महेश चौधरीको ‘हमार जितिया’ म्युजिक भिडियो सार्वजनिक
चितवन ।थारु कलाकार तथा गायक महेश चौधरीको नयाँ म्युजिक भिडियो ‘हमार जितिया’ सार्वजनिक भएको छ। MAHESH OFFICIAL YouTube च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा थारु समुदायको महत्वपूर्ण पर्व जितियाको संस्कृति, परम्परा र मौलिकतालाई प्रस्तुत गरिएको छ।
किशोर चौधरीको निर्देशन रहेको भिडियोमा नितेश जंग चौधरी, अंकिता चौधरी, निबेश चौधरी र शिल्पा चौधरीलगायत कलाकारको अभिनय रहेको छ। भिडियोले जितिया पर्वको सांस्कृतिक महत्वलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।...










