सोनितपुर तेक्वान्दो डोजाङ काठमाडौं टीम प्रथम
दोश्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०८१ मा जम्मा ४० वटा विद्या मा भएको आज दोस्रो दिन को खेल मा ७ सोर्ण, ६ रजत र ६ कास्य पदक हासिल गर्दै सोनितपुर तेक्वान्दो डोजाङ काठमाडौं टीम प्रथम, ७ सोर्न , ३ रजत र ८ कास्य सहित क्रियटिभ तेक्वान्दो एकेडेमी टिम द्वितिय र ५ शोर्ण,५ रजत र ८ कास्य सहित टीम चितवन तृतीय भए । विजेता टीम ले नगद रु २००००, १५००० र १०००० प्राप्त गर्न सफल गरे भने सोर्ण पदक जित्ने प्रत्येक खेलाडीहरुले रु १००० पाए ।
समापन कार्यक्रम हेटौडा उपमहानगरपालिका वडा नं १७ को वडा अध्यक्ष उद्धव सत्याल को प्रमुख आतिथ्यता मा भएको थियो । सभाध्यक्ष प्रतियोगिता संयोजक भोजराज पराजुली रहेको यस कार्यक्रम मा स्वागत मन्तव्य प्रतियोगिता मूल आयोजक समिति को संयोजक शंकर बहादुर राउत ले गर्नु भयो भने पहिलो दिन को उद्घाटन जिल्ला समन्वय समिति मकवानपुर को प्रमुख ललित घलान ले गर्नु भएको थियो । प्रतियोगिता...

















