Advertisement

सकियो तीन महिने कम्प्युटर तथा लेखा तालिम

रत्ननगर । सौराहा सामुदायिक पुस्तकालयमा आयोजना गरिएको तीन महिने आधारभूत कम्प्युटर तथा लेखा तालिम सोमबार सकिएको छ । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा सुचना प्रविधि मार्फत युवाहरुमा रोजगारी र्सिजना गर्न तालिम आयोजना गरिएको हो । पुस्तकालयमा गरिएको समापन कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, पुस्तकालयका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्ट, कार्यपालिका सदस्य बविता चौधरी लगायतले तालिममा सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । तालिममा सहभागी ३४ जना मध्ये तीन जनालाई उत्कृष्टता घोषणा गरिएको छ । अन्जना मुसहर प्रथम, मीना घिमिरे द्धितीय र अनिता पौडेललाई तृतीय घोषणा गरी नगर पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई आयोजक संस्था सौराहा सामुदायिक पुस्तकालय र वडा नं ६ का वडा सदस्य गोपी विडारीले नगद पुरस्कार प्रदान गरेका छन् । पुस्तकालयका अध्यक्ष विष्टले पुस्तकालले सीप विकास र आयआर्जनको काम समेग गर्दै आएको भन्दै युवाहरुमा प्रविधि सिकाएर आत्मनिर्भर बनाउने योजना रहेको बताए । कार्यपालिका सदस्य बविता चौधरीले सुचना प्रविधिलाई आत्मसाथ गर्न सके जीवन सहज हुने भन्दै सीकेको सीपलाई जीवनको आधार बनाउन आग्रह गरिन । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष चापागाईँले प्रविधिको प्रयोगले मात्र जीवन सार्थक हुने विचार व्यक्त गरे । तालिमको प्रशिक्षकमा मुक्ति शर्मा रहेका थिए । कार्यक्रममा झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्याल, वडा नं ७ का वडासदस्य कुलप्रसाद आचार्य, वडा नं ६ की वडा सदस्य केशरीमाया सुनार, सामाजिक व्यक्तित्व गोविन्द अधिकारी, सहभागीको तर्फबाट अन्जना मुसहर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा सदस्य वीरेन्द्र महतो,ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियार लगायतको उपस्थिति रहेको थियो । पुस्तकालयकी व्यवस्थापक लक्ष्मी विडारीले सञ्चालन गरेको उक्त कार्यक्रममा पुस्तकालय व्यवस्थापन समितिकी सदस्य लीलादेवी चापागाईले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

काठान्डाैं। सुबिसु लिमिटेड नेपाल, प्रिमियर लिग (एनपिएल)काे टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्च...
रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक

चितवनमा रहेर लामो समयदेखि कला क्षेत्रमा क्रियाशील निर्दोशक रेहान मियांको जब तिमि मुुस्कुुराउ छौ गीतको भिडियो सार्वजनिक गरिएको छ। न...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

आइतबारसम्म शिक्षकको तलब नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौं | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकहरूलाई तलब नदिने आइतबारसम्मको समय दिएका छन् । मन्त्री पुनले आइतब...
डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

डिजेल र पेट्रोल निर्यातमा रुसले गर्‍यो आंशिक कटौती

काठमाडौं । युक्रेनी ड्रोन हमलाका कारण रुसको तेल प्रशोधन (रिफाइनिङ) क्षमतामा ठूलो गिरावट आएको छ । केही दिनमै यो गिरावट लगभग पाँचौँ ...
सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

सीआईबीमा पुगेर गृहमन्त्रीले भने, ‘अब ब्रेक थ्रु हुन्छ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् । जेनजी प्रदर्शनको क्रममा ...
‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

‘ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा’

न्युज एजेन्सी नेपाल, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज