Advertisement

Day: २१ श्रावण २०८२, मंगलवार

दलभित्रैको शक्ति प्रदर्शनपछि बानियाँ बागमतीका मुख्यमन्त्री

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्। नेकपा एमाले र कांग्रेस गठबन्धनबाट ६४ सांसदको समर्थनमा उनी नियुक्त भएका हुन्। उनले पद तथा गोपनियताको सपथसमेत ग्रहण गरिसकेका छन्। मुख्यमन्त्री बन्न उनले आफ्नै दलका नेता बहादुर सिंह लामालाई अविश्वास प्रस्तावमार्फत हटाएका थिए। साउन १५ मा दलको नेतामा २२ मतसहित निर्वाचित भएका बानियाँ कांग्रेस बागमती प्रदेश सभापतिसमेत हुन्। मकवानपुरको हर्नामाडीमा जन्मिएका बानियाँ ०४४ सालदेखि राजनीतिमा सक्रिय छन्। विद्यार्थी राजनीतिबाट सुरु गरेका उनले तरुण दल, कांग्रेस जिल्ला नेतृत्व, संविधानसभा सदस्य, राज्यमन्त्री हुँदै हाल प्रदेशसभा सदस्य र अब मुख्यमन्त्रीसम्मको यात्रा तय गरेका हुन्।  ...

साइबर अपराध अभियोगमा शर्मिला वाइबा पक्राउ

Breaking News 2, ताजा अपडेट, समाचार
आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबा साइबर अपराध मुद्दामा पोखराको लेकसाइडबाट पक्राउ परेकी छन्। साइबर ब्युरोको आग्रहमा पक्राउ परेकी वाइबामाथि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। उनलाई थप अनुसन्धानका लागि काठमाडौँ ल्याइँदैछ।    

इन्द्रबहादुर बानियाँ बागमतीको नयाँ मुख्यमन्त्री, गठबन्धन सरकारको मन्त्रिपरिषद् आजै बन्दै

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
मकवानपुर, साउन २० – नेपाली कांग्रेस संसदीय दलका नेता तथा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ आज प्रदेशको छैठौं मुख्यमन्त्रीमा नियुक्त हुँदैछन्। बहादुर सिंह लामाको राजीनामापछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ दाबीका लागि आह्वान गरेका थिए। बानियाँले सोमबार नै कांग्रेसका ३७ र सत्ता साझेदार नेकपा एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित मुख्यमन्त्रीको दाबी पेस गरेका थिए। ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश प्रमुखले दिउँसो २ बजेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै ४ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ। सपथलगत्तै बानियाँले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। बागमती प्रदेशमा १४ मन्त्रालय रहेकोमा गठबन्धनअनुसार कांग्रेसबाट ८ र एमालेबाट ६ मन्त्री नियुक्त गरिनेछ।  ...

बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावप्रति डा. डिला सङ्ग्रौलाको विरोध

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला पन्तले बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावप्रति गम्भीर आपत्ति जनाएकी छन्। मंगलबार जारी विज्ञप्तिमा उनले बहुविवाह फौजदारी अपराध भएको स्मरण गराउँदै यस्तो संशोधन संविधान, मानवअधिकार र लैङ्गिक समानताको विपरीत रहेको बताएकी हुन्।उनले प्रस्तावित संशोधनले महिलाको आत्मसम्मानमा चोट पुग्ने, असमानता र हिंसा बढाउने र संविधान तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने बताउँदै विधेयक सदनमा पेस गर्नु अघि नै खारेज गर्न माग गरेकी छन्।संशोधन प्रस्ताव अनुसार, बच्चा जन्मिसकेको वा गर्भवती अवस्थामा बहुविवाह बदर नहुने व्यवस्था गर्न खोजिएको छ। तर कानुन मन्त्रीले मन्त्रिपरिषद्मा यस्ता प्रावधान नरहेको बताएका छन्।  ...
रत्ननगर–१६ मा बृहत् तिज गीत प्रतियोगिता हुने

रत्ननगर–१६ मा बृहत् तिज गीत प्रतियोगिता हुने

बागमती, समाचार
रत्ननगर, चितवन – रत्ननगर नगरपालिका वडा नं. १६ को आयोजनामा श्रावण ३१ गते शनिबार बृहत् तिज गीत प्रतियोगिता कार्यक्रम हुने भएको छ। “सफा, सुन्दर र समृद्ध वडा, स्वस्थ जीवन आजको आवश्यकता” भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरिने वडाले जानकारी दिएको छ। वडा कार्यालय परिसरमा बिहान १०:०० बजेदेखि सुरु हुने प्रतियोगितामा वडाभित्रका सम्पूर्ण संघ संस्था, आमा समूह, टोल विकास संस्था लगायत विभिन्न समूहहरुलाई सहभागिताका लागि अनुरोध गरिएको छ। कार्यक्रमलाई सफल बनाउन वडा अध्यक्ष हेमराज थापाले सबै वडाबासीलाई सक्रिय सहभागिता र सहयोग गर्न आग्रह गरेका छन्। कार्यक्रम वडाभित्र सांस्कृतिक सहभागिता बढाउने, तिज पर्वको सांगीतिक पक्षलाई प्रवर्द्धन गर्ने र सामाजिक एकता बलियो बनाउने उद्देश्यले आयोजना गरिएको वडाध्यक्ष हेमराज थापाले जानकारी जानकारी दिएका छन्।...
रोट्र्याक्ट क्लब अफ भरतपुर हाइटको सातौं स्थापना दिवस अवसरमा “खाना खुवाउने कार्यक्रम”

रोट्र्याक्ट क्लब अफ भरतपुर हाइटको सातौं स्थापना दिवस अवसरमा “खाना खुवाउने कार्यक्रम”

समाचार
पुजन लामिछाने | भरतपुर, श्रावण १४ – रोट्र्याक्ट क्लब अफ भरतपुर हाइटले आफ्नो सातौं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विशेष खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ। क्लबकी वर्तमान अध्यक्ष अस्मि न्यौपानेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम मानवसेवा आश्रम, भरतपुर–९ मा सम्पन्न भएको हो। “फेलोसिप थ्रु सर्भिस” भन्ने नारासँग परिचित रोट्र्याक्ट एक अन्तर्राष्ट्रिय युवा संगठन हो, जसले युवाहरूलाई नेतृत्व, सामाजिक सेवा र व्यावसायिक विकासको अवसर प्रदान गर्दछ। रोटरी इन्टरनेशनलको युवा शाखा मानिने रोट्र्याक्ट क्लबले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विविध गतिविधिहरू गर्दै आएको छ। सन् २०१९ जुलाई ३० मा स्थापना भएको रोट्र्याक्ट क्लब अफ भरतपुर हाइटले विगत सात वर्षदेखि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण लगायतका क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ। यही सिलसिलामा, स्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज