबाट जोगाउने भन्दै मुख्यमन्त्री लामाले राष्ट्रनिर्माणमा खेलकुदको विशिष्ट योगदान रहेको बताए । असोज तीन गते सम्म चल्ने सो प्रतियोगिता उद्घाटन कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, सांसद छत्र बम्जम, रत्ननगरका मेयर प्रलाद सापकोटा, कालिकाका मेयर विनोद रेग्मी, रत्ननगरका उपमेयर य...
माउन्टेन मल्टिपल कन्सल्टेन्सीबाट जापान जाने ३३ विद्यार्थीलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न

माउन्टेन मल्टिपल कन्सल्टेन्सीबाट जापान जाने ३३ विद्यार्थीलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न

Breaking News 1, शिक्षा
बैशाख २३ काठमाडौं । माउन्टेन मल्टिपल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रविन कुमार बलले उच्च शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न गरेका छन् ।उच्च शिक्षा हासिल गर्नका लागि जापान जान लागेका ३३ जना विद्यार्थीलाई उज्वल भविष्यको कामना गर्दै शनिबार मध्यपुरथिमिको गट्ठाघर स्थित ‘जर्मन होम हस्पिटालिटी’ मा कार्यक्रमको आयोजना गरिएको हो ।स्वागत तथा विदाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा देब घिसिङले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।अतिथिहरु बबरमान तामाङ, राजेन्द्र कुमार मोक्तान, श्याम लाल योञ्जन, हिरा लाल दोङ्ग, अभय मोक्तान, सुमन कुमार मोक्तान लगाएत पत्रकार सहित जापान जाने विद्यार्थीहरुलाई खादा र मायाको चिनो प्रदान गरी बधाई तथा विदाई गरिएको थियो ।माउन्टेन मल्टिपल कन्सल्टेन्सी भक्तपुर र चाबहिल शाखाबाट आवेदन दिएका शत प्रतिशत विद्यार्थीहरुले भिषा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज