अनमोल र माग्ने बुढा पहिलो पटक एक साथ देखिने भएपछि निर्माता दंग

काठमाडौं | अनन्या फिल्मस् को ब्यानरमा निर्माण हुन लागेको फिल्म’जेरी अन टप’मा चर्चित कलाकार केदार घिमिरे अनुबन्ध भएका छन् । शुक्रबार निर्माता सरोज न्यौपानेले घिमिरेसँग व्यवसायिक सम्झौता गरेका हुन् । स्टार अभिनेता अनमोल केसीसँग घिमिरेको यो पहिलो सहकार्य हुनेछ । एकाध फिल्म बाहेक ठुलोपर्दामा नदेखिने’माग्ने बुढा’ले परिचित घिमिरेले यो फिल्मको स्कृप्टमा काम गर्न तयार हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपाली मनोरञ्जन क्षेत्रमा सानो र ठुलोपर्दामा सर्वाधिक लोकप्रिय कलाकारको रूपमा स्थापित घिमिरेलाई अनुबन्ध गर्न पाउनु आफैंमा गर्वको कुरा रहेको निर्माता न्यौपानेले बताएका छन् ।

सामाजिक सञ्जालमा आधिकारिकता पोस्ट गर्दै निर्माता न्यौपानेले लेखेका छन्,’एकाध फिल्मबाहेक बिग स्कृनमा बिरलै देखिने’हाँस्य रस’का पर्यायवाची अद्भुत कलाकार’केदार जी’लाई हाम्रो टिममा स्वागत छ।’ न्यौपानेको पोष्टले माग्ने बुढा यो फिल्ममा महत्वपूर्ण भुमिकाको लागि छनोट भएको बताउँछ ।

‘फिल्मले बोल्ने कथावस्तु समसामयिक हुनुपर्छ त्यसको प्रस्तुतिले नयाँ स्वाद दिनुपर्छ भन्ने मान्यता अनन्या फिल्मस्ले’ बोकेको छ, न्यौपानेले लेखेका छन्,’प्रयोग गर्न म फिल्म निर्माणमा आएको होइन, वलिउड र हलिउड पछ्याउँदै एडभान्स बनिरहेका नेपाली दर्शकको मनोभावना केन्द्रित केहि नयाँ र भिन्न स्वाद दिने म र मेरो टिमको प्रयत्न हो ।’ सुयोग गुरुङको निर्देशनमा बन्न लागेको यो फिल्म यसै साताबाट फ्लोरमा जाँदैछ । यो फिल्मको प्रमुख कलाकारमा स्टार अभिनेता अनमोल केसीसँगै अभिनेत्रीत्रय आँचल शर्मा, जसिता गुरुङ र सुरक्षा पन्त यसअघि नै अनुबन्ध भइसकेका छन् ।

फिल्मको निर्माणमा सरोज न्यौपानेलाई दीपक भण्डारी, रविन शेरचन र रामकृष्ण श्रेष्ठले सघाएका छन् । यसको एसोसिएट निर्माता ओम अग्रवाल र विवेक थापा हुन् । यो फिल्मको प्रदर्शन अधिकार उपत्यकामा करण क्रेजीको रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले लिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गा...
पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट लोकगायक तथा सर्जक पशुपति शर्मा अध्यक्षमा निर्विरोध निर...
दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज