Advertisement

बागमती

मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता

मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता

बागमती, समाचार
चितवन । मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा–मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति थालिएको हो । उक्त सडक खण्ड ३९ किलोमिटर छ । नागढुङ्गा–मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार नक्साङ्कन परिवर्तन, वर्षात र चाडपर्वका कारण काम लक्ष्यअनुसार हुन नसकेको हो । भारतीय परामर्शदाता कम्पनीले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा तथ्याङ्क गलत भएपछि सुधार गरेर पुनः तयार गर्दा थप छ महिना काम गर्न नपाएको आचार्यको भनाइ छ । उनका अनुसार हाल पाँचवटा पुलको जग र पिल्लर निर्माण भएको छ । नाली निर्माण, मोड सुधार, टेवा पर्खालको काम, कल्भर्ट विस्तार र सडक...
इन्द्रजात्रा हेर्न भीआईपीदेखि सर्वसाधारणसम्म वसन्तपुरमा

इन्द्रजात्रा हेर्न भीआईपीदेखि सर्वसाधारणसम्म वसन्तपुरमा

बागमती, समाचार
काठमाडौँ । इन्द्र जात्राको प्रमुख दिन मंगलबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टदेखि सर्वसाधारणले इन्द्रजात्राको अवलोकन गरेका छन् । जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने पहिलो दिन देशका प्रमुखहरुको पनि उपस्थिति रहने परम्पराअनुसार विशिष्ट व्यक्तिहरु हनुमानढोका क्षेत्र पुगेका हुन् । आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । वर्षा र सहकाल...
मुख्यमन्त्री लामाद्वारा रत्ननगरमा राष्ट्रिय स्तरको व्याडमिन्टन उद्घाटन

मुख्यमन्त्री लामाद्वारा रत्ननगरमा राष्ट्रिय स्तरको व्याडमिन्टन उद्घाटन

Breaking News 1, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
रत्ननगर । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मंगलबार रत्ननगरमा दोस्रो मेयर कप तथा चौँथो व्याडमिन्टन प्रतियोगिता उद्घाटन गरेका छन् । पूर्वी चितवन स्पोर्ट्स क्लबले आयोजना गरेको उक्त प्रतियोगिता मुख्यमन्त्री लामाले एक औपचारिक कार्यक्रमका वीच उद्घाटन गरेका हुन् । सो अवसरमा उनले खेलकुदको विकासका लागि प्रदेश सरकारले लगानी बढाउने बताए । खेलकुदले देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउँने भन्दै खेलकुदको विकासको लागि प्रदेश सरकारले लगानी बढाउदै लगेको बताए । खेलकुदले युवाहरुलाई कुलतमा फस्नबाट जोगाउने भन्दै मुख्यमन्त्री लामाले राष्ट्रनिर्माणमा खेलकुदको विशिष्ट योगदान रहेको बताए । असोज तीन गते सम्म चल्ने सो प्रतियोगिता उद्घाटन कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, सांसद छत्र बम्जम, रत्ननगरका मेयर प्रलाद सापकोटा, कालिकाका मेयर विनोद रेग्मी, रत्ननगरका उपमेयर य...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज