छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । जसमा मार्चपासतर्फ सागर मेमोरियल बोर्डिङ स्कुल प्रथम, शुक्लागण्डकी मावि द्वितीय, सारदा मावि तृतीय भएको छ ।

यस्तै एक हजार पाँच सय मिटर दौडमा माछापुच्छ्रे माविका अनुप नेपाली प्रथम, निष्पक्ष माविका नवीन विक द्वितीय, उदय माविका कुशल नेपाली तृतीय भए । यता, महिला एक हजार पाँच सय मिटर दौडमा बराह माविकी पूर्णीमा नेपाली प्रथम, उदय माविकी सरस्वती भण्डारी द्वितीय, महेन्द्र माविकी सम्झना अधिकारी तृतीय भएका छन् । यस्तै पुरुष चार सय मिटर दौडमा शुक्लागण्डकी माविका पृतम परियार प्रथम, बराह माविका रोहित परियार द्वितीय, महेन्द्र माविका अरुण परियार तृतीय भए ।

यता, महिला चार सय मिटर दौडतर्फ पृथ्वीनारायण माविकी विनिता विक प्रथम, बराह माविकी विपना अधिकारी द्वितीय र शुक्लागण्डकी मावि की दिपिशा पोखरेल तृतीय भइन् । यसैगरी पुरुष एक सय मिटर दौडमा ज्ञानज्योति बोर्डिङ स्कुलका एलन शाही प्रथम, पृथ्वीनारायण माविका आविष्कार विक द्वितीय र शुक्लागण्डकी माविका अद्वितीय भारती तृतीय भए ।

महिला एक सय मिटर दौडतर्फ सागर मोमोरियल बोर्डिङ स्कुलकी सन्ध्या लम्साल प्रथम, शुक्लागण्डकी माविकी प्रतिज्ञा पोखरेल द्वितीय र निष्पक्ष माविकी एलीना लामिछाने तृतीय भइन् । यता, लगंजम्प महिलातर्फ महेन्द्र माविकी कुशुम नेपाली प्रथम, शुक्लागण्डकी माविकी प्रतिक्षा पोख्रेल द्वितीय र निश्पक्ष माविकी एलिना लामिछाने तृतीय भइन् ।

नृत्यतर्फ सागर मेमोरियल बोडिङ स्कुल प्रथम, उदय मावि द्वितीय र बराह मावि तृतीय भएको छ । प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य गणेश गुरुङले खेलका माध्यमबाट स्वस्थ, सुखी र समृद्ध बन्न सकिने बताए ।

उनले खेलकै माध्यमबाट व्यक्ति, समाज र राष्ट्रलाई चिनाउन सकिने हुँदा खेलकुलाई हरेक क्षेत्रले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले खेलक्षेत्रमा गुणात्मक प्रगति गर्नका लागि आगामी दिनमा अझै रचनात्मक कार्यक्रमलाई अघि बढाउने बताइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले खेलकुदलाई प्राथमिकतामा राखेर खेललाई निरन्तरता दिएको बताए ।

वडा नं २ का अध्यक्ष एवं प्रवक्ता गणेश आर्चायले खेलकुदका माध्यम साथै अन्य क्षेत्रमा भविष्य खेजिरहेका युवामा निरशा छाएको बताए । कार्यक्रममा वडा नं ९ का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरिबहादुर क्षेत्रले मर्यादित, अनुशासित र लगनशील भएर खेल्न खेलाडीलाई आग्रह गरे ।

मंसिर ८ सम्म लाहाचोक महेन्द्र माविको खेल मैदानमा भएको रनिङ शिल्ड प्रगियोगितामा पालिकाभित्रका १२ विद्यालयको सहभागिता छ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज