Advertisement

Day: २० जेष्ठ २०८२, सोमबार

रत्ननगरमा पेशागत कम्प्युटर हार्डवेयर नेटवर्क टेक्निसियन तालिम उद्घाटन

रत्ननगरमा पेशागत कम्प्युटर हार्डवेयर नेटवर्क टेक्निसियन तालिम उद्घाटन

बागमती, शिक्षा, समाचार
रत्ननगर, चितवन – रत्ननगर नगरपालिकाको आयोजनामा "दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (दोस्रो चरण)" अन्तर्गत पेशागत कम्प्युटर हार्डवेयर नेटवर्क टेक्निसियन तालिमको उद्घाटन रत्ननगर वडा नं. १ मा सम्पन्न भएको छ। १० महिना अवधिको यो तालिम नेपाल उद्यमी विकास परामर्श केन्द्र प्रा. लि. द्वारा सञ्चालन हुनेछ। उक्त तालिमका लागि ४० जनाको आवेदनबाट परिक्षामार्फत २० जना प्रशिक्षार्थी छनोट गरिएको छ। तालिम निःशुल्क हुनुका साथै प्रशिक्षार्थीहरूलाई खाजाको व्यवस्था समेत गरिएको छ। तालिमको प्रशिक्षक विश्व खनाल रहनुभएको छ। उद्घाटन समारोहमा प्रमुख अतिथि रत्ननगरका कार्यवाहक नगर प्रमुख यादव प्रसाद पाठकले तालिमले युवाहरूलाई प्राविधिक सीप प्रदान गरी रोजगारीका अवसर सिर्जना गर्ने बताउनुभयो। विशिष्ट अतिथि रत्ननगर नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेले सीपमूलक तालिमले स्थानीय स्तरमा दिगो विकासमा योगदान...
रत्ननगर–९ नम्बर वडाका स्थानियलाई कर सम्बन्धि सचेतना

रत्ननगर–९ नम्बर वडाका स्थानियलाई कर सम्बन्धि सचेतना

अर्थ, बागमती, समाचार
१९ जेठ, रत्ननगर । रत्ननगर ९ मा कर (राजश्व) सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । सचेतना कार्यक्रमलाई रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, करदाता सेवा कार्यालय, खैरहनीका सुचना अधिकारी चन्द्र अर्याल, रत्ननगर नगरपालिकाका राजश्व शाखा प्रमुख लिलानाथ अर्यालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम मार्फत रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले कर भनेको के हो ?, करका प्रकार, नगरपालिकाले कर लगाउन सक्ने कानुनी आधार, रत्ननगर राजपत्र, घरवहाल कर, नक्सापास, चारकिल्ला प्रमाणित, आयश्रोत कर, पर्यटन सेवा कर तथा सरसफाई कर लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । करदाता सेवा कार्यालय, खैरहनीका सुचना अधिकारी चन्द्र अर्यालले सोहि कार्यक्रम मार्फत करदाता शिक्षा प्रदान गर्नुभएको थियो । अर्यालले प्यान र भ्याट साथै जरिवाना सम्बन्धि प्रावधानको बारेमा स्पष्ठ पार्नुभयो । त्यस्तै...
प्रदेशमन्त्रीद्वारा फोहोर प्रशोधन उद्योगको निरीक्षण

प्रदेशमन्त्रीद्वारा फोहोर प्रशोधन उद्योगको निरीक्षण

Breaking News 2, ताजा अपडेट, बागमती, समाचार
रत्ननगर । बागमती प्रदेशका कृषि तथा पशुपंछी विकास मन्त्री प्रकास श्रेष्ठले सफा उर्जा उत्पादन प्रा.लि. चितवनमा सञ्चालन गरेको फोहोर प्रशोधन उद्योगको स्थलगत अबलोकन तथा निरीक्षण गरेका छन् । खैरहनी वडा नं ४ चैनपुरमा अबस्थित उद्योगको मन्त्री श्रेष्ठ सहित उद्योग बाणिज्य संघ मकवानपुरको अध्यक्ष प्रमोद सिंह रानाभाट र उपाध्यक्ष उज्वल चौलागाईँले समेत प्रशोधन उद्योगको अबलोकन गरेका हुन । सफा उर्जाका निर्देशक निर्णय पौडेलले मन्त्री श्रेष्ठ र व्यवसायीहरुलाई उद्योगमा स्वागत गरेका थिए भने सफा उर्जाका प्रतिनिधि योगेन्द्र सिंह केसीले सफा उर्जाले फोहोर संकलन, प्रशोधन, प्राङ्गारिक मल उत्पादन र वाताबरण संरक्षणमा गरेका कामहरुको विषयमा मन्त्री तथा व्यवसायीलाई जानकारी गराएका थिए । उद्योगको अनुगमन र निरीक्षणपछि मन्त्री श्रेष्ठले निजी क्षेत्रबाट फोहोर दीगो व्यवस्थापनको लागि चितवनमा सुरु गरिएको कामको प्रशंसा गर्दै प्रद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज