Advertisement

Day: १४ चैत्र २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले चैत १८ गते सदनमा जवाफ दिने

प्रधानमन्त्री ओलीले चैत १८ गते सदनमा जवाफ दिने

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १८ गते सदनमा सम्बोधन गर्ने भएका छन्। विपक्षी दलले निरन्तर सदन अवरोध गरेपछि प्रधानमन्त्री ओली सदनमा जवाफ दिन तयार भएका हुन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले विपक्षी दलले उठाएका विषयमा चैत १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराएको बताए। विपक्षी दलको मागअनुसार प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराउँदा पनि शुक्रबार सदन खोल्न विपक्षी तयार नभएको उनले बताए। आइतबारदेखिको बैठक भने चल्न दिने गरी सहमति भएको उनले जानकारी दिए। कुलमान घिसिङलाई पदबाट हटाइएको विषयमा विपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै निरन्तर सदन अवरुद्ध गर्दै आएको छ। विपक्षीको अवरोधका कारण प्रतिस्थापन विधेयक पारित गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीले सदनमा जवाफ दिने तयारी गरेका हुन्।...
रवीन्द्र मिश्रले भने( सम्पूर्ण जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ

रवीन्द्र मिश्रले भने( सम्पूर्ण जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ

राजनीति, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा संयुक्त जनआन्दोलन मुल समितिका सदस्य सचिव रवीन्द्र मिश्रले आजको प्रदर्शनका क्रममा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । आन्दोलन नरोकिएको उनको भनाइ छ ।सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले कुनै पनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न अनुरोध गरेका छन् । ‘हेरौंला कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउनेछन्’ मिश्रले लेखेका छन् ।...
काठमाडौंको तिनकुने, कोटेश्वर र सिनामङ्गल”कर्फ्यु”

काठमाडौंको तिनकुने, कोटेश्वर र सिनामङ्गल”कर्फ्यु”

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौंको तिनकुने, कोटेश्वर र सिनामङ्गल लगायतका Area मा जिल्ला प्रशासन कार्यालयले "कर्फ्यु" लगाएको छ।
नेकपा एकीकृत समाजवादीको कार्यालय राजावादीले जलाए

नेकपा एकीकृत समाजवादीको कार्यालय राजावादीले जलाए

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
राजावादीले नेकपा एकीकृत समाजवादीको कार्यालयमा आगो लगाएका छन् ।
तीनकुनेमा प्रदर्शनकारीलाई हटाउन पानीको फोहोरा प्रहार

तीनकुनेमा प्रदर्शनकारीलाई हटाउन पानीको फोहोरा प्रहार

समाचार
काठमाडौँको तीनकुनेबाट बानेश्वरतिर प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा प्रहार गरेर हटाएको छ । ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेका पूर्व राजाका समर्थकलाई प्रहरीले रोकेको हो । पुर्वराजाका समर्थकहरूलाई बानेश्वरतिर जानबाट रोक्न अश्रुग्याँस र लाठी पनि प्रहार गरिएको छ । प्रदर्शनकारीले प्रहरीलाई ढुङ्गा प्रहार गरेका छन् । झडपमा संलग्न ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।...
बानेश्वरमा  प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार

बानेश्वरमा प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार

समाचार
राजधानीको तिनकुनेतर्फबाट राजावादी प्रदर्शनकारीहरु बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले लाठीचार्ज गरेको छ । निषेधित क्षेत्र तोडेर प्रदर्शनकारीहरु अघि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो । सो क्रममा दुई पक्षबीच घम्साघम्सी चल्दा प्रहरीले लाडीचार्जका साथै केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको रातोपाटीकर्मी काशीराम बजगाईले जनाएका छन् । अहिले तिनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीले राजतन्त्रको पक्षमा प्रदर्शन गर्दै बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरिरहेका हुन् । प्रहरीले निषेधित क्षेत्र नतोड्न चेतावनी दिएपनि प्रदर्शनकारी अघि बढ्न खोजेको बताइएको छ ।...
तीनकुनेमा भेला हुन थाले राजावादीहरु

तीनकुनेमा भेला हुन थाले राजावादीहरु

समाचार
काठमाडौँको तीनकुनेमा राजावादीहरूको प्रदर्शन सुरु भएको छ । राष्ट्रिय झन्डा र राजाअंकित तस्बिर बोकेर प्रदर्शनकारीहरू तीनकुनेमा भेला भइरहेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले यहाँ प्रदर्शन गरेका हुन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र राप्रपाले पनि यो प्रदर्शनमा साथ दिएको छ ।...
कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु

कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु

Breaking News 1, ताजा अपडेट, समाचार
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सुरु भएको हो । घिसिङले बुधबार साँझ रिट दायर गरेका थिए ।
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज