समाचार

सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता

सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता

समाचार, सुदूरपश्चिम
चैनपुर । बझाङको सेती नदीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । आज बिहान दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर जोशीका अनुसार जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढाले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर ५० मिटर तल सेती नदीमा खसेको बताउँदै चालकसहित एक जना बेपत्ता भएका उनले जानकारी दिए । ट्याक्टर नम्बर र बेपत्ता भएका अर्का व्यक्तिको नाम नखुलेको सूचना अधिकारी जोशीले बताए । अहिले घटनास्थलमा प्रहरी नायब निरीक्षकको नेतृत्वको टोलीले घाइतेको उद्धार गरेको बताउँदै बेपत्ताको खोजी भइरहेको उनले जानकारी दिए । (रासस)...
भोलिदेखि धरहरा खुल्ने, सर्वसाधारणलाई पैसा नलाग्‍ने

भोलिदेखि धरहरा खुल्ने, सर्वसाधारणलाई पैसा नलाग्‍ने

ट्रेन्डिङ, बागमती, ब्यापार, समाचार
काठमाडौं । भूकम्पले ढलेको ९ वर्षपछि सर्वसाधारणले नयाँ धरहरा चढ्न पाउने भएका छन्। पुनर्निर्माण भएको धरहरा भोलि (बिहिबार)देखि सञ्चालनमा आउने भएसँगै सर्वसाधारणहरूको लागि खुला हुने भएको हो। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार भोलिदेखि धरहरा सञ्चालनमा आउनेछ। यसका लागि सबै तयारी पूरा भइसकेको शहरी विकास मन्त्रालयकी उपसचिव एवं प्रवक्ता विनु बज्राचार्य कुँवरले जानकारी दिइन्। उनले भनिन्,‘सरकारले निर्णय गरेअनुसार नै भोलिदेखि धरहरा सञ्चालनमा आउनेछ।’ २०७२ वैशाख १२ मा गएको भूकम्पले ऐतिहासिक धरहरा ढलेको थियो। तर सरकारको आलटालका कारण समयमा पुनर्निर्माण शुरु हुन सकेन। धरहरा ढलेको ३ वर्षपछि मात्रै पुनर्निर्माण थालियो। केपी शर्मा ओली प्रधानमन्त्री भएकै वेला ‘मै बनाउँछु मेरो धरहरा’ भन्दै पुनर्निर्माणका लागि २०७५ पुस १२ मा शिलान्य...
बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प

बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प

समाचार
काठमाडौं । बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपास केन्द्रविन्दू भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ। नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पीय जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ।...
तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ

तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ

मधेस प्रदेश, समाचार
काठमाडौं । प्रहरीले वीरगञ्जबाट लागुऔषध चरेससहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका-२ डम्पिङ साइडबाट भारत उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरीलाई  सोमबार पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा गरीले बोकेको प्लाष्टिकको झोलामा करिब तीन किलोग्राम चरेस फेला परेको थियो । पक्राउ परेका गिरीविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
चितवनमा चाँडै नै उपनिर्वाचन गर्नुपर्ने : एमाले सांसद गोकुल

चितवनमा चाँडै नै उपनिर्वाचन गर्नुपर्ने : एमाले सांसद गोकुल

Breaking News 1, ट्रेन्डिङ, बागमती, राजनीति, समाचार
चितवन । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले चितवनमा चाँडै नै उपनिर्वाचन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले तयार गरेको प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारबाहीका लागि सिफारिस गरेपछि उनले सो कुरा बताएका हुन् । लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उनी दुईपटक सोही क्षेत्रबाट निर्वाचित भएका थिए । आम निर्वाचनमा जित हासिल गरेका लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएको थियो । पाँच महिनापछि भएको उपनिर्वाचनमा लामिछाने पपुलर मतसहित पुनः विजयी भएका थिए ।समितिको प्रतिवेदनको सिफारिसपछि कानुनविद्का वकिली तर्क र राजनीतिक सौदाबाजी नभए हिउँदमा नै उपनिर्वाचन हुनसक्ने बास्कोटाले बताएका छन् । बास्कोटा लेख्छन्, ‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त...
शिक्षा दिवसमा सरकारले घोषणा गर्‍यो पदक र पुरस्कार, वितरणको टुंगो छैन

शिक्षा दिवसमा सरकारले घोषणा गर्‍यो पदक र पुरस्कार, वितरणको टुंगो छैन

शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको छ । भदौ ३१ गते बसेको मन्त्रीस्तरीय बैठकले पदक तथा विभूषणको छनोट गरेको हो ।तर आर्थिक अभाव जनाउँदै पुरस्कार तथा पदक वितरण भने टुंगो नलागेको मन्त्रालयले जनाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यस वर्ष त्रिभुवन विश्वविद्यालयको सामुदायिकतर्फ ललितपुर, चापागाउँको श्री जनभावना क्याम्पस र निजीतर्फ सोल्टीमोड काठमाडौंको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइसेन्स उत्कृष्ट ठहरिएका छन् । पोखरा विश्वविद्यालय मातहतको आंगिक क्याम्पसतर्फको उत्कृष्ट कास्कीको स्कुल अफ बिजनेस चुनिएको छ । उत्कृष्ट बनेका ३ वटै क्याम्पसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ लाख ५० हजार रुपैयाँसहित पुरस्कृत गर्नेछ । त्यस्तै, विद्यालयतर्फ सामुदा...
मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता

मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता

बागमती, समाचार
चितवन । मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा–मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति थालिएको हो । उक्त सडक खण्ड ३९ किलोमिटर छ । नागढुङ्गा–मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार नक्साङ्कन परिवर्तन, वर्षात र चाडपर्वका कारण काम लक्ष्यअनुसार हुन नसकेको हो । भारतीय परामर्शदाता कम्पनीले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा तथ्याङ्क गलत भएपछि सुधार गरेर पुनः तयार गर्दा थप छ महिना काम गर्न नपाएको आचार्यको भनाइ छ । उनका अनुसार हाल पाँचवटा पुलको जग र पिल्लर निर्माण भएको छ । नाली निर्माण, मोड सुधार, टेवा पर्खालको काम, कल्भर्ट विस्तार र सडक...
रास्वपा बागमती प्रदेशको रिपोर्ट– चितवनमा ७ हजार र काठमाडौंमा ५ हजारभन्दा बढी सदस्यता वितरण

रास्वपा बागमती प्रदेशको रिपोर्ट– चितवनमा ७ हजार र काठमाडौंमा ५ हजारभन्दा बढी सदस्यता वितरण

राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेलामा बागमती प्रदेशको रिपोर्ट पेस भएको छ । प्रदेशसभापति डा अच्युतम लामिछानेले प्रदेशको समग्र रिपोर्ट पेस गरेका हुन् । मंगलबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको भेलामा उनले विभागलाई पूर्णता दिन निरन्तर प्रयास भइरहेको बताए । यस्तै ३७ नगर, १ उपमहानर र २ उपमहानगरमा संगठन गठन गरिएको जानकारी दिँदै लामिछानेले चितवनमा ७ हजार र काठमाडौंमा ५ हजार बढी सदस्यता वितरण भएको बताए । यस्तै उनले युवाहरूको सक्रिय सहभागिताका लागि क्रियाशील रहेको पनि सो क्रममा बताए । यस्तै उनले पार्टीको विधि विधानमा साथ र सहयोगको अपेक्षा रहेको उल्लेख गर्दै पार्टीभित्र युवराज सफल बन्न कोसिस नगर्न सुझाव दिए ।...
इन्द्रजात्रा हेर्न भीआईपीदेखि सर्वसाधारणसम्म वसन्तपुरमा

इन्द्रजात्रा हेर्न भीआईपीदेखि सर्वसाधारणसम्म वसन्तपुरमा

बागमती, समाचार
काठमाडौँ । इन्द्र जात्राको प्रमुख दिन मंगलबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टदेखि सर्वसाधारणले इन्द्रजात्राको अवलोकन गरेका छन् । जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने पहिलो दिन देशका प्रमुखहरुको पनि उपस्थिति रहने परम्पराअनुसार विशिष्ट व्यक्तिहरु हनुमानढोका क्षेत्र पुगेका हुन् । आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । वर्षा र सहकाल...
तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार सञ्चालनमा

तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार सञ्चालनमा

गण्डकी, समाचार
नवलपरासी । सुनवल नगरपालिका‐२ मा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ । सङ्घीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको सुनवल नगरपालिकाकी अध्यक्ष बिमला अर्यालले जानकारी दिइन् । डेढ बिघा जग्गामा पाँच वटा चेम्बर भएको शीतभण्डार रु १९ करोड ४२ लाख लागतमा निर्माण गरिएको हो । पाँच वटा चेम्बरमध्ये हाल एउटा चेम्बर मात्र सञ्चालनमा छ । त्यसमा किसान र व्यापारीले दुई सय पचास बोरा आलु भण्डारण गरेको जिल्ला सहकारी शीतभण्डारका व्यवस्थापक जय शेषमणि पटेलले बताए । उनका अनुसार जिल्ला सहकारी सङ्घ लिमिटेडको सहकारी शीतभण्डार मुलुकमै धेरै क्षमताको शीतभण्डारमध्ये एक हो । शीतभण्डार निर्माणका लागि सङ्घीय सरकारले ६० प्रतिशत अनुदान, स्थानीय सहकारीको २० र स्थानीय सरकारको २० प्रतिशत लगानी रहेको छ । शीतभण्डारको पाँच वटै चेम्बर प्रयोगमा ल्याउन सकिएमा वार्षिक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज