Advertisement

Day: २४ माघ २०८१, बिहीबार

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौं | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० बमोजिम स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्ने भएकाले उक्त दरखास्त आह्वान गरेको हो । उक्त ऐनको दफा २२ बमोजिम नियुक्ति गर्नुपर्ने भएकोले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८१ को दफा ५ को उपदफा ९१० बमोजिम  दरखास्त आह्वान गरेको सूचनामा उल्लेख  छ ।...
अमेरिका हेलिकप्टर-विमान दुर्घटनामा मृत्यु भएका सबैको शव फेला

अमेरिका हेलिकप्टर-विमान दुर्घटनामा मृत्यु भएका सबैको शव फेला

समाचार
काठमाडौं । गत हप्ता वाशिंगटन डिसीमा भएको हेलिकप्टर र यात्रुवाहक विमान ठोक्किँदा मृत्यु भएका सबै ६७ जनाकै शव उद्धार टोलीले निकालेको अमेरिकी सञ्चारमाध्यमले बताएको छ । ६६ जनाको शवको पहिचान भएको हो । युनिफाइड कमाण्डले यसका कर्मचारीहरूले अझै पनि पोटोम्याक नदीबाट विमानका ठूला टुक्राहरूसहित भग्नावशेषहरू हटाउन काम गरिरहेका छन् । ब्ल्याक हक हेलिकप्टरबाट भग्नावशेषहरू निकाल्ने काममा काम शुरु हुनेछ । ६४ जना यात्रु बोकेको जेट बुधवार राति रोनाल्ड रेगन वाशिंगटन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेनाको हेलिकप्टरसँग ठोक्कियो । यो १९८२ पछि वाशिंगटन डीसीमा भएको सबैभन्दा घातक हवाई दुर्घटना हो । अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डको नेतृत्वमा दुर्घटनाको अनुसन्धान भइरहेको छ ।...
भरतमणि र सुमनले थाले ‘शुभ’ पडकास्ट

भरतमणि र सुमनले थाले ‘शुभ’ पडकास्ट

मनोरञ्जन, समाचार
काठमाडौं- नेपालको पहिलो हास्य प्रतिस्पर्धा कमेडी च्याम्पियनका दुई स्टार भरतमणि पौडेल र सुमन कोइराला पोडकास्टमार्फत दर्शकमाझ आएका छन् । उनीहरुले मनोरञ्जन तथा अन्य क्षेत्रका सेलिब्रेटीलाई समेट्ने गरी ‘शुभ’ पडकास्ट सुरु गरेका हुन् । भरत कमेडी च्याम्पियन सिजन दुईका विजेता हुन् भने सुमन पहिल सिजनका रनर अप हुन् । भरत र सुमन दुवैले फुर्सदको सदुपयोगसँगै सम्बन्ध विस्तारका लागि पडकास्ट सुरु गरेको बताएका छन् । ‘जानेर नजानेर यो क्षेत्रमा आइयो र जानेको काम पनि यही नै भयो । यही कामको दायरालाई विस्तार गरौँ भन्ने लागेर पडकास्ट सुरु गरेका हौँ ,’ भरत र सुमनको भनाइ छ । पडकास्टमा भरत र सुमन दुवै आमने सामने भएर अतिथिसँग कुरा गर्छन् । पहिलो भागमा उनीहरुले प्रियंका कार्की, गम्भीर बिष्ट र आश्मा विश्वकर्मासँग कुरा गरेका थिए । आगामी पडकास्टमा उनीहरुले राजाराम पौडेल, किरण केसी, शिवहरि पौडेल, इन्दिरा जोशी, महेश का...
अदालतमा उपस्थित नभए कङ्गनाविरुद्ध पक्राउ पुर्जी जारी हुने

अदालतमा उपस्थित नभए कङ्गनाविरुद्ध पक्राउ पुर्जी जारी हुने

मनोरञ्जन, समाचार
एजेन्सी । जावेद अख्तरको मानहानि मुद्दामा कङ्गना रनौतको समस्या बढ्दै गएको देखिन्छ। मुम्बई अदालतबाट अभिनेत्रीलाई गैर जमानती वारेन्ट पठाउन सकिने जनाएको छ। उनी पक्राउ गर्न सकिने भएको भारतीय समाचार माध्यमले जनाएका छन्। यसअघि अदालतले कङ्गनालाई मुद्दाको सुनुवाइमा उपस्थित हुने अन्तिम मौका दिएको थियो । अदालतले कङ्गना रनौत अझै पनि अदालतमा नआएमा उनलाई गैर जमानती वारेन्ट पठाइने स्पष्ट पारेको छ। कङ्गना रनौत जावेद अख्तरसँग लामो समयदेखि चलिरहेको मानहानि मुद्दालाई समाधान गर्न मध्यस्थता बैठकमा सहभागी भएकी छैनन्। यस्तो अवस्थामा हालै मुम्बईको एक अदालतले अभिनेत्री विरुद्ध गैर जमानती वारेन्ट जारी गर्नु अघि अन्तिम मौका दिएको छ। कङ्गनाका वकिल रिजवान सिद्दिकीले बान्द्रा अदालतलाई भने कि उनी संसद्को काममा व्यस्त थिइन र जसका कारण सुनुवाईमा उपस्थित हुन नसकेकी हुन्। कङ्गना रनौत सुनुवाईमा उपस्थित नभएको कारण जावेत...
ओटीटीमा आएको चार दिनमा पुष्पा २ ले बनायो यस्तो रेकर्ड

ओटीटीमा आएको चार दिनमा पुष्पा २ ले बनायो यस्तो रेकर्ड

मनोरञ्जन, समाचार
काठमाडौँ | दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको ‘पुष्पा २’ ओटीटीमा रिलिज भएको चार दिन भयो । सिनेमा हलपछि फिल्मले ओटीटीमा पनि आफ्नो जादु देखाइरहेको छ । फिल्मले पश्चिमेली दर्शकहरूमाझ ठुलो छाप छाडिरहेको छ । ओटीटीमा रिलिज भएको चार दिनपछि नै ‘पुष्पा २’ ले पश्चिमी दर्शकहरूमा गहिरो प्रभाव पारेको छ । यो फिल्म सात देशहरूमा नम्बर एक स्थानमा पुगेको छ । ‘पुष्पा २ः द रुल रिलोडेड भर्सन’ चार दिनमा विश्वव्यापी गैर–अंग्रेजी श्रेणीमा ५८ लाख भ्यूज पाउँदै दोस्रो स्थानमा कायम छ । अल्लु अर्जुनको फिल्मले बक्स अफिसमा शानदार प्रदर्शन गरेको छ । स्याकानिल्कको रिपोर्ट अनुसार, फिल्मले भारतमा मात्रै कुल १ हजार २३३ करोड ८० लाख भारु कमाएको छ । विश्वभर भने फिल्मको कूल कमाई १ हजार ७४१ करोड ७५ लाख भारु थियो । रिलिज हुने बित्तिकै फिल्मले बक्स अफिसमा कयौं फिल्मको रेकर्ड तोडेको थियो । अल्लु अर्जुन अभिनीत यस फिल्ममा रश्...
नौ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार

नौ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार

Breaking News 1, ताजा अपडेट, समाचार
युक्रेनमा ९ महिनादेखि त्यहाँको सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले दिएको जानकारीअनुसार ९ महिनादेखि युक्रेनी सेनाको नियन्त्रणमा रहेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पाको उद्धार गरिएको हो।  दलालको प्रलोभनमा परी उनीहरू नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका थिए। गैरआवासीय नेपाली संघका अध्यक्ष केसीका अनुसार गत मे महिनादेखि उनीहरू युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थिए। उनीहरूलाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छाडिदिएको छ। अब गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरू टर्किस्ट एयरलाइन्सको फलाइट नम्बर टीके२७४ मार्फत माल्दोवाबाट शुक्रबार दिउँसो काठमाडौँ आइपुग्ने गैरआवासीय नेपाली संघका अध्यक्ष केसीले जानकारी दिए। उन...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज