भरतपुरमा हिउँ खेल्न चाहनेलाई ‘स्नो पार्क’
चितवन। तराईका जिल्लामा हिउँ खेल्न मन लागेको छ भनेर कसैले भन्यो भने हास्यपात्र बन्न सक्छ । हिउँ खेलेर रमाइलो गर्न मन हुनेहरू हिमालतिर जाने गरेका छन् । पर्यटन प्रवर्धनका लागि नयाँ नयाँ पूर्वाधार निर्माण गर्ने क्रममा चितवनका युवकले गरे के हुँदैन र ? भन्ने पुष्टि गरेका छन् । अब भने चितवनको भरतपुरमा नै बाह्रै महिना हिउँ खेल्न पाइने भएको छ ।
यहाँका युवा उद्यमी सुलक्ष पोखरेलले भरतपुर महानगरपालिका–९, मिलनचोकमा स्नो पार्क (हिउँ खोल्ने स्थान) निर्माण गर्नुभएको हो । दुई करोड रुपियाँको लगानीमा स्नो पार्क निर्माण गर्नुभएको छ । गत वैशाखदेखि निर्माण सुरु गरेकोमा भर्खरै सञ्चालनमा आएको हो ।
उहाँले लक्ष्मीपूजाको दिनबाट सञ्चालनमा आएको ‘स्नो पार्क’ पूर्ण तयारीका साथ सञ्चालनमा आउन भने केही समय लाग्ने जानकारी दिनुभयो । नवलपरासीको कावासोतीमा आइसक्रिम उद्योग सञ्चालन गर्दै आउनुभएका पोखरेलले भारतका विभिन्न स्...



















