राजधानीको तिनकुनेतर्फबाट राजावादी प्रदर्शनकारीहरु बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले लाठीचार्ज गरेको छ ।
निषेधित क्षेत्र तोडेर प्रदर्शनकारीहरु अघि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो । सो क्रममा दुई पक्षबीच घम्साघम्सी चल्दा प्रहरीले लाडीचार्जका साथै केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको रातोपाटीकर्मी काशीराम बजगाईले जनाएका छन् ।
अहिले तिनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीले राजतन्त्रको पक्षमा प्रदर्शन गर्दै बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरिरहेका हुन् । प्रहरीले निषेधित क्षेत्र नतोड्न चेतावनी दिएपनि प्रदर्शनकारी अघि बढ्न खोजेको बताइएको छ ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।