मोहना माविमा मनोसामाजिक परामर्श तथा बालअधिकारसम्बन्धी अभिमुखीकरण
रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा पुगेर बालअधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
“बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ मंगलबार रत्ननगर–९ स्थित मोहना माविका ७० जना विद्यार्थीलाई बालअधिकार एवम् बालमैत्री दिगोपनासम्बन्धी प्रशिक्षण दिइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा घिमिरेले बताइन् ।
बालबालिका सानै उमेरमा कुलतमा फस्ने, डिप्रेसनमा जाने र नकारात्मक सोच बढी हुने भेटिएकोले विद्यालयमै पुगेर मनोसामाजिक परामर्श र बालअधिकारबारे सचेतना फैलाउन सो कार्यक्रम सञ्चालन गरिएको प्रमुख घिमिरेले बताइन् ।
बढ्दो आधुनिकतासँगै प्रविधिको विकासले सानै उमेरमा कुलतमा फस्ने, नकारात्मक सोच पैदा भई विभिन्न घटना घट्नेक्रम बढिरहेको समयमा सञ्चालन गरिएको बालअधिकार र मनोसमाजिक परामर्शले जीवन परिवर्तनमा ठूलो भूमिका खेल्ने विद्या...











