साउन ११ गते नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्ष तोकेपछि पार्टीमा आन्तरिक विवाद चुलिएको छ। बहुमत केन्द्रीय सदस्यले बैठक माग गरिरहँदा श्रेष्ठले एकल निर्णय गरेपछि असन्तोष बढेको हो।
उक्त दिन नै बसेको बहुमत सदस्यको बैठकले श्रेष्ठको निर्णयमा आपत्ति जनाउँदै राष्ट्रिय भेला बोलाएको छ। अध्यक्ष श्रेष्ठले भने भेला अवैधानिक भएको दाबी गर्दै, बाँस्तोलालाई अनुभवका आधारमा कार्यवाहक बनाइएको बताएकी छन्।
श्रेष्ठलाई स्पष्टीकरण मागिएको छ र चित्तबुझ्दो जवाफ नआए कडा निर्णय हुने चेतावनी दिइएको छ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।