काठमाडौँको तीनकुनेबाट बानेश्वरतिर प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा प्रहार गरेर हटाएको छ । ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेका पूर्व राजाका समर्थकलाई प्रहरीले रोकेको हो ।
पुर्वराजाका समर्थकहरूलाई बानेश्वरतिर जानबाट रोक्न अश्रुग्याँस र लाठी पनि प्रहार गरिएको छ । प्रदर्शनकारीले प्रहरीलाई ढुङ्गा प्रहार गरेका छन् । झडपमा संलग्न ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।...
राजधानीको तिनकुनेतर्फबाट राजावादी प्रदर्शनकारीहरु बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले लाठीचार्ज गरेको छ ।
निषेधित क्षेत्र तोडेर प्रदर्शनकारीहरु अघि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो । सो क्रममा दुई पक्षबीच घम्साघम्सी चल्दा प्रहरीले लाडीचार्जका साथै केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको रातोपाटीकर्मी काशीराम बजगाईले जनाएका छन् ।
अहिले तिनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीले राजतन्त्रको पक्षमा प्रदर्शन गर्दै बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरिरहेका हुन् । प्रहरीले निषेधित क्षेत्र नतोड्न चेतावनी दिएपनि प्रदर्शनकारी अघि बढ्न खोजेको बताइएको छ ।...
काठमाडौँको तीनकुनेमा राजावादीहरूको प्रदर्शन सुरु भएको छ । राष्ट्रिय झन्डा र राजाअंकित तस्बिर बोकेर प्रदर्शनकारीहरू तीनकुनेमा भेला भइरहेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले यहाँ प्रदर्शन गरेका हुन् ।
नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र राप्रपाले पनि यो प्रदर्शनमा साथ दिएको छ ।...
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सुरु भएको हो ।
घिसिङले बुधबार साँझ रिट दायर गरेका थिए ।
बेइजिङ चीनमा हिमनदीहरू २६ प्रतिशतले खुम्चिएका छन् । विश्वव्यापी तापमान वृद्धिका कारण सन् १९६० यता त्यहाँ ७ हजार साना हिमनदी गायब भएका छन् ।हालैका वर्षमा हिमनदीहरू खुम्चिने क्रम बढेको मार्चमा त्यहाँको सरकारले जारी गरेको डेटाले देखाएको हो । विश्वव्यापी तापमान वृद्धिका कारण विश्वभर नै हिमनदीहरू तीव्र गतिमा हराउँदै गइरहेको युनेस्कोको एक प्रतिवेदनले भनेका थियो ।
गएको तीन वर्षमा सबैभन्दा धेरै हिमनदी हराएको सो प्रतिवेदनमा भनिएको थियो । हिमनदी खुम्चँदै जाँदा ताजा पानीको उपलब्धता घट्दै गइरहेको छ । यसले भविष्यमा जलस्रोतको लागि प्रतिस्पर्धा चर्काउन वातावरणवादी समूहले चेतावनी दिएका छन् । चीनको हिमनदी क्षेत्र पश्चिम र उत्तरी क्षेत्रमा तिब्बत र सिनचियाङ क्षेत्रमा छन् ।
मार्च २१ मा सार्वजनिक भएको डेटा अनुसार २०२० मा चीनको कूल हिमनदी क्षेत्र ४६ हजार वर्ग किमी थियो । सन् १९६० देखि १९८० को बीचमा यो क्...
गोरखा । एसइई परीक्षा दिइरहेका एक बालकको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ । आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिष गुरुङको बूढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘आरुघाट–४ थुमी आएका एसइई दिन आएका उनी आज साँझ पौडी खेल्न बूढीगण्डकीमा गएका थिए’, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘हामीलाई खबर आएपछि इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीबाट खटिएको टोलीले खोजतलास गर्द शव फेला पारेको हो । रासस
खोजीका क्रममा बगाएको स्थानबाट करिब एक किलोमिटर तल गुरुङ मृत अवस्थामा फेला परेका उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
...
डोनाल्ड ट्रम्प दोहोर्याएर राष्ट्रपति बनेपछि उनको प्रशासनले अवैध आप्रवासीहरूविरुद्ध कडा कारबाही गरिरहेको छ । प्रशासनले अवैध रूपमा बसिरहेका विदेशीलाई धमाधम डिपोर्ट गरिरहेको छ ।
यसै क्रममा प्रशासनले विगत ३५ वर्षदेखि अमेरिकामा बसोबास गरिरहेका एक जोडीलाई उनीहरूको जन्मभूमि कोलम्बियामा निर्वासित गरेको छ । ती दम्पतीका छोराछोरी अमेरिकी नागरिक भएकाले उनीहरूलाई चाहिँ अमेरिकामै छोडिएको छ ।
सञ्चारमाध्यमहरूमा छापिएका खबरअनुसार ती जोडी अमेरिकामा अवैध रूपमा बस्दै आएका थिए । तर अथक प्रयास गर्दा पनि उनीहरूले अमेरिकी नागरिकता पाउन सकेनन् । फेब्रुअरी २१ मा जोडी नियमित अनुसन्धानको लागि अमेरिकी आप्रवासन भन्सार तथा प्रवर्तन कार्यालय पुगेका थिए ।
यसपछि उनीहरूलाई करिब तीन हप्ता अघि हिरासतमा लिइयो । केही दिन हिरासतमा राखेपछि दुबैलाई मार्च १८ मा कोलम्बिया पठाइएको छ । ती जोडीको पहिचान ग्लेडिस गोन्जालेज र नेल्सन ग...
नबिल बैंकका पूर्व सिईओ ज्ञानेन्द्रप्रसाद ढुंगानालाई गभर्नर बनाउन कांग्रेस नेताहरूले दबाब दिइरहेका छन्। तर, नविल बैंकसम्बन्धी मुद्दा राष्ट्र बैंकमा विचाराधीन भएकाले प्रधानमन्त्री ओलीले ‘स्वार्थको द्वन्द्व’ हुने भन्दै अस्वीकार गरेका छन्। नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट तीन दिनअगाडि राजीनामा दिएका ज्ञानेन्द्रप्रसाद ढुंगानालाई गर्भनर बनाउन केही कांग्रेस नेताहरुले दबाब बढाएपछि गभर्नर नियुक्तिको विषय नयाँ मोडमा पुगेको छ । विशेष गरी परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत नेताहरू ढुंगानाको पक्षमा भए पनि प्रधानमन्त्रीले अन्य योग्य व्यक्तिको खोजी गर्न आग्रह गरेका छन्। ढुंगानाले गभर्नर बन्न कांग्रेस नेताहरूको सक्रिय समर्थन पाए पनि उनको बैंकसँगको सम्बन्धले विवाद सिर्जना गरेको छ। नविल बैंकको स्वामित्वसम्बन्धी मुद्दा र लाभांश विदेश लैजाने विषय राष्ट्र बैंकमा छलफलमै रहेकाले, ढुंगानाको नियुक्ति विव...