Advertisement

Day: २१ पुष २०८१, आईतवार

दुई दिने राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न भएको छ ।

दुई दिने राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न भएको छ ।

खेलकुद
दुईदिने राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा छैटौँ राष्ट्रिय तेक्वान्दो क्योरोगी रेफ्री सेमिनार, पाँचौँ राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स तथा चौथो राष्ट्रिय तेक्वान्दो पुम्से रेफ्री सेमिनार, तेस्रो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स २०२५ सम्पन्न भएको हो । बागमती प्रदेशस्तरीय तालिम पुस १९ र २० गते चितवन खैरहनी नगरपालिका वडा ११ मा सम्पन्न भएको हो । तालिममा १८ वर्ष उमेर पुगेका ब्ल्याकबेल्ट र दोस्रो डानभन्दा माथिका ३० जना खेलाडीको सहभागिता रहेको थियो । सहभागीहरूलाई संघका महासचिव राकेशकुमार राईले प्रशिक्षण गराएका थिए । उनका अनुसार तालिमले तेक्वान्दोको पछिल्लो नियम र अवस्थाबारे खेलाडीलाई जानकारी हुनेछ । तालिममा संघका सल्लाहाकार मुकुन्द थापा, केन्द्रीय सदस्य राधामान तामाङलगायतको उपस्थिति थियो । संघले यसअघि पुस १२ र १३ गते कोशी प्र...
एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका ललित राजवंशीको लय कायमै

एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका ललित राजवंशीको लय कायमै

खेलकुद
एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका ललित राजवंशीको लय कायमै रहेको छ । नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ को पहिलो खेलमा ललित राजवंशीले ७ विकेट पूरा गरेका छन् । विभागीय टोलीहरू नेपाल पुलिस र नेपाल आर्मीबीचको खेलमा पुलिसका ललितले पाँच विकेट पूरा गरेका हुन् । ललितले सन्तोष कार्की, तृतराज दास, सोमपाल कामी, बसिर अहमद र विवेक यादवको विकेट लिए ।ललितले हालसम्म ११ ओभरमा ३८ रन दिएर ५ विकेट लिएका छन् । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले २६औं ओभरमा ७ विकेट गुमाएर ९१ रन बनाएको छ ।...
उपाध्यक्षको रूपमा पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रीय कमिटी बैठकमा

उपाध्यक्षको रूपमा पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रीय कमिटी बैठकमा

राजनीति, समाचार
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन उपाध्यक्षको रूपमा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन्। पेरिसडाँडामा आज आइतबारदेखि सुरु बैठकमा अध्यक्ष प्रचण्डसँगै देब्रेतर्फ पुनलाई राखिएको छ।दाहिनेतर्फ क्रमशः उपाध्यक्षहरू नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल छन्। दुई कार्यकाल उपराष्ट्रपति भएका पुन यसअघि पनि माओवादीका बैठकहरूमा सहभागी हुँदै आएका थिए। युद्धकालमा विद्रोही सेनाका कमान्डर रहेका उनलाई माओवादीले पुनः सक्रिय राजनीतिमा फर्काउन लागेको हो।...
एमालेको केन्द्रीय कमिटी बैठक जारी

एमालेको केन्द्रीय कमिटी बैठक जारी

Breaking News 2, राजनीति, समाचार
काठमाडौँ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा जारी छ । बैठक केही बेर अघि सुरु भएको एमाले सचिवालय स्रोतले जानकारी दियो । बैठकमा सरकारको समीक्षा, पार्टी कार्यक्रम लगायतबारे समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदैछ । गत असारमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।...
गाजा युद्ध विराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी

गाजा युद्ध विराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी

Breaking News 2, ताजा अपडेट
गाजा (इजरायलले शनिबार गाजा युद्ध विराम र बन्धक मुक्त सम्झौताका लागि कतारमा वार्ता पुनः सुरु भएको पुष्टि गरेको छ । गाजा शहरमा रहेको अल(घौला परिवारको घरमा बिहान भएको हवाई आक्रमणमा परी ११ जनाको मृत्यु भएकै दिन वार्ता सुरु भएको प्यालेष्टिनी प्रहरीले जनाएको छ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले सन् २०२३ को अक्टोबरमा भएको आक्रमणमा बन्धक बनाइएका व्यक्तिहरूको रिहाइका लागि कतारमा हमाससँग अप्रत्यक्ष वार्ता सुरु भएको पुष्टि गरेका छन् । बन्धकमध्येकी एक महिला सैनिक लिरी अल्बागका आफन्तलाई मन्त्रीले ‘बन्धकहरूलाई मुक्त गर्ने प्रयास भइरहेको र वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल शुक्रबार कतारमा पुगेको बताएका छन् । काट्जका अनुसार प्रधानमन्त्री बेनाजामिनले ‘वार्ताका लागि विस्तृत निर्देशन’ दिएका छन् । हमासको सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडले गाजामा अल्बागलाई कैदमा राखेको भिडियो सार्वजनिक गरेपछि उनल...
ग्यास चुहिएर आगलागी हुँदा एक वृद्धाको मृत्यु

ग्यास चुहिएर आगलागी हुँदा एक वृद्धाको मृत्यु

Breaking News 1, समाचार
२१ पौष( खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा पर्वतको कुश्मा नगरपालिका–१०, पिपलटारीमा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार पिपलटारीस्थित तल्लो रोहोटेका ध्रुव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासि आगलागी हुँदा जलेर छिमेकी ७३ वर्षीया दुर्गादेवी पौडेलको मृत्यु भएको हो । पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएकी थिइन् । घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएका छ । उनका अनुसार, जिल्ला अस्पताल पर्वतमा घाइतेको प्राथमिक उपचार गरिएको थियो । थप उपचारका निम्ति रेग्मीलाई पोखरा पठाइएको छ ।  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज