नारायणगढ–बुटबल सडकखण्डमा अत्याधुनिक सिसी क्यामेरा जडान गरिने
नवलपुर । नारायणगढ–बुटबल सडकखण्डमा अत्याधुनिक सिसी क्यामेरा जडान गरिने भएको छ । सिसी क्यामेरा नहुँदा दुर्घटनाका कारण पत्ता लगाउन र दुर्घटनापछि फरार हुनेहरुको खोजी गरी अनुसन्धान गर्न सजिलो हुने भएकाले जिल्ला प्रहरी कार्यालयले अत्याधुनिक क्यामेरा जडान गर्ने तयारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहले चालक र गाडीको गतिसमेत डिटेक्ट गर्ने एनपिआर क्यामेरा जडान गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार एउटा क्यामेराको मूल्य एक लाख २५ हजार रूपैयाँ पर्छ ।
उक्त रकम जिल्लाका पालिकाबाट प्राप्त हुने र कुन पालिकाले कति रूपैयाँ दिने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसहितको छलफलबाट तय हुने उनले जानकारी दिए ।
बाटो विस्तारका क्रममा रहेकाले अहिले नारायणगढ–बुटबल सडकखण्डमा राखिएका क्यामेराहरु हराएका र केही बिग्रेको अवस्थामा छन् । हाल दुम्किबासमा एउटा मात्र सिसी क्यामेरा...














