जलवायु परिवर्तनको असर, गैँडाको अस्तित्व खतरामा
नारायणगढ | जलवायु परिवर्तनको प्रत्यक्ष असर गैँडामा पर्ने देखिएको छ । जलवायु परिवर्तनले हुने अतिवृष्टि र अनावृष्टिका कारण जैविक विविधतामा प्रभाव पर्दा यसको प्रत्यक्ष असर गैँडामा पर्ने विज्ञहरूले औँल्याएका छन् । जलवायु परिवर्तनको प्रभावले गैँडामा पर्ने असरबारे विद्यावारिधि गर्नुभएका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जलवायु परिवर्तनको असरले आगामी ५० वर्षभित्र गैँडाको वासस्थान खुम्चिने दाबी गर्नुभयो ।
“कुल भूभागको दुई प्रतिशत मात्रै अहिले नेपालमा गैँडाका लागि वासस्थान योग्य क्षेत्र छ । यो क्षेत्रमा पनि ५० वर्षपछि ३० प्रतिशतभन्दा बढी खुम्चिने अवस्था छ,” उहाँले थप्नुभयो, “अतिवृष्टि भयो भने बाढीले असर गर्छ, अनावृष्टि भयो भने पानीका मुहान सुकेर संरक्षित क्षेत्रमा वन्यजन्तुका लागि पानीको अभाव हुन्छ । अतिवृष्टिको प्रभाव त अहिले नै देखिएको छ ।”
२०७४ साल साउन २८ गते...




















