समाचार

सत्रकिलो दुर्घटनाका मृतक पाँच जनाको सनाखत

सत्रकिलो दुर्घटनाका मृतक पाँच जनाको सनाखत

बागमती, समाचार
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ । शुक्रबार बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस माइक्रो र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गोरखाको आरुघाट गाउँपालिका–१, मान्बुका ४२ वर्षीय राजबहादुर गुरूङ, माइक्रोबस चालक चितवनको खैरहनी नगरपालिका–४ का ४० वर्षीय अनोज अधिकारी, विनय त्रिवेणी गाउँपालिका–४ स्थित बगैँचाका ३५ वर्षीय सन्तोष भुसाल, निजका श्रीमती ३३ वर्षीया सविना भुसाल र भारत घर भई पोखरामा किसाना पसल गर्दै आएका ३६ वर्षीय राजकुमार साह रहेका छन् । मृतकमध्ये सबै माइक्रोबसमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी ...
रत्ननगरमा सांस्कृतिक तथा व्यापार महोत्सव हुने

रत्ननगरमा सांस्कृतिक तथा व्यापार महोत्सव हुने

बागमती, समाचार
चितवन । पूर्वी चितवनको रत्ननगरमा यही मंसिर ७ गतेदेखि पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ । द हेल्पिङ युथ क्लब रत्ननगरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रालिको आयोजनामा रत्ननगर वडा नं १ स्थित बसपार्कसंग जोडिएको खुल्लाचौर हुन लागेको हो । आयोजकले शुक्रबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी र उद्देश्यका बारेमा जानकारी गराएको हो । क्लवले गर्न लागेको उक्त महोत्सव दोस्रो संस्करण हो । कृषि, पर्यटन र औद्योगिक क्षेत्रलाई प्रवद्धन गर्ने, धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने, कला, संस्कृति र सभ्यतालाई प्रवद्धन गर्ने, उत्पादक तथा सेवाप्रदायक र उपभोक्ता बीच बलियो सम्बन्ध निर्माण गर्ने लक्ष्यका साथ आयोजना गरिएको महोत्सवमा स्थानीय उत्पादनलाई जोड दिइने क्लवका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक संजय लोप्...
जिबी राईलाई भगाउने सहसचिवलाई सहकारी कार्यदलको जिम्मेवारी

जिबी राईलाई भगाउने सहसचिवलाई सहकारी कार्यदलको जिम्मेवारी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं |  ६ वटा सहकारीबाट १० अर्ब भन्दा धेरै ठगी गरी फरार रहेका गितेन्द्रबाबु राईलाई विदेश भगाउन सघाउने सहसचिवलाई सरकारले सहकारीसम्बन्धि कानून संशोधन कार्यदलको सदस्य सचिव बनाएको छ । सहकारी विभागमा रजिष्ट्रार हुँदा सहकारी ठगीमा नीतिगत चलखेल गर्ने सहसचिव नमराज घिमिरेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो जिम्मेवारी दिएका हुन् । बिहीबार सरकारले सचिव फणिन्द्र गौतमको नेतृत्वमा कार्यदल गठन गरेको हो । जसमा अर्थ मन्त्रालयका सहसचिव, राष्ट्र बैंकका निर्देशक र सहकारी विभागका रजिष्ट्रारलाई सदस्य बनाइएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत सहसचिव घिमिरेलाई सदस्य सचिव बनाइएको छ । घिमिरे सहकारी विभागको रजिष्ट्रार हुँदा उनको राहदानी फुकुवा गर्न अध्यागमन विभागलाई पत्राचार गरेका थिए । जिबी राईविरुद्ध एकपछि अर्को उजुरी परिरहेका बेला त्यसरी नाटकीय रुपमा उनलाई विदेश भगाइएको थियो । सोही कारण अहिलेसम्म स...
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले पायो एकैदिन तीन सय ८० भन्दा धेरै ‘शो’

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले पायो एकैदिन तीन सय ८० भन्दा धेरै ‘शो’

Breaking News 2, मनोरञ्जन, समाचार
काठमाण्डौ  |  तिहारको लक्ष्मी पूजादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले नेपालभरका हलमा तीन सय ८० भन्दा धेरै ‘शो’ पाएको छ । यसले नेपाली चलचित्र इतिहासमा एकैदिन सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्डसमेत बनाएको चलचित्र निर्माण कम्पनी सेभेन सिसले जनाएको छ । चलचित्रको मुख्य भूमिकामा रहेका कलाकार विजय बरालले हिजो काठमाण्डौ उपत्यकामा एक सय ८० र उपत्यका बाहिरका दुई सय गरी देशभरका ८९ हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएको जानकारी दिए । उनले अहिलेसम्म चलचित्रले बक्स अफिसमा प्रदर्शनमा आएको एक हप्तामै आठ करोड २५ लाख रुपैयाँ सङ्कलन गरेको प्रारम्भिक विवरण प्राप्त भएको पनि बताए । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा बराल मुख्य भूमिकामा छन् भने प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपान...
शाहरुख खानलाई ज्यान मार्ने धम्की

शाहरुख खानलाई ज्यान मार्ने धम्की

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
एजेन्सी | शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ। नोभेम्बर ५ मा उनलाई ज्यान मार्ने धम्की आएको भारतीय प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। धम्की दिने व्यक्तिले छत्तीसगढको रायपुरबाट मुम्बईको बान्द्रा पुलिस स्टेशनमा फोन गर्दै ५० लाख फिरौती समेत मागेका थिए। धम्कीपछि शाहरुखको घर ‘मन्नत’मा सुरक्षा बढाइएको छ। रायपुर प्रहरीले धम्कीपूर्ण कल मोहम्मद फैजान खानको फोनबाट आएको जनाएको छ। पेशाले वकिल रहेका फैजानले नोभेम्बर २ मा फोन चोरी भएको उजुरी दिएका थिए। यसअघि ५ नोभेम्बरमा सलमान खानलाई पनि धम्की आएको थियो। मुम्बईको कन्ट्रोल रुमबाट प्राप्त सन्देशमा सलमान खानले बिश्नोई समुदायको मन्दिरमा गएर कालो हरिणको शिकार गरेकोमा माफी नमागे वा ५ करोड रुपैयाँ नदिए आफ्नो ज्यान लिने धम्की दिइएको थियो।...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ |  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो । आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे बनाउन लागिएको छ । उहाँले उडान स...
मृग भनेर हानेको गोली साथीलाई लागेपछि…

मृग भनेर हानेको गोली साथीलाई लागेपछि…

कोशी प्रदेश, ट्रेन्डिङ, समाचार
खोटाङ | सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो । मृग भनेर आफूले हानेको गोली लागेर साथी (जगतप्रसाद)को घटनास्थलमै मृत्यु भएको चेतनले स्वीकार गरेको फेदीका स्थानीयवासी एवं स्थानीय नेता लक्ष्मण साम्पाङले जानकारी दिनुभयो । “रातको समयमा दुईजना मिलेर सिकार गर्न गएका रहेछन् । चरणमा आउने मृग भनेर चेतनले गोली चलाएको रहेछ । तर आफूले प्रहार गरेको गोली मृगलाई नभई जगतप्रसादलाई लाग्दा घटनास्थलमै मृत्यु भएछ”, उहाँले भन्नुभयो, “गोली लागेर जगतप्रसादको मृत्य भएपछि चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेतनले मृग भनेर गोली हानेको ...
पत्रकार माझ नयाँ सिडियो र एसपीले भने : शान्ति सुरक्षाको नो सम्झौता, ठाँउको ठाँउ कार्वाही नीति !

पत्रकार माझ नयाँ सिडियो र एसपीले भने : शान्ति सुरक्षाको नो सम्झौता, ठाँउको ठाँउ कार्वाही नीति !

बागमती, समाचार
चितवन | चितवनमा भर्खर मात्रै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जनगुनासो आउने गरी काम गर्ने कर्मचारीलाई कारबाही गर्ने बताएका छन् । जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीसँग भएको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिकको सेवाप्रवाहलाई प्रमुख प्राथमिकता दिएर काम गर्ने स्पष्ट पारेका छन् । उनले जिल्लाको शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता हुन नसक्ने बताएका छन् । शान्ति सुरक्षा नभए विकास र सेवा प्रवाहमा समस्या उत्पन्न हुने बताउँदै कर्मचारी प्रशासनमा चितवन जिल्ला प्रतिको धारणा सकारात्मक रहेको पनि उनले बताए । परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले विकास निर्माणको क्षेत्रमा कामगर्ने तीनवटा सरकारहरु रहेको, भ्रष्टचारहेर्ने पनि अर्के निकायहरु भएकाले आफनो प्राथमिकता नागरिकको सेवा प्रभाव नै हुने बर्ता। जिल्लाको शान्...
नारायणगढ–मुग्लिन सडक दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

नारायणगढ–मुग्लिन सडक दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

बागमती, समाचार
चितवन | नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । घाइते पाँच जनामध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।...
बीपी राजमार्ग: राति यातायात सञ्चालनमा रोक कायमै

बीपी राजमार्ग: राति यातायात सञ्चालनमा रोक कायमै

समाचार
काभ्रेपलाञ्चोक | गत असोज दोस्रो साता बाढीपहहिरोका कारण क्षतिग्रस्त भइ अस्थायी रुपमा एकतर्फी सञ्चालनमा ल्याइएको बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षे खोलासम्मको सडकखण्डमा लगाइएको रोक कायमै राखिएको छ । उक्त सडकखण्डमा जोखिमका कारण गत असोज ३० गतेदेखि राति १० घण्टा यातायात सञ्चालनमा लगाइएको रोक कायमै राखिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । सुख्खा पहिरो जान सक्ने भएकाले रातिको समयमा यातायात सञ्चालनमा कार्यालयद्वारा रोक लगाइँदै आइएको हो । सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले अस्थायी रुपमा निर्माण गरिएको सडकमा पहिरो आउन सक्ने भएकाले तत्कालै खोल्ने अवस्था नरहेको बताए । करिब आठ किलोमिटर उक्त सडकखण्डका विभिन्न स्थानमा सडक नै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुने गरी अस्थायी सडक निर्माण गरिएको छ । कार्यालयले उक्त सडकखण्डम...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज