सकियो तीन महिने कम्प्युटर तथा लेखा तालिम

रत्ननगर । सौराहा सामुदायिक पुस्तकालयमा आयोजना गरिएको तीन महिने आधारभूत कम्प्युटर तथा लेखा तालिम सोमबार सकिएको छ । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा सुचना प्रविधि मार्फत युवाहरुमा रोजगारी र्सिजना गर्न तालिम आयोजना गरिएको हो । पुस्तकालयमा गरिएको समापन कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, पुस्तकालयका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्ट, कार्यपालिका सदस्य बविता चौधरी लगायतले तालिममा सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । तालिममा सहभागी ३४ जना मध्ये तीन जनालाई उत्कृष्टता घोषणा गरिएको छ । अन्जना मुसहर प्रथम, मीना घिमिरे द्धितीय र अनिता पौडेललाई तृतीय घोषणा गरी नगर पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई आयोजक संस्था सौराहा सामुदायिक पुस्तकालय र वडा नं ६ का वडा सदस्य गोपी विडारीले नगद पुरस्कार प्रदान गरेका छन् । पुस्तकालयका अध्यक्ष विष्टले पुस्तकालले सीप विकास र आयआर्जनको काम समेग गर्दै आएको भन्दै युवाहरुमा प्रविधि सिकाएर आत्मनिर्भर बनाउने योजना रहेको बताए । कार्यपालिका सदस्य बविता चौधरीले सुचना प्रविधिलाई आत्मसाथ गर्न सके जीवन सहज हुने भन्दै सीकेको सीपलाई जीवनको आधार बनाउन आग्रह गरिन । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष चापागाईँले प्रविधिको प्रयोगले मात्र जीवन सार्थक हुने विचार व्यक्त गरे । तालिमको प्रशिक्षकमा मुक्ति शर्मा रहेका थिए । कार्यक्रममा झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्याल, वडा नं ७ का वडासदस्य कुलप्रसाद आचार्य, वडा नं ६ की वडा सदस्य केशरीमाया सुनार, सामाजिक व्यक्तित्व गोविन्द अधिकारी, सहभागीको तर्फबाट अन्जना मुसहर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा सदस्य वीरेन्द्र महतो,ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियार लगायतको उपस्थिति रहेको थियो । पुस्तकालयकी व्यवस्थापक लक्ष्मी विडारीले सञ्चालन गरेको उक्त कार्यक्रममा पुस्तकालय व्यवस्थापन समितिकी सदस्य लीलादेवी चापागाईले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतिक्रिया

Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

दुर्गा प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ। पार्टीले आयोगबाट दल...

नातिनीलाई भेट्न राज कपूरको अनौठो शर्त

करीना कपूर खान अहिले नयाँ फिल्म ‘दायरा’को प्रचारमा व्यस्त छिन्। करीना र करिश्मा कपूर दुवै सफल अभिनेत्री हुन्, तर फिल्म क्षेत्रमा उ...

अमेरिका–चीनबीच एआई जोखिमबारे संवादको प्रस्ताव

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र बनाउने विषय...
बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण बुटवल–१८ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अध...
चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने

चौथो एपीएनआईसी आइपिभी सिक्स कन्फरेन्स सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा काठमाडौं। २०७९ चैत २० गते। स...
सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

सुबिसु र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता

काठमाडौं — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र APAC IPv6 Council बीच ऐतिहासिक सहकार्य सम्झौता (MoU) सम्पन्न भएको...
सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

सुबिसु लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट आयोजना हुँदै

काठमाडौं, नेपाल अप्रिल २०२६ होटल र्‍याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको...
राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

राप्तीमा नेपाल फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न

२१ चैत, चितवन — नेपाल फोटो पत्रकार महासंघको तेस्रो केन्द्रीय महाधिवेशन राप्ती नगरपालिकामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज