काठमाडौँको तीनकुनेबाट बानेश्वरतिर प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा प्रहार गरेर हटाएको छ । ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेका पूर्व राजाका समर्थकलाई प्रहरीले रोकेको हो ।
पुर्वराजाका समर्थकहरूलाई बानेश्वरतिर जानबाट रोक्न अश्रुग्याँस र लाठी पनि प्रहार गरिएको छ । प्रदर्शनकारीले प्रहरीलाई ढुङ्गा प्रहार गरेका छन् । झडपमा संलग्न ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।