चितवन उद्योग संघ, रत्ननगर समितिको अधिवेशनमा सहभागिता, सम्मान र समर्पण: नयाँ समिति गठन
चितवन | चितवन उद्योग संघ, रत्ननगर समितिको सातौंं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष उमाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिकाका उपप्रमुख यादव प्रसाद पाठक प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि पाठकले उद्योग संघ रत्ननगर समितिले उद्योगीहरुका समस्याहरुलाई समाधानका उपायहरु खोजेर अगाडि बढ्दै रत्ननगरको औद्योगिक क्षेत्रको विकासमा ठूलो टेवा पु¥याएको बताउनुभयो ।
कार्यक्रममा चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरे, बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष एवम् संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल, विभिन्न संघ–संस्थाहरुको प्रतिनिधित्व गर्दै रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, पर्यटन क्षेत्रका संघ–संस्थाहरुको प्रतिनिधित्व गर्दै क्षेत्रीय होटल संघका अध्यक्ष ओम प्रकाश पाण्डे, सम्पूर्ण पाल...











