युनिक साकोस पर्सा सेवा केन्द्रद्वारा श्रीकृष्ण मन्दिर खैरहनीलाई एल.सि.डि हस्तान्तरण
खैरहनी,जेठ ८ । पुर्वी चितवनको खैरहनी-१ पर्सास्थित युनिक बचत तथा ॠण सहकारी संस्थाको सेवा केन्द्रले बिहिबार एक कार्यक्रमको बिच खैरहनी-१ साईचोकमा रहेको श्री कृष्ण मन्दिरलाई ४३ ईन्चको एल.सि.डि हस्तान्तरण गरेको छ।
कार्यक्रममा सो साकोसको पर्सा सेवा केन्द्रका संयोजक राममणी न्यौपाने र खैरहनी नगरपालिका वडा नम्वर-१ का वडा अध्यक्ष नवराज भुषालले मन्दिर व्यवस्थापन समितिलाई संयुक्त रुपमा सो सामग्री हस्तान्तरण गरेका हुन।
सो सेवा केन्द्रका संयोजक राममणी न्यौपानेको अध्यक्षता रहेको उक्त कार्यक्रममा खैरहनी नगरपालिका वडा नम्वर-१ का वडा अध्यक्ष नवराज भुषाल प्रमुख अतिथिको रुपमा रहेका थिए। त्यस्तै,विशिष्ट अतिथिमा रोटरी क्लव अफ पुर्वी चितवनका बर्ष २०२५/२६ का अध्यक्ष गुण बहादुर अर्याल(महेश)रहनुभएको थियो।
कार्यक्रम शुभकामना मन्तव्य राख्दै सो सेवा केन्द्रका कोषाध्यक्ष केशव प्रसाद रिजालले विगत देखि नै समुदाय...










