काठमाडौं- नेपालको पहिलो हास्य प्रतिस्पर्धा कमेडी च्याम्पियनका दुई स्टार भरतमणि पौडेल र सुमन कोइराला पोडकास्टमार्फत दर्शकमाझ आएका छन् । उनीहरुले मनोरञ्जन तथा अन्य क्षेत्रका सेलिब्रेटीलाई समेट्ने गरी ‘शुभ’ पडकास्ट सुरु गरेका हुन् । भरत कमेडी च्याम्पियन सिजन दुईका विजेता हुन् भने सुमन पहिल सिजनका रनर अप हुन् । भरत र सुमन दुवैले फुर्सदको सदुपयोगसँगै सम्बन्ध विस्तारका लागि पडकास्ट सुरु गरेको बताएका छन् ।
‘जानेर नजानेर यो क्षेत्रमा आइयो र जानेको काम पनि यही नै भयो । यही कामको दायरालाई विस्तार गरौँ भन्ने लागेर पडकास्ट सुरु गरेका हौँ ,’ भरत र सुमनको भनाइ छ । पडकास्टमा भरत र सुमन दुवै आमने सामने भएर अतिथिसँग कुरा गर्छन् । पहिलो भागमा उनीहरुले प्रियंका कार्की, गम्भीर बिष्ट र आश्मा विश्वकर्मासँग कुरा गरेका थिए । आगामी पडकास्टमा उनीहरुले राजाराम पौडेल, किरण केसी, शिवहरि पौडेल, इन्दिरा जोशी, महेश काफ्ले, नम्रता श्रेष्ठ, सलोन बस्नेत आदिसँग कुराकानी गरेका छन् । पडकास्टमा १२ भाग खिचिसकेको र यसपछिका शृंखलामा मनोरञ्जनसँगै अन्य क्षेत्रका सेलिब्रेटीसँग कुरा गर्ने योजना रहेको दुवैले बताए ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।