Advertisement

Day: १७ असार २०८२, मंगलवार

क्यान्सर पीडित बालकको उपचारका लागि लायन्स चितवन इस्टको आर्थिक

क्यान्सर पीडित बालकको उपचारका लागि लायन्स चितवन इस्टको आर्थिक

बागमती, समाचार, स्वास्थ्य
असार १७ गते । लायन्स क्लब अफ चितवन इस्टले खैरहनीका क्यान्सर पीडित बालकको उपचारका लागि आर्थिक सहयोग गरेको छ । खैरहनी ८, पर्सा निवासी ४ वर्षे रक्त क्यान्सरबाट पीडित दिप्सन दुवाडीलाई लायन्स क्लब चितवन इस्टले ३३ हजार १०८ रुपैयाँ सहयोग गरेको हो । क्लबका अध्यक्ष अर्जुन लम्सालले आफ्नो लायन वर्ष २०२५/०२६ को कार्यकाल आर्थिक सहयोग हस्तान्तरण गरी शुभारम्भ गरेका हुन् । आर्थिक अभावका कारण उपचारमा कठिनाई भएको अवस्थालाई मध्यनजर गर्दै उपचारमा केही सहज होस भन्ने भावनाले लायन्स इस्टका सदस्यहरुसंग स्वेच्छिक रकम सङ्कलन गरी दिप्सनका अभिभावक लक्ष्मण दुवाडीलाई हस्तान्तरण गरिएको अध्यक्ष लम्सालले बताए । रकम हस्तान्तरणमा लायन्स डिस्ट्रिक्टका पदाधिकारी तथा समाजसेवीहरू बुद्धिराज डल्लाकोटी,ज्ञानबहादुर बिसुराल तथा रक्की खरेलले लायन्सको सेवा कार्यको चर्चा गर्दै दिप्सनको शीघ्र स्वास्थ्य लाभको कामना गरे । उपस्थितहरुले यस ...
आफ्नै शरीरमा आगो लगाउँदा एक पुरुषको जलेर मृत्यु

आफ्नै शरीरमा आगो लगाउँदा एक पुरुषको जलेर मृत्यु

Breaking News 2, ताजा अपडेट, बागमती, समाचार
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–९, कपरफोरीमा सोमबार बिहान ६ः०० बजे एक पुरुषले आफ्नो शरीरमा आफैँले आगो लगाउँदा जलेर मृत्यु भएको छ । कपरफोरीका ५६ वर्षीय वीरबहादुर राउतले आफू सुत्ने कोठामा आफैँले शरीरमा मट्टितेल खन्याई आगो लगाउँदा शरीरको कम्मरदेखिको माथिल्लो भाग सुकुलसहित जली घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापश्चात् इलाका प्रहरी कार्यालय रत्ननगरको प्रहरी टोलीले सोमबार बिहान ६ः५० बजे घटनास्थल जाँच गरी मुचुल्कापश्चात् शव पोस्ट मार्टमका लागि भरतपुर अस्पताल पठाएको जनाएको छ ।...
रोटरी पूर्वी चितवनद्वारा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री तथा भोजन वितरण

रोटरी पूर्वी चितवनद्वारा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री तथा भोजन वितरण

Breaking News 1, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
चितवन, असार १७ गते  | रोटरी क्लब अफ पूर्वी चितवनले आफ्नो नयाँ कार्यकालको सुरुवातको अवसरमा रत्ननगर–५, झुवानी स्थित श्री भुवानी माध्यमिक विद्यालय (दृष्टिविहीन इकाई) का विद्यार्थीहरूलाई शैक्षिक सामग्री र भोजन वितरण गरेको छ। क्लबका नवनियुक्त अध्यक्ष गुण बहादुर अर्याल(महेश)को नेतृत्वमा सम्पन्न उक्त कार्यक्रम क्लब सदस्य रोटेरियन कुमार खनालकी छोरीको जन्मदिनको विशेष अवसरमा उहाको सहयोगमा आयोजित गरिएको हो। कार्यक्रमको सञ्चालन क्लबकी सचिव रेणुका कार्की (रोजी)ले गर्नुभएको थियो। कार्यक्रममा पुर्व अध्यक्ष अनुप अधिकारी, अन्य क्लब सदस्यहरू तथा विद्यालयका शिक्षक–शिक्षिका एवं विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।   “सेवा नै धर्म हो” भन्ने मूल भावनाका साथ रोटरी क्लब अफ पूर्वी चितवनले दृष्टिविहीन विद्यार्थीहरूको शिक्षामा टेवा पुर्‍याउने उद्देश्यले कापी, कलम लगायतका शैक्षिक सामग्र...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज