नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
मंगलबार अपरान्ह देउवाको बूढानीलकण्ठ निवासमा दुई नेताबीच भेट भएको हो ।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन उपाध्यक्षको रूपमा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन्।
पेरिसडाँडामा आज आइतबारदेखि सुरु बैठकमा अध्यक्ष प्रचण्डसँगै देब्रेतर्फ पुनलाई राखिएको छ।दाहिनेतर्फ क्रमशः उपाध्यक्षहरू नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल छन्।
दुई कार्यकाल उपराष्ट्रपति भएका पुन यसअघि पनि माओवादीका बैठकहरूमा सहभागी हुँदै आएका थिए। युद्धकालमा विद्रोही सेनाका कमान्डर रहेका उनलाई माओवादीले पुनः सक्रिय राजनीतिमा फर्काउन लागेको हो।...
काठमाडौँ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा जारी छ ।
बैठक केही बेर अघि सुरु भएको एमाले सचिवालय स्रोतले जानकारी दियो । बैठकमा सरकारको समीक्षा, पार्टी कार्यक्रम लगायतबारे समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदैछ ।
गत असारमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।...
फुङ्लिङ | ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित भएकी छन्। आइतबार भएको उपनिर्वाचनमा उनी तीन सय ५३ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए।
सावादेनका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अम्वी सावादेनले दुई सय ५१ मत प्राप्त गरेका छन्। साथै नेपाली कांग्रेसका भीमकुमार लक्सम्वाले दुई सय १८ प्राप्त गर्दा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल सात मत प्राप्त गरेका छन्।
कूल एक हजार पाँच सय २८ मतदातामध्ये आठ सय ९२ मत खसेको थियो। जसमा नौ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ।
विसं २०७९ को स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित दिलप्रसाद बोखिमले राजीनामा दिएपछि यह...
काठमाडौं | दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही विजयी भएका छन् । उनी ३ हजार १२७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक बहादुर भण्डारीले २ हजार ६७५ मत प्राप्त गर्दा माओवादी केन्द्रका जंगबहादुर बरालले ८४२ मत पाएका छन् ।
२०७९ सालको निर्वाचनमा यहाँ नेपाली कांग्रेसले जितेको थियो ।...
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ। रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २९ सय २ मतका साथ विजयी हासिल गरेकी हुन्।
एमालेका लक्ष्मीरत्न तुलाधरले २२ सय २० पाएका छन्। कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाए। यो वडामा अघिल्लोपटक नेपाली कांग्रेस विजयी भएको थियो।...
भद्रपुर | झापाको कन्काई नगरपालिका-६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्।
हिजो भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए। चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका उनी ४ सय ९३ मतसहित विजयी भएका हुन्। उनले नेपाली कांग्रेसबाट बागी उठ्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए।
उनका अनुसार एमालेका तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, माओवादी केन्द्रका गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे।
यसअघि २०७९ सालमा भएको निर्वाचनमा एमालेका दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित भएका थिए।
कन्काई-६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिए।...
धनुषा । धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का सुनिल कापर केवट निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा केवटले छ सय ८४ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार नेपाली कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गरे। साथै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले चार सय ९९, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमोद यादवले तीन सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५, राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत प्राप्त गरेका छन् ।...
काठमाडौं । सुनसरीको गढी गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले आठ सय १६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । साहुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कुशेश्वर खेरवारले सात सय ९४ मत प्राप्त गरे। साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शन्तु उरावले सात सय ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका कबिता कुमारी उरावले ८७ गरे। साथै राष्ट्रिय स्वतन्त्र पार्टीका शशिकुमार साहुले ३३, जनमत पार्टीका सिताराम यादवले ३०, समावेशी समाजवादी पार्टी नेपालका योग नारायण ऋषिदेवले १२, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजो देवी रिषिदेवले ११, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बच्चालाल अरगरिया यादवले १० र स्वतन्त्र उम्मेदवार श्यामदेव महतोले तीन मत प्राप्त निर्वाचन आयोगले जनाएको छ ।...
तेह्रथुम, १७ मङ्सिर । तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले चार सय ४० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी दिए। लिम्बुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बुद्धबहादुर लिम्बुले तीन सय ६० मत प्राप्त गरे। साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जिव खड्काले ३८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुमार विश्वकर्माले २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्न बहादुर श्रीपालीले चार, स्वतन्त्र उम्मेदवार वसन्त लिम्बुले चार र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का प्रेमबहादुर खड्काले दुई मत प्राप्त गरे ।
विसं २०७९ को निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका तेजमान लिम्बुको २०८० साल चैत २९ गते निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।...