अर्पण बचतको १५औं बार्षिक साधारण सभा
रत्ननगर । अर्पण बचत तथा ऋण सहकारी संस्थाको १५औं बार्षिक साधारण सभा शनिबार गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मोहदत्त पौडेल(सुरज)ले बार्षिक कार्ययोजना, नीति तथा कार्यक्रम, सचिव महेश पाण्डेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष टुकानाथ आचार्यले आर्थिक प्रतिवेदन तथा लेखा समिति सदस्य कृष्णप्रसाद आचार्यले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमा उत्कृष्ट बचतकर्ता सोमबहादुर गुरुङ, तुलसीराम चपाईँ, लक्ष्मी आचार्य सुवेदी, उत्कृष्ट कर्जा तर्फ ओमप्रसाद चालिसे र सुश्रीदीपाकुमारी दराई, प्लस २ मा उत्कृष्ट अंक ल्याउने सुभम लामिछाने र निश्चल आचार्य, ज्येष्ठ शेयर सदस्य गुना कुमारी पाण्डे तथा उकृष्ट कर्मचारीको रुपमा कर्जा सहायक मिलन पौडेललाई सम्मान गरिएको संस्थाका सञ्चालक समिति सदस्य ध्रुवराज लामिछानेले जानकारी दिए ।
२०६७ सा...











