Day: २५ आश्विन २०८३, आईतवार

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

मोरङमा तरकारीभित्र लुकाएर भारत लैजाँदै गरेको ५७० किलो गाँजा बरामद

Breaking News 2, कोशी प्रदेश, ताजा अपडेट, समाचार
विराटनगर, २५ असोज। तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप भ्यानबाट मोरङमा ५७० किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले जहदा गाउँपालिका–४ स्थित रामचोकबाट शनिबार राति गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरीका अनुसार भारततर्फ जाँदै गरेको प्रदेश १–०१–०० च ७४२२ नम्बरको पिकअपलाई रोक्न खोज्दा चालक गाडी छाडेर फरार भएका थिए। त्यसपछि गरिएको जाँचका क्रममा स्कुस र बन्दाकोपीको बीचमा लुकाएर राखिएका १९ पोका गाँजा फेला परेको थियो। सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार बरामद गाँजा र पिकअप भ्यानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज