Advertisement

Day: २७ कार्तिक २०८१, मंगलवार

लुम्बिनीमा विपद्बाट पाँच करोड रुपैयाँ भन्दा बढीको क्षति

लुम्बिनीमा विपद्बाट पाँच करोड रुपैयाँ भन्दा बढीको क्षति

अर्थ, ताजा अपडेट, लुम्बिनी, समाचार
तुलसीपुर | लुम्बिनी प्रदेशमा विभिन्न विपद्बाट रु पाँच करोड ५० लाखभन्दा बढी क्षति भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेयका अनुसार विपद्का कारण चालु आर्थिक वर्षको कात्तिकसम्म रु पाँच करोड ५८ लाख ५२ हजार बराबरको क्षति भएको हो । सबैभन्दा बढी रोल्पामा रु एक करोड ७१ लाख ४९ हजार र सबैभन्दा कम रुकुमपूर्व र गुल्मीमा शून्य क्षति भएको उनले जानकारी दिए। लुम्बिनीमा चार सय ५२ घटना भएकामा एक सय १४ जनाको मृत्यु भएको छ, भने दुई सय २९ घाइते भएका छन् । विपद्बाट १० जना बेपत्ता भएका छन् भने एक सय १५ संरचना पूर्ण रूपमा क्षति भएका सूचना अधिकारी पाण्डेयले बताए । उनका अनुसार तीन सय २३ संरचनामा आंशिक क्षति भएको छ । लुम्बिनीमा बाढी, पहिरो, डुबानबाट उक्त क्षति भएको हो ।पहाडी क्षेत्रमा पहिरो तथा तराईमा बाढी र डुबानले बढी क्षति भएको पाण्डेयले उल्लेख गरे।...
माओवादीले उपनिर्वाचनमा गठबन्धन नगर्ने, टुंग्यायो उम्मेदवार (नामावलीसहित)

माओवादीले उपनिर्वाचनमा गठबन्धन नगर्ने, टुंग्यायो उम्मेदवार (नामावलीसहित)

Breaking News 2, राजनीति, समाचार
काठमाडौं । माओवादीले आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको  छ । यसअघि पदाधिकारी बैठकले उपनिर्वाचनका लागि सहकार्यको विकल्प खुला राखे पनि सोमबार बसेको  बैठकले भने यस्तो निर्णय गरेको हो ।  माओवादीले प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसलाई अनुमोदन गर्दे उपनिर्वाचनका लागि आफ्ना उम्मेदवार टुंगो लगाएको छ । माओवादीले मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष उम्मेदवारमा नामेनारायण माझी, काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा शिवशरण महर्जन, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा निमलेकी शेर्पा, रुकुमपूर्वको पुथा उत्तरगंगा उपाध्यक्षमा ज्ञानदेवी पुन, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा देवका लामिछाने र दैलेखको महाबु गाउँपालिका अध्यक्ष उम्मेदवारमा जंग बराललाई अनुमोदन गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । यस्तै विभिन्न पालिकाका रिक्त ३४ वडाध्यक...
बार्सिलोनाका युवा स्टार यामल दुईदेखि तीन साता मैदानबाहिर

बार्सिलोनाका युवा स्टार यामल दुईदेखि तीन साता मैदानबाहिर

खेलकुद
बार्सिलोना | बार्सिलोनाका युवा स्टार लामिन यामल चोटका कारण दुईदेखि तीन साता मैदानबाहिर रहने भएका छन्। यामलले आइतबार भएको रियल सोसिडाडविरुद्धको खेल चोटका कारण गुमाएका थिए। उनको अभावमा बार्सिलोना पराजित भएको थियो। बार्सिलोनाले च्याम्पियन्स लिगमा क्राभेना जेजडाविरुद्धको खेलमा चोट बोक्न पुगेका थिए। सोमबार बार्सिलोनाले उनको चोट सोचेभन्दा गहिरो देखिएको भन्दे कम्तिमा दुईदेखि तीन साता मैदानबाहिर रहने जानकारी दिएको हो। आफ्नो सामाजिक सञ्जालमार्फत बार्सिलोनाले उनको इन्जुरीको बारेमा जानकारी दिएको हो। बार्सिलोनाका अनुसार आज बिहान गरिएको परीक्षणमा यामलको दाहिने खुट्टाको एङ्कलको चोट सन्चो हुन दुईदेखि तीन साता लाग्ने बताएको छ। त्यस्तै, अर्का स्टार खेलाडी रोवर्ट लेवान्डोस्की पनि चोटका कारण कम्तिमा १० दिन मैदानबाहिर रहने जनाएको छ। बार्सिलोनालाई दुई खेलाडीको इन्जुरीले चिन्ता थपेको छ। राम्रो लयमा रहेको ...
सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा

सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा

कोशी प्रदेश, समाचार, स्वास्थ्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण गरिएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गरिने बताएका छन् । नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहमा सोमबार प्रधानमन्त्री ओलीले यस्तो बताएको उनको सचिवालयले जानकारी गराएको छ । नेपाली धर्तीबाट ऋषि चरकले स्वास्थ्य विज्ञानको थालनी गरेको भन्दै उनले सकभर निरोगी हुने र बिरामी भए सुलभ रूपमा उपचार पद्धतिका निम्ति सरकारले ध्यान दिएको बताए । प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ्य संस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यो क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेकोे स्पष्ट पारे । उक्त समारोहमा ६५७ विद्यार्थी दीक्षित भएका छन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज