Advertisement

गुणस्तरीय सेवा र स्वास्थ्य सुरक्षामा जोड दिँदै बछौली माविको कार्यक्रम

रत्ननगर । बछौली माविमा प्राविधिक धार तर्फ होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सुरक्षा तथा गुणस्तर सुधार सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । होटल म्यानेजमेन्ट तर्फ तीन वर्षे डिप्लोमा, औद्योधिक प्रशिक्षार्थी तथा १० महिने कुक तालिम दिइरहेका विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो । बछौली मावि अन्तर्गत गठित नेशनल सस्टेनेबल टुरिजम क्लवले आयोजना गरेको उक्त कार्यक्रम वडा नं ६ का वडाध्यक्ष किरण महतोले उद्घाटन गरेका थिए । अध्ययन पुरा गरेपछि राजगारीको शिलसिलामा अपनाउनु पर्ने सुरक्षा, खानाको गुणस्तर सुधार र संरक्षणका बारेमा समेत विद्यार्थीलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका अध्यक्ष राममणि खनालले जानकारी दिए । कार्यक्रममा वडाध्यक्ष महतोले सामुदायिक विद्यालयमा सुरु गरिएको प्राविधिक शिक्षाको प्रभावकारीताको लागि सरकारले सहयोग गर्नुपर्ने बताए । वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाइँले पर्यटन उद्योगमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा बछौली माविले ठुलो भूमिका खेलेको बताए । रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले बछौली माविमा उत्पादन भएका दक्ष जनशक्तिका कारण सौराहाको पर्यटन विकासमा टेवा पुगेको बताए । क्षेत्रीय होटल संघका सदस्य सुवासचन्द्र गौतमले विद्यालय स्तरबाट उत्पादित जनशक्तिले स्तरीय सेवा प्रदान गर्ने बताए । कार्यक्रममा नेथमका प्रशिक्षक सतिश मिश्रले स्वास्थ्य सुरक्षा, पाहुना सत्कार र गुणस्तर सुधार तथा निकुञ्जका रेन्जर योगेन्द्र ढकालले संरक्षण र पर्यटनको विषयमा सहजीकरण गरेका थिए । बछौली माविले २०७६ सालबाट प्राविधिक शिक्षाको होटल म्यानेजमेन्ट सुरू गरेको हो । पर्यटन उद्योग तथा औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको होटल म्यानेजमेन्टमा ३ वर्षे डिप्लोमा, २ वर्षे अप्रेन्टिसिप (औद्योगिक प्रशिक्षार्थी) र १० महिने प्रोफेसनल कुल तालिम सञ्चालन भइरहेको प्रधानाध्यापक शिवराम मरहठ्ठाले बताए । विद्यालयका अध्यक्ष खनालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए । ३ वर्षे डिप्लोमातर्फ ४० जना विद्यार्थीले अध्ययन पूरा गरी रोजगारीमा जोडिएका छन् भने सोही विषयमा हाल ६८ जना अध्ययन गरिरहेका छन् । २ वर्षे अप्रेन्टिसिप (औद्योगिक प्रशिक्षार्थी)तर्फ २०० जनाले अध्ययन गरिरहेको प्रधानाध्यापक मरहठ्ठाले जानकारी दिए । १० महिने प्रोफेसनल कुल तालिमतर्फ १०० जनामध्ये ८० जना सीप परीक्षणमा उत्तीर्ण भएर स्वदेश तथा विदेशमा रोजगारी गरिरहेका छन् । बछौली माविमा होटल म्यानेजमेन्टमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सौराहा, पोखराका होटलहरुमा प्राक्टिकल गराउँदै आइएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज