Advertisement

समाचार

नेपालमा थप लगानी गर्न दक्षिण कोरियालाई परराष्ट्रमन्त्री राणाको आग्रह

नेपालमा थप लगानी गर्न दक्षिण कोरियालाई परराष्ट्रमन्त्री राणाको आग्रह

Breaking News 1, समाचार
न्युयोर्क — नेपालमा थप लगानी गर्नको लागि परराष्ट्रमन्त्री आरजु राणा देउवाले दक्षिण कोरियालाई आग्रह गरेकी छन् । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागिता जनाउन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री राणाले दक्षिण कोरियाका विदेशमन्त्री चो तेई–युलसँग भएको साइडलाइन द्विपक्षीय भेटवार्तामा दक्षिण कोरियालाई नेपालमा थप लगानी गर्न र थप पर्यटन आउनको लागि आग्रह गरेकी हुन् । नेपाली श्रमिक र विद्यार्थीहरुलाई दक्षिण कोरियाले भित्र्याउन खेलेको भूमिकालाई लिएर मंगलबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री राणाले धन्यवाद दिएकी हुन् । यस्तै, परराष्ट्रमन्त्री राणाले फिलिपिन्सका विदेश सचिव इन्रिक ए। मनालोसँग पनि साइडलाइनमा भेटवार्ता गरेकी थिइन् । उक्त अवसरमा दुई मुलुकबीचको सम्बन्ध तथा संयन्त्रहरूमार्फत सहकार्य गर्ने विषयमा छलफल भएको न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।...
रिलिजको तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’को क्लाइमेक्सको दृश्य बाहिरियो (भिडियो)

रिलिजको तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’को क्लाइमेक्सको दृश्य बाहिरियो (भिडियो)

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं । यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ यतिबेला चर्चामा छ । पोस्टर, टिजर र गीत ‘कसम बत्तीको’को चर्चा चुलिरहँदा फिल्मको क्लाइमेक्सको दृश्य बाहिरिएको छ । सार्वजनिक दृश्य त्रिभूवन विमानस्थलको रहेको छ । जहाँ फिल्मका प्रमुख कलाकार जितु नेपाल बरखी बारेको सेतो पहिरनमा हातमा बच्चा बोकेर हिँड्दै गरेको देखिएका छन् । उनले निलो ब्याग, पासपोर्ट पनि बोकेका छन् । उनको पछाडि फिल्मकी नायिका निती शाह खादा र नेपालको झण्डा बोकेर भावुक मुद्रामा उभिएकी छन् । भिडियोमा जितुलाई बिदाई गरेर निती हिँडेको देख्न सकिन्छ । दृश्य निकै मर्मस्पर्शी छ । यो दृश्यले विमानस्थलमा आफन्तको बिदाईमा उपस्थित मानिसहरुको प्रतिनिधित्व गरेको छ । भिडियोमा फिल्मका निर्देशक वसन्त निरौला क्यामरा विभागको टिमसँग देखिएका छन् । दृश्य हेर्दा जितु वैदेशिक रोजगारीका लागि नेपाल छोड्न लागेको बुझ्न सकिन्छ । तर उनले के...
लघु चलचित्र लेहरको तेश्रो सिक्वेल ‘लेहर-३’ सार्वजनिक (भिडियो)

लघु चलचित्र लेहरको तेश्रो सिक्वेल ‘लेहर-३’ सार्वजनिक (भिडियो)

ताजा अपडेट, बागमती, मनोरञ्जन, समाचार
चितवन। थारु महिलाहरुको महान चाड जितियाको अवसरमा डीयर लभ फिलिम्स युट्युब च्यानलमार्फत थारु भाषा लघु चलचित्र लेहरको तेश्रो सिक्वेल ‘लेहर-३’ सार्वजनिक गरिएको छ । लघु चलचित्रको लेखन/निर्देशन किशोर चौधरीले गरेका हुन् । निर्देशक चौधरीले यसअघि दर्जनभन्दा बढी लघु चलचित्र ,चलचित्र,म्युजिक भिडियोलगयत्को निर्देशन गरिसकेका छन् भने कार्यकारी उत्पादक महेश चौधरीले अन्य म्युजिक भिडियोमा गीत तथा स्वर देएका छन् । किशोर चौधरीको सम्पादनमा नै रहेको चलचित्रमा किशोर चौधरी, आस्मा महतो, सुस्मिता महतो, बुद्धिराम महतो, जितेन्द्र चौधरीलगायतले अभिनय गरेका छन् । थारु महिलाको धर्मिक आस्थालाई यथार्त चित्रन गरेएको विषयवस्तु चलचित्रमा उतारिएको छ । हेर्नुस् भिडियो: https://www.youtube.com/watch?v=qbbyXd46Y0Y...
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

मधेस प्रदेश, समाचार
सिराहा । आफ्नै वुवा ६५ वर्षीय भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा औरही गाउँपालिका-३ खजनपुर टोल बस्ने ३८ वर्षीय शैलेन्द्र कुमार यादवलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । शैलेन्द्र र उनकै श्रीमती ३५ वर्षीया रेणु कुमारी यादवले घरायसी विवादको कारण कुटपिट गर्दा भालेश्वर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले शैलेन्द्रलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका भालेश्वरको प्रादेशिक अस्पताल हुँदै थप उपचारको लागि नोबेल अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको  थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।...
मेलम्ची भ्रष्टाचार : पूर्वसचिव ठाकुरसहित चार जनालाई ८ वर्ष कैद, बिगो बराबर जरिवाना

मेलम्ची भ्रष्टाचार : पूर्वसचिव ठाकुरसहित चार जनालाई ८ वर्ष कैद, बिगो बराबर जरिवाना

Breaking News 2, समाचार
काठमाडौं | मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा विशेष अदालतले नेपाल सरकारका पूर्वसचिव गजेन्द्र ठाकुरसहित ४ जनालाई जनही ८ वर्षका दरले कैद सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ठाकुरले १० करोड १० लाख ६१ हजार ७५ रूपैयाँबराबरको भ्रष्टाचार गरेको ठहर गर्दै बिगो असुल गरी त्यति नै जरिवाना र ८ वर्ष कैद हुने गरी सजाय निर्धारण गरेको हो । विशेष अदालतले भदौ २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो  । आज उक्त फैसलामा सजाय निर्धारण गरेको हो । यसैगरी, मेलम्ची खानेपानी आयोजनाका तत्कालीन कार्यकारी निर्देशक सूर्यराज कँडेलबाट पनि ठाकुरसरह २० करोड ४१ लाख असुलसहित आठ वर्ष एक महिना कैद हुने फैसला भएको छ ।त्यसैगरी, आयोजनाका तत्कालीन लेखा अधिकृत रामचन...
रवि लामिछानेविरुद्ध तत्काल मुद्दा नचलाउने चितवन प्रहरीको निर्णय

रवि लामिछानेविरुद्ध तत्काल मुद्दा नचलाउने चितवन प्रहरीको निर्णय

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं | चितवन प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध तत्काल मुद्दा नचलाउने निर्णय गरेको छ । तत्काल प्रमाण नपुगेको भन्दै चितवन प्रहरीले पछि थप प्रमाण भेटिएका बेला मुद्दा चलाउने गरी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । जिबी राई समूहले चितवनमा चलाएको सहारा चितवन सहकारीको हिनामिना मुद्दामा जाहेरी दर्ता भएको एक वर्षपछि प्रहरीले अनुसन्धान टुंगाएको हो । मुद्दाको हदम्याद अुनसार बुधबारभित्र अभियोग दायर गरिसक्नुपर्ने हुन्छ । सोहीकारण सोमबार नै प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । तत्कालका लागि जिबी राई लगायत सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चलाउने गरी प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन पेश गरेको छ । प्रहरी स्रोतका अनुसार अभियोगपत्रमा रवि लामिछाने र छवि जोशीको नाम पनि छ । तर, उनीहरुको हकमा थप प्रमाण खुलेको बखतमा मुद्दा चलाउने उल्लेख छ ...
नवलपुरको विनयी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटनामा २३ जना घाइते

नवलपुरको विनयी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटनामा २३ जना घाइते

गण्डकी, ताजा अपडेट, समाचार
नवलपुर | पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । बस पल्टिँदा बसका २३ जना यात्रु घाइते भएका छन् । बसमा करिब ४५ जना यात्रु सवार रहेकामा अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।...
दसैँमा ‘ज्वाइँ साब’, ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’बिच भिडन्त, कसले मार्ला बाजी ?

दसैँमा ‘ज्वाइँ साब’, ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’बिच भिडन्त, कसले मार्ला बाजी ?

मनोरञ्जन, समाचार
काठमाडौं । प्रत्येक नेपालीका लागि दसैं–तिहार विशेष पर्व हो । अझ नेपाली फिल्मकर्मीका लागि त झन् दसैँ खास हुने गर्दछ । नेपाली फिल्मको व्यापारका लागि दसैँ–तिहार सबैभन्दा उत्तम समय हो । त्यसैले पनि नेपाली फिल्म निर्माताहरू जति सक्दो दसैँ–तिहारमा आफ्नो फिल्म ल्याउन खोज्छन् । यसैक्रममा यस पटकको दसैँको फूलपाती अर्थात् असोज २४ गतेबाट तीन नेपाली फिल्म आउने पक्का भइसकेको छ । ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साप’ र ‘१२ गाउँ’ गरी तिन ठुला फिल्म एकै चोटि रिलिज हुँदैछन् । बहुप्रतिक्षित मानिएका तीन वटै फिल्म सँगै आउँदा, कसले बाजि मार्ला भन्ने चर्चा आमबिचमा चलेको छ । सामाजिक सञ्जालमा तीन वटै फिल्मको चर्चा चुलिएको पाइन्छ । विशेषगरी युट्युबमा तीन वटै फिल्मका सामाग्री ट्रेडिङ्गमा छन् । दिपकराज गिरी र दिपाश्री निरौलाको ‘छक्का पन्जा ५’ को दुई वटा गीत मात्रै सार्वजनिक भएका छन् । एक महिनाअघि सार्वजनिक ‘बिहे...
कुमार कट्टेल ‘जिग्री’को निर्देशन रहेको फिल्म ‘लाज शरणम्’को मुख्य भूमिकामा सीताराम कट्टेल ‘धुर्मुस’

कुमार कट्टेल ‘जिग्री’को निर्देशन रहेको फिल्म ‘लाज शरणम्’को मुख्य भूमिकामा सीताराम कट्टेल ‘धुर्मुस’

मनोरञ्जन, समाचार
काठमाडौँ | केही अगाडि स्टेज कार्यक्रम र सानो पर्दा अभिनयमा फर्किएका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फिल्ममा पनि फर्किएका छन् । कुमार कट्टेल ‘जिग्री’को निर्देशन रहेको फिल्म ‘लाज शरणम्’बाट उनी फिल्ममा  फर्किएका हुन् । फिल्मको हाल डोल्पामा छायाङ्कन भइरहेको छ । फिल्ममा उनी मुख्य भूमिकामा रहेका बताइएको छ । २०७२ को भूकम्पपछि सामाजिक कार्यमा सक्रिय उनी त्यसपछि चितवनमा रङ्गशाला निर्माणमा जुटेका थिए । सोही समय ‘सेन्टी भाइरस’ फिल्म अभिनय गरेका उनी त्यसपछि अभिनयबाट टाढा रहेका थिए । ‘लाज शरणम्’मा सितारामको अलवा अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, कमलमणि नेपाल, हरिस निरौला, रेनुनाथ योगी, सागर लम्साल, बबिन राई, प्रियना आचार्य, माला लिम्बू लगायतको समेत अभिनय रहनेछ। फिल्मको प्रदर्शन मिति आगामी फागुन १४ गते (शिवरात्रि) लाई तोकिएको छ । फिल्मले सामाजिक कथालाई हाँस्य शैलीमा प्रस्तुत ग...
त्रिशूली थ्री-बी सबस्टेसनको काम चाँडो सक्न ऊर्जामन्त्री खड्काको निर्देशन

त्रिशूली थ्री-बी सबस्टेसनको काम चाँडो सक्न ऊर्जामन्त्री खड्काको निर्देशन

Breaking News 2, अर्थ, ताजा अपडेट, समाचार
काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री-बी हब २२०/१३२/३३ केभी सबस्टेसन तथा प्रसारण लाइनको काम चाँडो सक्न निर्देशन दिएका छन्। सबस्टेसनको मंगलबार स्थलगत निरीक्षण गर्दै उनले प्रसारण लाइन विस्तारका क्रममा उत्पन्न समस्या समाधान गरी चाँडो काम पूरा गर्न निर्देशन दिएका हुन्। ऊर्जामन्त्री खड्काले प्रसारण लाइन विस्तारको काम ढिलाइ हुँदा राज्यले दैनिक ठूलो घाटा व्यहोर्नुपरेको भन्दै जनशक्ति थप गरेर भए पनि चाँडो काम सम्पन्न गर्न निर्देशन दिए। ‘सबस्टेसन निर्माण र चिलिमे जलविद्युत् आयोजनाबाट त्रिशूली थ्री–बी हब सबस्टेसनमा ल्याउन निर्माण गरिएको प्रसारण लाइन चाँडो सम्पन्न गर्नेगरी काम गर्नुहोस्,’ऊर्जामन्त्री खड्काले भने। त्रिशूली थ्री–बी हब २२०/१३२/३३ केभी सबस्टेसनको काम अन्तिम चरणमा छ भने चिलिमेबाट उक्त सबस्टेसनमा जोड्ने प्रसारण लाइनको काम मैलुङ क्षेत्रमा रोकिएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज