Advertisement

Day: १९ कार्तिक २०८१, सोमबार

भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु

भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु

अर्थ, लुम्बिनी, समाचार
भैरहवा | भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडान तिहारका दिन आइतबारबाट सुरु गरेको छ। थाइले बैंककबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानसस्थलमा हिजो उडान गरेको हो। यससँगै अब थाइले भैरहवाबाट साताको २ दिन सोमबार र विहीबार उडान गर्नेछ। बिहान ७ बजे विमानस्थलमा जहाज अवतरण गरेको थियो। लगत्तै बिहान ७:४० बजे बैंकक प्रस्थान गरेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।अब ८ नोभम्बर (२३ मंसिर) मा अर्को उडान हुने छ ।विमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए।भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ छ।...
दाइजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै

दाइजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै

धर्म संस्कृति, समाचार
सुनसरी | तराई मधेस क्षेत्रमा दाइजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरी/चेलीको विवाह गर्दा दाइजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्तिअनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो । हुन त हिन्दु नेपाली समाजमा देशभरि नै यस्तो प्रचलन छ । आज हामी तपाईँहरूले योभन्दा फरक प्रचलन सुनाउँदै छौँ, जो सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । यस्तो आश्चर्य लाग्ने प्रथा हो यहाँका मरिक समुदायको, जहाँ आजपर्यन्त छोरीरचेलीको विवाह गर्दा दाइजोमा गाउँ नै दिने गरिएको छ । सुनसरीका विभिन्न क्षेत्रमा बसोबास गर्ने मरिक समुदायका व्यक्तिले अहिले पनि छोरीको बिहेमा गच्छेअनुसार गाउँ नै दाइजोको रूपमा दिने प्रचलन रहेको सुनसरी हरिनगर–२ का अगुवा भट्टाई मरिकले जानकारी दिए । शनिबार मरिक समुदायले छठका लागि बाँसका साम...
१० वर्षमा फेरिएको ‘उजाड डाँडो’

१० वर्षमा फेरिएको ‘उजाड डाँडो’

गण्डकी, समाचार
गलकोट (बागलुङ) | झाडीले ढाकिन थालेको पाखो, त्यहीबीचमा उजाड डाँडो । १० वर्षअघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार बनेको छ । त्यो हो, पञ्चकोट । १० वर्षअघि कसैले पनि सोचेका थिएनन्, त्यो उजाड डाँडो धार्मिक पर्यटकीय क्षेत्र र तपोभूमि बन्ला भनेर । त्यही डाँडो हाल आकर्षक पर्यटकीय संरचनाले भरिएको छ, ती संरचना आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने आधार बनेका छन् । यो क्षेत्र बाइसेचौबिसे राजाका पालमा यस्तै आकर्षक थियो भनिन्छ तर लामो समयसम्म संरक्षणको अभावमा वन्जर बन्यो । पछिल्लो समय यही तारजालकोटसहित पाँचकोटलाई एकीकृत रूपमा पञ्चकोट बनाउने सङ्कल्प गरेका पञ्चकोटका संस्थापक एवं परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको पहलमा यो धार्मिक पर्यटकीय क्षेत्र बन्न सफल भएको हो । तारजालकोट भनिने उजाड डाँडा अहिले पञ्चकोटको रूपमा विश्वचर्चित बनेको बागलुङ नगरपालिका-६...
लिग टु क्रिकेट : चोटका कारण करण र भीम ‘आउट’, देव र सागर ‘इन’

लिग टु क्रिकेट : चोटका कारण करण र भीम ‘आउट’, देव र सागर ‘इन’

खेलकुद, ताजा अपडेट
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलअघि नेपाली टोलीमा दुई परिवर्तन भएको छ । चोटका कारण पेसर करण केसी र ब्याटर भीम शार्की टिमबाट बाहिरिएका छन् भने उनीहरुको स्थानमा देव खनाल र सागर ढकाल टिममा समावेश गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । करण अमेरिका विरुद्धको खेलमा बलिङका क्रममा घाइते भएपछि बाँकी खेल खेलेनन् । क्यानले सोमबार स्टेटमेन्ट जारी गर्दै चोटका कारण करणसँगै भिम पनि टिम बाट बाहिरिएको जनाएको छ । नेपाली टिमसँगै रिजर्भ खेलाडीका रुपमा रहेका देव र सागर अब १५ सदस्यीय टिममा समावेश हुनेछन् । अमेरिकामा भइरहेको लिग टु को सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ । खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ । सिरिजमा यसअघि खेलेका तीनमध्ये दुई खेलमा पराजित भएको नेपालले ए...
युट्युबर मिस्टर बिस्ट बने आठौं व्यक्ति

युट्युबर मिस्टर बिस्ट बने आठौं व्यक्ति

ताजा अपडेट, मनोरञ्जन, समाचार
युएई | युट्युबर मिस्टर बिस्ट विश्वको सबैभन्दा अग्लो भवन ‘बुर्ज खलिफा’को टुप्पोमा पुग्ने आठौं व्यक्ति बनेका छन् । बुर्ज खालिफाको चुचुरोमा पुगेपछी उनले भने : “म सफल भएँ ! म संसारको सबैभन्दा अग्लो भवनको टुप्पोमा उभिएको छु,” उक्त क्लिपमा युट्युबर बिस्टले भनेको सुन्न सकिन्छ । यसको पूरा भिडिओ बिस्टले २ नोभेम्बरमा युट्युबमा अपलोड गरेका थिए । उनले अगाडि भनेका छन्, “यो त डरलाग्दो छ ! मैले तल नहेरेको भए हुने रहेछ ।”...
नेपाली कांग्रेसको ‘युवा संकल्प यात्रा’ कात्तिक २३ गतेदेखि

नेपाली कांग्रेसको ‘युवा संकल्प यात्रा’ कात्तिक २३ गतेदेखि

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची–महाकाली ‘युवा संकल्प यात्रा’ सञ्चालन गरिने भएको छ । यात्रा कात्तिक २३ गते मेचीनगरको काँकडभिट्टाबाट सुरु भई इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै यात्रा मंसिर ४ गते महाकाली पुगेर समापन बताइएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले उद्यमशीलता नेपालको विकासका लागि अपरिहार्य रहेको जनाउँदै राजनीतिक उपलब्धिको संरक्षण युवाशक्तिको समुचित उपयोगबाट मात्र हुनसक्ने बताए । उनले भने, ‘कांग्रेसले युवा उद्यमशीलता प्रवर्द्धनमात्र होइन, देशको अवस्था बदल्ने तागत राख्नुपर्छ । कृषिप्रधान देशमा कृषिको आधुनिकीकरणमार्फत लाखौँ युवालाई स्वदेशमै रोजगार बनाउन सकिन्छ ।’ सहकारीपीडितलाई तत्काल राहत र बचत फिर्ता गराउन पहलकदमी लिने तथा विभिन्न संस्था...
तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन । नेपालगञ्जदेखि उडान भर्दै आएका निजी र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको उडान तालिका नभएका कारण सोमबार मात्रै उडान सञ्चालन गरेको सिमकोट विमानस्थल कार्यालयले जानकारी दिएको छ । सोमबार नेपालगञ्जदेखि सिमकोटका लागि तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेका हुन् । आज नेपालगञ्जदेखि तारा र नेपाल एयरलाइन्सले एक–एक पटक उडान भरेको विमानस्थलले जानकारी दिएको छ । दुवै एयरलाइन्सले नेपालगञ्जदेखि यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए । अन्य सीता र समिट एयरले तीन दिनदेखि उडान भर्न नसकेको छैनन् । नेपालगञ्जदेखि उडान भर्दै आएका जहाजले आफ्नो तालिकाअनुसार हुम्लामा उडान भर्दै आएका छन् । मङ्गलबारका लागि नेपालगञ्जदेखि नेपाल एयरलाइन्सल...
कमला ह्यारिसको अन्तिम चुनावी सम्बोधन स्गाजा युद्ध अन्त्य गर्छु

कमला ह्यारिसको अन्तिम चुनावी सम्बोधन स्गाजा युद्ध अन्त्य गर्छु

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौं । डेमोक्रेटिक पार्टीबाट अमेरिकाको राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले गाजामा भइरहेको युद्ध अन्त्य गर्ने प्रतिबद्धता गरेकी छन् । उनले अरबी अमेरिकीहरुको बीचमा आफ्नो अन्तिम चुनावी सम्बोधनका क्रममा उक्त घोषणा गरेकी हुन् । ह्यारिसले गाजामा भइरहेको नरसंहारबाट असन्तुष्ट अरबी अमेरिकन पक्षलाई आफ्नो कित्तामा ल्याउने कोशिस गरेकी हुन् । गाजा युद्धमा ४३ हजारभन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भएको छ भने २ लाख बढी जनता विस्थापित भएका छन् । गाजा युद्ध विनाशकारी भएको बताउँदै उनले भनेकी छन्, ‘राष्ट्रपतिको रूपमा, म गाजामा युद्ध अन्त्य गर्न, बन्धकहरूलाई घर ल्याउन, गाजाको पीडाको अन्त्य गर्न, इजरायल सुरक्षित भएको सुनिश्चित गर्न, र प्यालेस्टाइनी जनताले आफ्नो मर्यादा, स्वतन्त्रता, सुरक्षाको अधिकार महसुस गर्न सक्ने सुनिश्चित गर्न मेरो शक्तिमा सबै गर्नेछु ।’ उनले गाजा युद्ध अन्त्य गर्ने योजना कसरी...
भिजिट भिसामा जाने श्रमिक रोक्न अध्ययन गर्दै सरकार

भिजिट भिसामा जाने श्रमिक रोक्न अध्ययन गर्दै सरकार

अर्थ, ताजा अपडेट, समाचार
काठमाडौं । सरकारले वैदेशिक रोजगारीको उद्देश्यले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाने क्रम बढ्दै गएपछि रोक्न भन्दै फेरि अध्ययन सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार व्यवस्थापन महाशाखाका सहसचिवको नेतृत्वमा यसबारे अध्ययन सुरु भएको हो । तत्कालीन महाशाखा प्रमुख सहसचिव गोविन्दप्रसाद रिजालको नेतृत्वमा कार्यदल बनेको थियो । उनी सरुवा भएपनि महाशाखा प्रमुख तोकिएका सहसचिवले यसबारे अध्ययन अघि बढाउने श्रम मन्त्रालयले जनाएको छ । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार भिजिट भिसामा अवैध रुपमा श्रमिक जाने र उनीहरु ठगीमा परेर अवैध रुपमा काम गर्न बाध्य हुनुपर्ने क्रम नरोकिएपछि व्यवस्थित गर्नेबारे सुझाव लिन कार्यदल बनेको हो । विशेषगरी संयुक्त अरब इमिरेट्स ९यूएई०मा भिजिट भिसामा जाने श्रमिकको संख्या ठूलो छ । कुवेत, बहराइन लगायतका देशमा पनि यस्तो सम...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज