Advertisement

Day: १३ कार्तिक २०८१, मंगलवार

दीपावली पर्वः उल्लासमय मिथिलाञ्चल क्षेत्र

दीपावली पर्वः उल्लासमय मिथिलाञ्चल क्षेत्र

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति
महोत्तरी | दीपावली पर्वले मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रको वातावरण उल्लसमय भएको छ । कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने उज्यालोको पर्व दीपावली र त्यसलगत्तै आउने छठ पर्वको तयारीले मधेसको महोत्तरीसहित मिथिलाञ्चल क्षेत्र अहिले पर्वमय बनेको हो । मिथिलामा आज दीपावलीको पहिलो दिन ‘धनतेरस’ मनाइँदै छ । धनतेरससँगै यस वर्ष तिहार (दीपावली) आज सुरु हुनेछ । दीपावलीका लागि अहिले मिथिला क्षेत्रका सबैजसो घर रङरोगन गरेर चम्काइएका छन् । सबैका घरमा आफ्नो दक्षताअनुसार रमाइलो पर्व दीपावलीको तयारी गरिएको स्थानीय बताउँछन् । धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने यस पर्वको पहिलो दिन ‘धनतेरस’ मनाउने मैथिल परम्परा छ । यस दिन धातुका नयाँ सामान जोडेर सन्ध्याकालमा लक्ष्मीको आराधना गरिन्छ । पाँच दिन मनाइने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । आजदेखि सुरु भएको यो पर्व...
पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो

पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो

Breaking News 2, धर्म संस्कृति
म्याग्दी | मुस्ताङको बारागुङ मुक्तिक्षेत्र-४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु दसैँलगत्तै आउन थालेका हुन् ।कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पण गर्नका लागि दैनिक सयौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । दिवङ्गत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि देशका विभिन्न जिल्लाका साथै भारतबाट धार्मिक तीर्थालु कागबेनी आउने गरेका पुजारी हिमाल सुवेदीले बताउनुभयो । उहाँका अनुसार, दैनिक दुई सयभन्दा बढीले दिवङ्गत आफन्तको सम्झनामा कागबेनीमा श्राद्ध गर्ने र तर्पण दिने गरेका छन् ।मुक्तिनाथ र दामोदरकुण्डबाट बगेर आउने कालीखोला र मुक्ति गण्डकीको सङ्गम रहेको कागबेनी पितृतर्पणका लागि महत्वपूर्ण तीर...
अमेरिकामा ठगीसहित ५० बढी मुद्दा चलेका रविका कोर टिमका सदस्य मोहन थापा नेपालमा

अमेरिकामा ठगीसहित ५० बढी मुद्दा चलेका रविका कोर टिमका सदस्य मोहन थापा नेपालमा

Breaking News 1, गण्डकी, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं | सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँगै अन्य पाँच सहकारीको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीमाथि प्रहरीले गम्भिर रुपमा अनुसन्धान गरिरहेको छ। सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धानका लागि प्रहरीले २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरी लामिछानेलाई पोखरा ल्याएर अदालतबाट म्याद थप गरी अनुसन्धान थालेसँगै रास्वपाका केन्द्रीय सदस्य तथा लामिछानेका कारोबारी मित्र मोहनजंग थापा अमेरिकाबाट नेपाल आएका छन् । थापा हालै जिबी राईले प्रहरी र मिडियामा पठाएको भनिएको इमेलमा पाँच करोड भन्दा बढी रकम हुन्डी गरेको प्रकरणमा मुछिएका व्यक्ति मात्र नभइ ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाउन तीन करोड पैसा माग्ने लामिछानेको कोर टिमका सदस्य पनि हुन। पूर्वसां...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज