समाचार

राजेन्द्र महतोले घोषणा गरे नयाँ दल

राजेन्द्र महतोले घोषणा गरे नयाँ दल

Breaking News 1, राजनीति, समाचार
काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका थिए । अभियानको मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको हो । नेता केशव झाका अनुसार पार्टीको पदाधिकारीहरु टुंगिएको छैन । पदाधिकारी र पार्टीको संरचना टुंग्याएपछि दल दर्ता गरिने उनले बताए । बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिएको छ । महतो नेतृत्वको दलमा उनीसँगै लोसपा छाडेका नेताहरु छन् । सुमन समामी, बुद्धराज स्याङ्तान लगायतका नेताहरु पनि छन् ।...
प्रदेश संरचना हटाउन सकिन्न : देउवा

प्रदेश संरचना हटाउन सकिन्न : देउवा

Breaking News 2, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेकव कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए । ‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन’, उनले भने, कसरी अझ प्रभाकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ ।’ उनले समानुपातिक प्रणालीमा प्रश्न उठेपनि समावेशीबारे कसैले प्रश्न नउठाएको बताए । कतिपय समुदायले अहिले पनि चुनाव जित्न नसक्ने भन्दै उनले भने, ‘त्यसैले समावेशी राजनीति चाहिन्छ । यसविरुद्ध जनमत छैन ।’...
मुख्यमन्त्री लामाद्वारा रत्ननगरमा राष्ट्रिय स्तरको व्याडमिन्टन उद्घाटन

मुख्यमन्त्री लामाद्वारा रत्ननगरमा राष्ट्रिय स्तरको व्याडमिन्टन उद्घाटन

Breaking News 1, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
रत्ननगर । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मंगलबार रत्ननगरमा दोस्रो मेयर कप तथा चौँथो व्याडमिन्टन प्रतियोगिता उद्घाटन गरेका छन् । पूर्वी चितवन स्पोर्ट्स क्लबले आयोजना गरेको उक्त प्रतियोगिता मुख्यमन्त्री लामाले एक औपचारिक कार्यक्रमका वीच उद्घाटन गरेका हुन् । सो अवसरमा उनले खेलकुदको विकासका लागि प्रदेश सरकारले लगानी बढाउने बताए । खेलकुदले देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउँने भन्दै खेलकुदको विकासको लागि प्रदेश सरकारले लगानी बढाउदै लगेको बताए । खेलकुदले युवाहरुलाई कुलतमा फस्नबाट जोगाउने भन्दै मुख्यमन्त्री लामाले राष्ट्रनिर्माणमा खेलकुदको विशिष्ट योगदान रहेको बताए । असोज तीन गते सम्म चल्ने सो प्रतियोगिता उद्घाटन कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, सांसद छत्र बम्जम, रत्ननगरका मेयर प्रलाद सापकोटा, कालिकाका मेयर विनोद रेग्मी, रत्ननगरका उपमेयर य...
रवि लामिछानेका चालक थापाको मृत्यु आजै अन्त्येष्टि गरिने

रवि लामिछानेका चालक थापाको मृत्यु आजै अन्त्येष्टि गरिने

Breaking News 2, समाचार
बैशाख १९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिल बहादुर थापा (शम्भु ) को उपचारका क्रममा मृत्यु भएको छ ।मंगलबार उपचारका क्रममा दिउँसो २ बजेतीर काठमाडाैकाे मेडासिटी अस्पतालमा थापाकाे निधन भएकाे हाे ।चितवन - २ मा उपनिर्वाचनकाे प्रचारप्रशारको क्रममा चितवन पुगेका थापा गत वैशाख ४ गते राती लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए।उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइ मेडासिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो।उनको शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी भईरहेको छ ।...
सुनापति गाउँपालिका २ को वडाअध्यक्षमा तामाङको बागी उम्मेदवार

सुनापति गाउँपालिका २ को वडाअध्यक्षमा तामाङको बागी उम्मेदवार

समाचार
रामेछाप। नेपाली कांग्रेस पुर्व जिल्ला कार्यसमिति सदस्य नेता सुकराम तामाङले सुनापति गाउँपालिका वडा नं. २ को वडाअध्यक्ष पदमा बागी स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।पार्टी भित्रको अराजक तत्वहरुलाई परास्त गर्न पनि आफ्नो उम्मेदवारी भएको कुरा जानकारी दिनुभयो । उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिदै तामाङले आफु लामो समय देखी नेपाली कांग्रेस पार्टीबाट राजनीति गरे पनि पार्टीले जहिले पनि अगाडि बढ्ने बाटोहरू घेरा लगाएकोले आफुले वडा अध्यक्ष पदमा बागी स्वतन्त्र उम्मेदवारी दिएको बताए । पार्टीको कार्यकर्ताहरु अब सचेत भैसकेकोले सधै पार्टीको अपहेलन सहेर नबस्ने पनि तामाङले बताए। सम्मुन्नत दिमीपोखरी सम्मानित दिमीपोखरी बासी भन्ने मुल नारालाई आत्मसात गर्दै आफुले उम्मेदवारी दिएको र ६७४३ वडाहरु मध्ये आफ्नो वडा १ नम्बरको वडा बनाउने पनि उद्घोष र प्रतिबद्धता प्रतिबद्धता जनाउनुभयो ।...
सुनापति गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सितामाया मोक्तानको स्वतन्त्र उम्मेदवारी

सुनापति गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सितामाया मोक्तानको स्वतन्त्र उम्मेदवारी

समाचार
रामेछाप ।  नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिकाको सदस्य नेतृ सितामाया मोक्तानले सुनापति गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।आफ्ना शुभचिन्तक सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मोक्तानले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उमेदवार दर्ता गराएपछि मोक्तानले सुनापति न्युज डटकमसँग भने, आफु लामो समय देखी नेकपा माओवादी पार्टीबाट राजनीति गरे पनि पार्टीले जहिले पनि सिन्डिकेट लगाएकोले आफुले गाउँपालिकाको उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको बताए । पार्टीको कार्यकर्ताहरु अब सचेत भैसकेकोले सधै पार्टीको सिन्डिकेट सहेर नबस्ने पनि मोक्तानले बताए। गाउँपालिकाको उपाध्यक्षमा आफुले जितेमा गाउँपालिकाको विकासको लागि छुट्टै योजना तयार गरेको बताए । आफु निर्वाचित भएमा आफ्नो कार्यकालमा आफुलाई कुनै भ्रष्टाचार गरेको भन्ने आरोप लागेमा जनताको अगाडी फासिमा चढ्न तया...
सुनापति गाउँपालिकाको डोजर हिसाब गाउँपालिका आफै स्पष्ट छैन : लाखौं अनियमितता

सुनापति गाउँपालिकाको डोजर हिसाब गाउँपालिका आफै स्पष्ट छैन : लाखौं अनियमितता

समाचार
रामेछाप जिल्ला सुनापति गाउँपालिकामा लामो समयदेखि जनताको चासो गुनासोको विषय जे. सि. बि. (ब्याक हो लोडर) को आयव्याय खर्च विवरण सार्बजनिकको  प्रस्ताब जनतालाई अझै झुक्याएर पन्छिन खोज्दै छ । गत फागुन ६ गते सुनापति गाउँपालिकाले एक सुचना प्रकाशन गर्दै गाउँपालिकामा चलिरहेको डोजर भाडामा दिने निर्णय गरेको थियो ।त्यस सुचना प्रकाशन हुनु लगतै स्थानिय युवा हिक्मत थिङले गाउँपालिकामा हालसम्म जे. सि. बि. (ब्याक हो लोडर) चल्दा भएको आयव्याय खर्च विवरण र मर्मत खर्च विवरण सार्बजनिक गरेर मात्र भाडामा दिने भनि निवेदन पेश गरिएको थियो र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले फाल्गुन २६ गते अन्तिम समय लिएर १ हप्तामा उपलब्ध गराउने भनिएको थियो । तर आज सम्म सहि तथ्य उपलब्ध नगराएको भन्दै  आम जनताको आक्रोश छ। गाउँपालिकाले डोजर चलाएको समयमा भरपाई गर्दा न मिति नै छ न हिसाब नै मिलेको छ । थिङले गाउँपालि...
सुनापति गाउँपालिकाको अध्यक्ष पदमा बाबुराम तामाङको चर्चा हुँदै

सुनापति गाउँपालिकाको अध्यक्ष पदमा बाबुराम तामाङको चर्चा हुँदै

समाचार
रामेछाप । वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा सुनापति गाउँपालिकाको अध्यक्ष पदमा बाबुराम तामाङले गाउँपालिकाकै पहिलो सशक्त दाबी गर्ने भएका छन् । स्थानीय तहको निर्वाचन–२०७४ मा सुनापति गाउँपालिका वडा नं. ३ को वडा अध्यक्षमा तामाङ निर्वाचित भएका थिए। तामाङले सुनापति न्युज डटकमसँग भने, “२०७४ मा ३ नं. वडावासीले जनताकै काम गर्न जनताले नै हाँसीखुसी जिताएर पठाएको हौं त्यसैले जनताले सोचेका विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतलाई जोड दिँदै आफु गाउँपालिका अध्यक्षमा दावेदार गरिएको जानकारी दिनुभयो।...
सत्य कुरा उठाउँदा माओवादी पार्टिबाट निष्कासन गर्ने तयारीमा जुट्यो

सत्य कुरा उठाउँदा माओवादी पार्टिबाट निष्कासन गर्ने तयारीमा जुट्यो

समाचार
रामेछाप ।  रामेछाप जिल्ला सुनापति गाउँपालिकामा पछिल्लो समयमा निकै चर्चामा आएको बिषय ब्याक हो लोडरको खर्च विवरण सार्वजनिकको प्रस्ताव लाँदा नेकापा माओवादी केन्द्र सुनापति गाउँपालिका सदस्य तथा अनेरास्ववियू (क्रान्तिकारी ) बागमती प्रदेश सदस्य हिक्मत थिङलाई शिर्ष नेता देखी पार्टिबाट निष्कासन गर्ने दबाब, चेतावनी आएको छ । यस विषयमा थिङले सुनापतिमा भएको कामको गतिविधिहरुको जनता माझ सार्वजनिक गरौं भनी प्रस्ताव लाँदा पार्टिमा दखल पुग्ने र आफ्नो शीर्ष नेताहरूको मानहानी हुने दवाव आएको छ । थिङले सुनापति न्युज डटकमसँग भने, २०७३ सालको स्थानीय तहको निर्वाचन हुँदा सुनापति गाउँपालिकाका जनता निकै खुसी थिए । २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनले गाउँमा नयाँ उत्साह ल्याउने जनतालाई लागेको थियो । त्यसबेला ‘गाउँमै सिंहदरबार’को नारा घन्किएकाले पनि जनतालाई जनप्रतिनिधि आएपछि केही होला भन्ने लागेको थियो ।त्यसब...
सुनापति गाउँपालिकाले छलपकड गरेको भन्दै थिङको आक्रोश, न्याय नपाए जनसागर अ​र्लिने चेतावनी

सुनापति गाउँपालिकाले छलपकड गरेको भन्दै थिङको आक्रोश, न्याय नपाए जनसागर अ​र्लिने चेतावनी

समाचार
रामेछाप । रामेछाप जिल्ला सुनापति गाउँपालिकामा पछिल्लो समय जालझेल र एकले अर्कोलाई जिम्मेवारी देखाएर कर्मचारी देखि जनप्रतिनिसम्म पन्छिन खोजि जनतालाई दुख दिने प्रयत्न रहेको भन्दै स्थानिय हिक्मत थिङको आरोप छ ।केहि समय अगाडि मात्र गाउँपालिकाले जे. सि. बि. (ब्याक हो लोडर) भाडामा दिने निर्णय  गरि बिज्ञापन समेत निकालिएको थियो । तर उक्त ब्याक हो लोडरमा अनियमितता भएको भन्दै स्थानिय हिक्मत थिङले बारम्बार मौखिक र निवेदन पेस गर्दा पनि ब्याक हो लोडरको आयव्याय विबरण सार्वजनिक गर्न आनाकानि गर्दै यो विषय ढाकछोप गर्न लागेको आरोप समेत लगाएको छ। गत २०७८/११/२० गते थिङले गाउँपालिकामा ब्यक हो लोडरको आयब्याय विबरण सार्वजनिक गरिपाउँ भनि निबेदन दिदा प्रमुख प्रशासकीय अधिकृतले प्राविधिक शाखा बाट उपलब्ध हुन्छ भनिएको तर प्राविधिक साखा तथा डोजर संचालनको सदस्य सचिव सव-ईन्जिनियरले ४/५ दिनमै सार्वजनिक हुन्छ भनिएता पनि प...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज