भण्डाराका प्रहरीहरूलाई प्राथमिक उपचार तालिम: रेडक्रस चितवनद्वारा तालिम र सामग्री हस्तान्तरण
चितवन, भण्डारा – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको आयोजनामा र उपशाखा भण्डाराको समन्वयमा, इलाका प्रहरी कार्यालय भण्डारामा एकदिने प्राथमिक उपचार तालिम सम्पन्न गरिएको छ ।
सो तालिममा इप्रका भण्डारा तथा मातहतका कार्यालयहरूमा कार्यरत प्रहरी प्रमुख, प्रहरी जवानहरू र ट्राफिक प्रहरीहरूको सक्रिय सहभागिता रहेको थियो । तालिमको उद्देश्य आपतकालीन अवस्थामा आवश्यक पर्ने आधारभूत स्वास्थ्य सहायता सम्बन्धी ज्ञान र सीप प्रदान गर्नु रहेको थियो।
तालिमको सहजीकरण रेडक्रस जिल्ला शाखाका उपमन्त्री महेश्वर थपलिया र शाखा सदस्य रुद्र अधिकारीले गर्नुभएको थियो । सहभागीहरूले प्राथमिक उपचारका आधारभूत विधि, रक्तस्राव नियन्त्रण, हड्डी भाँचिएको अवस्थामा गरिने सल्लाह र तत्कालीन उपचार, जलन वा दुर्घटनाका घटनामा आवश्यक हुने उपायहरूबारे जानकारी लिएका थिए।
कार्यक्रमको विशेष अवसरमा रेडक्रस जिल्ला शाखाले प्राथमिक उपच...











