मनोरञ्जन

निरूता सिंह र उत्तम प्रधानको अभिनयमा ‘यो जुनी यस्तै भो’ गीत (भिडिओ)

निरूता सिंह र उत्तम प्रधानको अभिनयमा ‘यो जुनी यस्तै भो’ गीत (भिडिओ)

मनोरञ्जन
काठमाडौं | अभिनेत्री निरूता सिंह र अभिनेता उत्तम प्रधानको जोडी नेपाली चलचित्र क्षेत्रमा सुपरहिट जोडी हो। सफल चलचित्रमा अभिनय गरेको यो जोडी १६ वर्षपछि संगै देखिएका छन्। उत्तम र निरूताले 'यो जुनी यस्तै भो' मा संगै अभिनय गरेका हुन्। रचनाकार बबी लिम्बूले आफ्नो स्वर्गीय श्रीमानप्रति समर्पित गरेर कोरेका शब्दमा हरि लम्सालको संगीत र केशव भावुकको स्वर रहेको छ। मिराज अर्यालले निर्देशन गरेको भिडिओमा उत्तम र निरूताको साथमा यसोधा रूचाल र आलोक अर्यालको पनि अभिनय रहेको छ। निरूता र उत्तमले 'दर्पणछाँया, लहना, उपहार' जस्ता फिल्ममा एकसाथ अभिनय गरेका छन्। https://www.youtube.com/watch?v=UJB3XHWOMrY...
बलिउड अभिनेता गोविन्दाको खुट्टामा लाग्यो गोली

बलिउड अभिनेता गोविन्दाको खुट्टामा लाग्यो गोली

मनोरञ्जन
काठमाडौँ । बलिउड अभिनेता गोविन्दाको खुट्टामा गोली लागेको छ । मंगलबार गोली लागेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गोविन्दाको आफ्नै पेस्तोलबाट गोली लागेको हो । घरमा पेस्तोल सफा गरिरहेको अवस्थामा गोली चलेको बताइएको छ । गोविन्दाको मेनेजरलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार गोविन्दासँग अनुमतिप्राप्त हतियार थियो । उनले आफ्नो पेस्तोललाई थन्क्याउन लाग्दा जमिनमा खसेर गोली चलेको बताइएको छ ।  खुट्टामा लागेको गोली चिकित्सकले निकालिसके पनि गोविन्दा हाल अस्पतालमै रहेको बताइएको छ ।...
अनमोल र माग्ने बुढा पहिलो पटक एक साथ देखिने भएपछि निर्माता दंग

अनमोल र माग्ने बुढा पहिलो पटक एक साथ देखिने भएपछि निर्माता दंग

मनोरञ्जन, समाचार
काठमाडौं | अनन्या फिल्मस् को ब्यानरमा निर्माण हुन लागेको फिल्म’जेरी अन टप’मा चर्चित कलाकार केदार घिमिरे अनुबन्ध भएका छन् । शुक्रबार निर्माता सरोज न्यौपानेले घिमिरेसँग व्यवसायिक सम्झौता गरेका हुन् । स्टार अभिनेता अनमोल केसीसँग घिमिरेको यो पहिलो सहकार्य हुनेछ । एकाध फिल्म बाहेक ठुलोपर्दामा नदेखिने’माग्ने बुढा’ले परिचित घिमिरेले यो फिल्मको स्कृप्टमा काम गर्न तयार हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपाली मनोरञ्जन क्षेत्रमा सानो र ठुलोपर्दामा सर्वाधिक लोकप्रिय कलाकारको रूपमा स्थापित घिमिरेलाई अनुबन्ध गर्न पाउनु आफैंमा गर्वको कुरा रहेको निर्माता न्यौपानेले बताएका छन् । सामाजिक सञ्जालमा आधिकारिकता पोस्ट गर्दै निर्माता न्यौपानेले लेखेका छन्,’एकाध फिल्मबाहेक बिग स्कृनमा बिरलै देखिने’हाँस्य रस’का पर्यायवाची अद्भुत कलाकार’केदार जी’लाई हाम्रो टिममा स्वागत छ।’ न्यौपानेको पोष्टले माग्ने बुढा यो...
फिल्म ‘बेहुली फ्रम मेघौली’ ले बेहुली हुँदाको अनुभवको कथा लेखे पुरस्कार दिने

फिल्म ‘बेहुली फ्रम मेघौली’ ले बेहुली हुँदाको अनुभवको कथा लेखे पुरस्कार दिने

मनोरञ्जन
काठमाडौँ  | असोज १७ गते घटस्थापनाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’का निर्माताले फिल्मको प्रचार गर्न प्रतियोगिताको घोषणा गरेका छन् । फिल्मको थिमअनुसार बेहुली हुँदाको अनुभव लेखेर पठाउँदा आकर्षक पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ । फिल्मकी प्रमुख अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्काले बेहुली हुँदाको अनुभव रोचक शैलीमा लेखेर पठाउनेमध्ये उत्कृष्ट लेखकलाई प्रिमियरमा निमन्त्रणा, दुई वटा टिकट र आकर्षक पुरस्कार प्रदान गरिने जानकारी गराएकी छन् । उनका अनुसार असोज १० गतेदेखि कथा पठाउन सकिनेछ । फिल्ममा स्वस्तिमासहित निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, सिरु बिष्ट, आमिर गौतम, रक्षा थापा लगायतको पनि अभिनय छ । यसमा सजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशन छ । स्वस्तिमा र निश्चल दम्पतीको निर्माणमा बनेको फिल्मको कार्यकारी न...
चलचित्र ‘प्रेम गीत–३’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज

चलचित्र ‘प्रेम गीत–३’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज

मनोरञ्जन
काठमाडौँ  | गत वर्षको दसैँमा नेपाली र हिन्दी भाषामा नेपाल र भारतमा एकसाथ सार्वजनिक प्रदर्शन भएको चलचित्र ‘प्रेम गीत–३’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । ‘सिनेमाघर’मा रिलिज भएको यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मीलगायत कलाकारको अभिनय छ । यो चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका छन् । चलचित्रमा खजाग राज्यका कान्छा राजकुमार प्रेम र उनकी प्रेमिका गीतको कथा छ ।...
फिल्म ‘एक्लो’ को सेटमा बाढीले क्षति

फिल्म ‘एक्लो’ को सेटमा बाढीले क्षति

ताजा अपडेट, मनोरञ्जन
काठमाडौँ । फिल्म ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्‍याएको छ । गत महिना काठमाडौँमा शुभ मुहूर्त गर्दै छायाङ्कनका लागि मुस्ताङ पुगेको थियो । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार पारेको थियो । बाढीले निर्माण गरेको सम्पूर्ण सेटमा क्षति पर्याएको कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले जानकारी दिए । उनले बाढीले सेट बगाउँदा ठुलो आर्थिक घाटा भएको बताए । प्रदीप शाहीको निर्देशन रहेको फिल्ममा बाबु श्रेष्ठको छायाङ्कन छ । हलिउड कलाकार जेमी बेकम, प्रदीप खड्का, बेनिसा हमाल, विजय लामा, सुनिल थापा, दिया पुन, दिनेश डीसी, सुरजसिंह ठकुरी, एभनराज उप्रेती, कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बालकलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिङ लगा...
रिलिजको तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’को क्लाइमेक्सको दृश्य बाहिरियो (भिडियो)

रिलिजको तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’को क्लाइमेक्सको दृश्य बाहिरियो (भिडियो)

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
काठमाडौं । यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ यतिबेला चर्चामा छ । पोस्टर, टिजर र गीत ‘कसम बत्तीको’को चर्चा चुलिरहँदा फिल्मको क्लाइमेक्सको दृश्य बाहिरिएको छ । सार्वजनिक दृश्य त्रिभूवन विमानस्थलको रहेको छ । जहाँ फिल्मका प्रमुख कलाकार जितु नेपाल बरखी बारेको सेतो पहिरनमा हातमा बच्चा बोकेर हिँड्दै गरेको देखिएका छन् । उनले निलो ब्याग, पासपोर्ट पनि बोकेका छन् । उनको पछाडि फिल्मकी नायिका निती शाह खादा र नेपालको झण्डा बोकेर भावुक मुद्रामा उभिएकी छन् । भिडियोमा जितुलाई बिदाई गरेर निती हिँडेको देख्न सकिन्छ । दृश्य निकै मर्मस्पर्शी छ । यो दृश्यले विमानस्थलमा आफन्तको बिदाईमा उपस्थित मानिसहरुको प्रतिनिधित्व गरेको छ । भिडियोमा फिल्मका निर्देशक वसन्त निरौला क्यामरा विभागको टिमसँग देखिएका छन् । दृश्य हेर्दा जितु वैदेशिक रोजगारीका लागि नेपाल छोड्न लागेको बुझ्न सकिन्छ । तर उनले के...
लघु चलचित्र लेहरको तेश्रो सिक्वेल ‘लेहर-३’ सार्वजनिक (भिडियो)

लघु चलचित्र लेहरको तेश्रो सिक्वेल ‘लेहर-३’ सार्वजनिक (भिडियो)

ताजा अपडेट, बागमती, मनोरञ्जन, समाचार
चितवन। थारु महिलाहरुको महान चाड जितियाको अवसरमा डीयर लभ फिलिम्स युट्युब च्यानलमार्फत थारु भाषा लघु चलचित्र लेहरको तेश्रो सिक्वेल ‘लेहर-३’ सार्वजनिक गरिएको छ । लघु चलचित्रको लेखन/निर्देशन किशोर चौधरीले गरेका हुन् । निर्देशक चौधरीले यसअघि दर्जनभन्दा बढी लघु चलचित्र ,चलचित्र,म्युजिक भिडियोलगयत्को निर्देशन गरिसकेका छन् भने कार्यकारी उत्पादक महेश चौधरीले अन्य म्युजिक भिडियोमा गीत तथा स्वर देएका छन् । किशोर चौधरीको सम्पादनमा नै रहेको चलचित्रमा किशोर चौधरी, आस्मा महतो, सुस्मिता महतो, बुद्धिराम महतो, जितेन्द्र चौधरीलगायतले अभिनय गरेका छन् । थारु महिलाको धर्मिक आस्थालाई यथार्त चित्रन गरेएको विषयवस्तु चलचित्रमा उतारिएको छ । हेर्नुस् भिडियो: https://www.youtube.com/watch?v=qbbyXd46Y0Y...
दसैँमा ‘ज्वाइँ साब’, ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’बिच भिडन्त, कसले मार्ला बाजी ?

दसैँमा ‘ज्वाइँ साब’, ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’बिच भिडन्त, कसले मार्ला बाजी ?

मनोरञ्जन, समाचार
काठमाडौं । प्रत्येक नेपालीका लागि दसैं–तिहार विशेष पर्व हो । अझ नेपाली फिल्मकर्मीका लागि त झन् दसैँ खास हुने गर्दछ । नेपाली फिल्मको व्यापारका लागि दसैँ–तिहार सबैभन्दा उत्तम समय हो । त्यसैले पनि नेपाली फिल्म निर्माताहरू जति सक्दो दसैँ–तिहारमा आफ्नो फिल्म ल्याउन खोज्छन् । यसैक्रममा यस पटकको दसैँको फूलपाती अर्थात् असोज २४ गतेबाट तीन नेपाली फिल्म आउने पक्का भइसकेको छ । ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साप’ र ‘१२ गाउँ’ गरी तिन ठुला फिल्म एकै चोटि रिलिज हुँदैछन् । बहुप्रतिक्षित मानिएका तीन वटै फिल्म सँगै आउँदा, कसले बाजि मार्ला भन्ने चर्चा आमबिचमा चलेको छ । सामाजिक सञ्जालमा तीन वटै फिल्मको चर्चा चुलिएको पाइन्छ । विशेषगरी युट्युबमा तीन वटै फिल्मका सामाग्री ट्रेडिङ्गमा छन् । दिपकराज गिरी र दिपाश्री निरौलाको ‘छक्का पन्जा ५’ को दुई वटा गीत मात्रै सार्वजनिक भएका छन् । एक महिनाअघि सार्वजनिक ‘बिहे...
कुमार कट्टेल ‘जिग्री’को निर्देशन रहेको फिल्म ‘लाज शरणम्’को मुख्य भूमिकामा सीताराम कट्टेल ‘धुर्मुस’

कुमार कट्टेल ‘जिग्री’को निर्देशन रहेको फिल्म ‘लाज शरणम्’को मुख्य भूमिकामा सीताराम कट्टेल ‘धुर्मुस’

मनोरञ्जन, समाचार
काठमाडौँ | केही अगाडि स्टेज कार्यक्रम र सानो पर्दा अभिनयमा फर्किएका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फिल्ममा पनि फर्किएका छन् । कुमार कट्टेल ‘जिग्री’को निर्देशन रहेको फिल्म ‘लाज शरणम्’बाट उनी फिल्ममा  फर्किएका हुन् । फिल्मको हाल डोल्पामा छायाङ्कन भइरहेको छ । फिल्ममा उनी मुख्य भूमिकामा रहेका बताइएको छ । २०७२ को भूकम्पपछि सामाजिक कार्यमा सक्रिय उनी त्यसपछि चितवनमा रङ्गशाला निर्माणमा जुटेका थिए । सोही समय ‘सेन्टी भाइरस’ फिल्म अभिनय गरेका उनी त्यसपछि अभिनयबाट टाढा रहेका थिए । ‘लाज शरणम्’मा सितारामको अलवा अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, कमलमणि नेपाल, हरिस निरौला, रेनुनाथ योगी, सागर लम्साल, बबिन राई, प्रियना आचार्य, माला लिम्बू लगायतको समेत अभिनय रहनेछ। फिल्मको प्रदर्शन मिति आगामी फागुन १४ गते (शिवरात्रि) लाई तोकिएको छ । फिल्मले सामाजिक कथालाई हाँस्य शैलीमा प्रस्तुत ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज