Day: ३० भाद्र २०८२, सोमबार

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

बागमती, समाचार
चितवन। पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना–५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो। सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि बिहान ११ः०० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए। वर्षाको समयमा यस क्षेत्रमा ढुंगा खस्ने जोखिम उच्च भएको हुदाँ सावधानीपूर्वक रोकेर हेरेर मात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ।...
कुलमानलाई  मृतकका परिवारको गुनासो, ‘कहिलेसम्म भोलि भन्दै टार्ने हो ?’

कुलमानलाई मृतकका परिवारको गुनासो, ‘कहिलेसम्म भोलि भन्दै टार्ने हो ?’

Breaking News 2, ताजा अपडेट, राजनीति, राजनीतिक, समाचार, स्वास्थ्य
काठमाडौँ ।  एकैसाथ ३ वटा मन्त्रालयको जिम्मेवारी लिनेगरी सोमबार राष्ट्रपतिबाट शपथ लिए लगत्तै शिक्षण अस्पताल महाराजगन्ज पुगेका मन्त्री कुलमान घिसिङसँग जेनजी आन्दोलनका मृतक परिवारले गुनासो पोखेका छन् । सो क्रममा जेनजी आन्दोलनमा ज्यान गुमाएका विनोद महर्जनका परिवारका सदस्यहरूले मन्त्री घिसिङलाई जनताको कुरा सुन्नुपर्ने भन्दै हतार गरेर नहिँड्न आग्रह गरे । आफूहरूले अहिलेसम्म सरकारसँग आफ्‌नो माग राख्‌न नपाएको उनीहरुको गुनासो थियो ।  'सरकारले कहिलेसम्म भोलि भन्दै टार्ने हो ?' परिवारको गुनासो थियो । जवाफमा कुलमानले सबै मागहरु सम्बोधन हुने प्रतिबद्धता जनाए । यस्तै पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफ दिँदै उनले  देशका लागि युवाले गरेको बलिदान खेर नजाने भन्दै देशले नयाँ रूप लिने बताए । घिसिङले  उर्जासहित भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको  जिम्मेवारी पाएका छन् ।...
मन्त्रीहरुको पहिलो वरियतामा रामेश्वर खनाल

मन्त्रीहरुको पहिलो वरियतामा रामेश्वर खनाल

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ, ३० भदौ |  प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार विस्तार भएको छ । सोमबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीनजना मन्त्रीहरूलाई शपथ गराएका छन् । नवनियुक्त मन्त्रीहरूमा अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो वरीयतामा राखिएको छ । पहिलो नम्बरमा अर्थमन्त्री खनाल छन् भने दोस्रो नम्बरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङ रहेका छन् । तेस्रोमा गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल छन् । प्रधानमन्त्री कार्कीले तीनै जनालाई आइतबार साँझ नियुक्त गरेकी थिइन् । तीनै जना मन्त्रीले सोमबार शपथ लिएसँगै पदभार ग्रहण गर्दैछन् ।...
चितवनका थारू महिलाहरुले यसरी मनाउँदैछन् ‘जितिया पर्व’

चितवनका थारू महिलाहरुले यसरी मनाउँदैछन् ‘जितिया पर्व’

Breaking News 2, धर्म संस्कृति, समाचार
सञ्जय चौधरी, रत्ननगर, भदौ ३० । जितीया आउनुअघि नै दश दिन अगाडी चितवनका थारु समुदायमा चहलपहल र रमझम हुन्छ । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा जितीयाको विशेष उल्लास छ । थारु समुदायका महिलाहरु झाम्टा नाच नाच्दै गाउँदै जितीया मनाईरहेकाछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमीमा तीन दिन मनाइन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, (दर खाने) अष्टमीको दिनलाई ‘उपास’ (ब्रत) र नवमीको दिनलाई ‘पारन’ (ब्रत समाप्त) भनिन्छ । आज (सोमबार) सप्तमीको दिन महिलाहरू बिहानै नुहाईधुवाई गरी सफा र चोखो कपडा लगाई बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरु झाम्टा र गीत गाउँदै यो पर्व मनाइरहेका छन् । थारु समुदायका महिलाले भाद्र कृष्ण अष्टमीमा जितिया पर्व मनाउँछन् । जितियामा सामूहिक नाचगान र पूजा हुन्छ । अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज