Advertisement

राजनीति

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् । कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ । ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि यो सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन् ।...
जापान जाँदै परराष्ट्र मन्त्री राणा, उतैबाट चीन जाने

जापान जाँदै परराष्ट्र मन्त्री राणा, उतैबाट चीन जाने

राजनीति, समाचार
काठमाडौं | परराष्ट्र मन्त्री आरजु राणा देउवा जापान जाने भएकी छन्। स्वास्थ्य उपचारका लागि परराष्ट्र मन्त्री राणा जापान जान लागेकी हुन्। स्रोतका अनुसार परराष्ट्र मन्त्री राणा म‌ंसिर १० गते जापान जानेछिन्। त्यसको भोलिपल्ट जापानको अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने तयारी छ। परराष्ट्र मन्त्री राणा जापानबाटै मंसिर १४ गते चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। मंसिर १५ गते परराष्ट्र मन्त्री राणा र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेटवार्ता हुनेछ।  प्रधानमन्त्री केपी शर्मा ओली पनि चीन भ्रमणमा जाँदैछन्। मंसिर १७ गतेदेखि २१ गतेसम्म प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारी गरेका छन्। प्रधानमन्त्री ओलीको भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत हुन बाँकी नै छ।...

लुम्बिनी प्रदेशमा लगानी भित्र्याउन दातृ निकायसँग छलफल

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
लुम्बिनी | मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी भित्र्याउन दातृ निकायसँगको छलफललाई तीव्रता दिइरहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आज ब्रिटिस राजदूतावासका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोलीसँग छलफल गर्दै प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी गर्न मुख्यमन्त्री आचार्यले आह्वान गरे । सरकारले लगानीको वातावरण बनाउने भएकाले ढुक्क भएर प्रदेशका योजनामा साझेदारी गर्न उनले अनुरोध गरे । प्रदेश राजधानीलाई हरित र नदी सभ्यतामा आधारित नमूना सहर बनाउन लगानी आवश्यक रहेको बताउँदै सरकारले लगानीको वातावरण बनाउने र त्यसमा ढुक्क भएर काम गर्न उनले आग्रह गरे । प्रदेश सरकारले लुम्बिनी प्रदेशको राजधानी सहर निर्माण, शिवपुर र कालाकाटे सुरुङमार्ग, वौद्ध सर्किटमा मोनोरेल सञ्चालन, कृषि...
बागमती प्रदेश सभालाई बिजनेश दिन सचिवहरुलाई निर्देशन

बागमती प्रदेश सभालाई बिजनेश दिन सचिवहरुलाई निर्देशन

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले आगामी बागमती प्रदेशसभालाई बिजनेश दिन आवश्यक कानुनको मस्यौदा निर्माणका लागि सचिवहरुलाई निर्देशन दिएका छन् । हेटौंडा–२ स्थित मन्त्रालयमा मंगलबार कानुनमन्त्री लामिछानेको अध्यक्षतामा प्रदेशमा आवश्यक कानुन निर्माण सम्बन्धमा बैठक बसेको थियो। मंगलबारको बैठकमा प्रदेशका प्रमुख सचिव हरि लम्सालसहित मन्त्रालयका सचिव, महाशाखा प्रमुखहरु र मन्त्रालयका कानुन अधिकृतहरुको उपस्थिति थियो। प्रदेश सरकारका सचिवहरुलाई उनले आगामी पुसबाट सुरु हुने पन्ध्रौं अधिवेशनमा प्रदेशसभालाई बिजनेश दिने गरी आवश्क कानुनको मस्यौदा निर्माण गर्न निर्देशन दिएका हुन् । प्रदेशसभाको चौधौं अधिवेशन १६ असोज मध्यरातबाट अन्त्य गरिएको थियो । पुसबाट नयाँ अधिवेशन सुरु गर्ने तयारीमा सरकार छ। बैठकले केही प्रदेश ऐन संशोधन सम्बन्धि विधेयकको मस्यौदा निर्माणको व...
नेपाल संवत् राष्ट्रिय र मौलिक संवत् : राष्ट्रपति पौडेल

नेपाल संवत् राष्ट्रिय र मौलिक संवत् : राष्ट्रपति पौडेल

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिककालदेखि नै नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग समीप रहेको नेपाल संवत् हाम्रो देशको राष्ट्रिय र मौलिक संवत् भएको बताएका छन् । समाज सुधारक शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरिएको २५ वर्ष पुगेको अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले आफ्नै देशको नामबाट स्थापित विश्वको एउटै मात्र संवत् भएकाले नेपाल संवत् सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा पनि भएको बताए। राष्ट्रपति पौडेलले भने, “बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक नेपालको सांस्कृतिक विविधतालाई एकताको सूत्रमा अक्षुण्ण राख्न नेपाल संवत्को भूमिका महत्वपूर्ण रहेको छ भन्ने मलाई लाग्दछ।” राष्ट्रपति पौडेलले शङ्खधर साख्वाःले आफूले आर्जन गरेको निजी सम्पत्तिलाई समाजका गरिब एवं उत्पीडित समुदायको हितमा प्रयोग गर्नु विश्वका लागि पनि एक उदाहरणीय कार्य भए...
उप–निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

उप–निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं | मंसिर १६ गते हुने स्थानीय तहको उप–निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले सोमवार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने समय तोकेको छ । आयोगले मनोनयन पत्र र उजुरीमा जाँच गरेर मंगलवार निर्णय गर्ने छ भने उम्मेदवारको नामावली पनि मंगलवार नै प्रकाशित गर्ने छ । त्यस्तै बुधवार उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको छ । यसअघि आइतवार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा मनोनयन दर्ता भएको थियो । अहिले रक्त रहेका ४४ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको छ । जसमा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।...
उपनिर्वाचन : आज उम्मेदवारी दर्ता

उपनिर्वाचन : आज उम्मेदवारी दर्ता

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ | स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्। उमेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ। उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन्। उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन आयोगले जनाएको छ। उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता पोखरेलले जानकारी दिइन्। मंसिर ३ गते बिहान १० द...
रविलाई रूपन्देही ल्याउँदा रास्वपाले प्रदर्शन गर्ने

रविलाई रूपन्देही ल्याउँदा रास्वपाले प्रदर्शन गर्ने

गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
भैरहवा | सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा ल्याउँदा नेता कार्यकर्ताहरूले प्रदर्शन गर्ने भएका छन् । लामिछानेलाई आज बिहान कास्कीबाट रूपन्देही ल्याइँदै छ ।  भैरहवाको बुद्धचोकबाट र्‍यालीसहित जिल्ला प्रहरी कार्यालय हुँदै देवकोटा चोकमा आएर कोणसभा गर्ने रास्वपाका रूपन्देहीका संयोजक बुद्धि शर्माले जानकारी दिए । ‘हामी कुनै पार्टी र नेताविरुद्ध नारा लगाउँदैनौं,' शर्माले लोकान्तरसँग भने, ‘बिहान साढे ११ बजे बुद्धचोकबाट र्‍याली शुरू हुन्छ । प्रदर्शन मर्यादित बनाउन हामीले आचार संहिता नैं बनाएका छौं ।’ सहकारी पीडितले न्याए र जनताको रकम फिर्ता हुनुपर्छ भन्ने पक्षमा आफूहरू रहेको उनले बताए ।  पोखराको जस्तो आन्दोलन र प्रदर्शन रुपन्देहीमा नहुने शर्माले संकेत गरे । कार्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएका पूर्वगृहमन्त्रीसमेत ...
काठमाडौँ–१६ : उपनिर्वाचनको मुखमा माओवादीका वडा कमिटी अध्यक्षले छाडे पार्टी

काठमाडौँ–१६ : उपनिर्वाचनको मुखमा माओवादीका वडा कमिटी अध्यक्षले छाडे पार्टी

ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ | स्थानीय तह उपनिर्वाचनको मुखमा  माओवादी केन्द्रको काठमाडौँ महानगरपालिका १६ नम्बर वडा कमिटीका अध्यक्षसहित ११ जनाले पार्टी छाडेका छन् । वडा कमिटीका अध्यक्ष सुदन थापासहित ११ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् । थापाले आफूहरुले नयाँलाई समर्थन गर्नको लागि पार्टी परित्याग गरेको बताए । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका देवेन्द्र श्रेष्ठलाई समर्थन गर्नेगरी उनीहरुले पार्टी परित्याग गरेको बताइएको छ । पार्टी परित्याग गरिएकोबारेको विज्ञप्तिमा पनि उनीहरुले देशको वर्तमान राजनीतिक परिस्थिति तथा पुराना दलहरूप्रति जनतामा बढ्दो निराशाको गम्भीर समीक्षा तथा विश्लेषण गर्दै वडा नम्बर १६ को पार्टी कमिटीको जिम्मेवारीबाट अलग भएको उल्लेख छ । साथै काठमाडौँ महानगरपालिका वडा नं १६ को आसन्न उपनिर्वाचनमा उपयुक्त र सक्षम गैरदलीय स्वतन्त्र उम्मेदवारलाई सघाउने समेत विज्ञप्तिमा उल्लेख छ । वडा नम्बर १६ का अ...
माओवादीले उपनिर्वाचनमा गठबन्धन नगर्ने, टुंग्यायो उम्मेदवार (नामावलीसहित)

माओवादीले उपनिर्वाचनमा गठबन्धन नगर्ने, टुंग्यायो उम्मेदवार (नामावलीसहित)

Breaking News 2, राजनीति, समाचार
काठमाडौं । माओवादीले आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको  छ । यसअघि पदाधिकारी बैठकले उपनिर्वाचनका लागि सहकार्यको विकल्प खुला राखे पनि सोमबार बसेको  बैठकले भने यस्तो निर्णय गरेको हो ।  माओवादीले प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसलाई अनुमोदन गर्दे उपनिर्वाचनका लागि आफ्ना उम्मेदवार टुंगो लगाएको छ । माओवादीले मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष उम्मेदवारमा नामेनारायण माझी, काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा शिवशरण महर्जन, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा निमलेकी शेर्पा, रुकुमपूर्वको पुथा उत्तरगंगा उपाध्यक्षमा ज्ञानदेवी पुन, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा देवका लामिछाने र दैलेखको महाबु गाउँपालिका अध्यक्ष उम्मेदवारमा जंग बराललाई अनुमोदन गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । यस्तै विभिन्न पालिकाका रिक्त ३४ वडाध्यक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज