Advertisement

Day: ७ मंसिर २०८१, शुक्रबार

६ सय ग्राहकको विद्युत लाइन काटिँदै

६ सय ग्राहकको विद्युत लाइन काटिँदै

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । विद्युत् महसुल नतिर्ने करिब ६ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ। नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो। जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट ८० लाख बढी बक्यौता रकम उठाउन बाँकी छ। केन्द्रका अनुसार विद्युत महसुलबापतको ८० लाख ९९ हजार ३६२ बक्यौता उठाउन बाँकी छ। मिटर रिडिङ गरेको ६० दिन नाघिसकेका पाँच सय ७९ ग्राहकबाट उक्त रकम असुल गर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए। ८४ वटा सरकारी कार्यालयबाट १७ लाख १९ हजार २३५ बक्यौता उठाउन बाँकी छ। तीमध्ये ५९ वटा सदरमुकामका कार्यालय र २५ वटा पाटन क्षेत्रका कार्यालय छन्। यस्तै अन्य ४९५ ग्राहकबाट ६३ लाख ८० हजार १२६ बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख पौडेलले बताए। समयमा महसुल नबुझाउने ग्...
सभामुख घिमिरे आज कम्बोडिया जाँदै

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् । कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ । ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि यो सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन् ।...
छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

खेलकुद, गण्डकी
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । जसमा मार्चपासतर्फ सागर मेमोरियल बोर्डिङ स्कुल प्रथम, शुक्लागण्डकी मावि द्वितीय, सारदा मावि तृतीय भएको छ । यस्तै एक हजार पाँच सय मिटर दौडमा माछापुच्छ्रे माविका अनुप नेपाली प्रथम, निष्पक्ष माविका नवीन विक द्वितीय, उदय माविका कुशल नेपाली तृतीय भए । यता, महिला एक हजार पाँच सय मिटर दौडमा बराह माविकी पूर्णीमा नेपाली प्रथम, उदय माविकी सरस्वती भण्डारी द्वितीय, महेन्द्र माविकी सम्झना अधिकारी तृतीय भएका छन् । यस्तै पुरुष चार सय मिटर दौडमा शुक्लागण्डकी माविका पृतम परियार प्रथम, बराह माविका रोहित परियार द्वितीय, महेन्द्र माविका अरुण परियार तृतीय भए । यता, महिला चार सय मिटर दौडतर्फ पृथ्वीनारायण माविकी विनिता विक प्रथम, बराह माविकी विपना अधिकारी द्वितीय र शुक्लागण्डकी मावि की दिपिशा पोखरेल तृतीय भ...
‘तेल भिसा’ र ‘अग्निदहन’ आजबाट रिलिज

‘तेल भिसा’ र ‘अग्निदहन’ आजबाट रिलिज

मनोरञ्जन, समाचार
काठमाडौँ | फ्राइडे रिलिज अन्तर्गत एकसाथ दुइटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। शंकर घिमिरे निर्देशित 'तेल भिसा' र घनश्याम लामिछाने निर्देशित 'अग्निदहन' आआजबाट भएका हुन्। विपिन कार्की र वर्षा राउत अभिनीत फिल्म 'तेल भिसा' नेपालमा रहेका बाबुआमा र अमेरिकामा रहेका सन्तानबीचको कथा हो। अभिनेत्री ऋचा घिमिरेको प्रस्तुतिमा बनेको यो फिल्मलाई मल्टिप्लेक्स हलहरूले उत्साहजनक शो दिएका छन्। फिल्ममा विपिन, वर्षा र ऋचासहित पूजा चन्द, बुद्धि तामाङ लगायत कलाकारको शीर्ष अभिनय छ। यसमा विपिन बृद्ध र जवान गरी दुइटा फरक चरित्र (डबल रोल) निर्वाह गरेका छन्। निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन्। त्यस्तै, 'अग्निदहन' सामाजिक कथा हो। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास 'अग्निदहन' मा आधारित रहेर फिल्म तयार पारिएको हो। यसमा प्रकाश घिमिरे, माओत्से गुरूङ, कोविदशरण उपाध्याय, अनुपमा भण्डारी, प्रमिला ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज