Advertisement

Day: १३ चैत्र २०८१, बिहीबार

२६ प्रतिशत खुम्चियो चीनको हिमनदी

२६ प्रतिशत खुम्चियो चीनको हिमनदी

समाचार
बेइजिङ चीनमा हिमनदीहरू २६ प्रतिशतले खुम्चिएका छन् । विश्वव्यापी तापमान वृद्धिका कारण सन् १९६० यता त्यहाँ ७ हजार साना हिमनदी गायब भएका छन् ।हालैका वर्षमा हिमनदीहरू खुम्चिने क्रम बढेको मार्चमा त्यहाँको सरकारले जारी गरेको डेटाले देखाएको हो । विश्वव्यापी तापमान वृद्धिका कारण विश्वभर नै हिमनदीहरू तीव्र गतिमा हराउँदै गइरहेको युनेस्कोको एक प्रतिवेदनले भनेका थियो । गएको तीन वर्षमा सबैभन्दा धेरै हिमनदी हराएको सो प्रतिवेदनमा भनिएको थियो । हिमनदी खुम्चँदै जाँदा ताजा पानीको उपलब्धता घट्दै गइरहेको छ । यसले भविष्यमा जलस्रोतको लागि प्रतिस्पर्धा चर्काउन वातावरणवादी समूहले चेतावनी दिएका छन् । चीनको हिमनदी क्षेत्र पश्चिम र उत्तरी क्षेत्रमा तिब्बत र सिनचियाङ क्षेत्रमा छन् । मार्च २१ मा सार्वजनिक भएको डेटा अनुसार २०२० मा चीनको कूल हिमनदी क्षेत्र ४६ हजार वर्ग किमी थियो । सन् १९६० देखि १९८० को बीचमा यो क्...
गोरखाका एक बालकको बूढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

गोरखाका एक बालकको बूढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

समाचार
गोरखा । एसइई परीक्षा दिइरहेका एक बालकको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ । आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिष गुरुङको बूढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । ‘आरुघाट–४ थुमी आएका एसइई दिन आएका उनी आज साँझ पौडी खेल्न बूढीगण्डकीमा गएका थिए’, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘हामीलाई खबर आएपछि इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीबाट खटिएको टोलीले खोजतलास गर्द शव फेला पारेको हो । रासस खोजीका क्रममा बगाएको स्थानबाट करिब एक किलोमिटर तल गुरुङ मृत अवस्थामा फेला परेका उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  ...
३५ वर्ष बसेका जोडीलाई अमेरिकाले गर्‍यो डिपोर्ट

३५ वर्ष बसेका जोडीलाई अमेरिकाले गर्‍यो डिपोर्ट

समाचार
डोनाल्ड ट्रम्प दोहोर्‍याएर राष्ट्रपति बनेपछि उनको प्रशासनले अवैध आप्रवासीहरूविरुद्ध कडा कारबाही गरिरहेको छ । प्रशासनले अवैध रूपमा बसिरहेका विदेशीलाई धमाधम डिपोर्ट गरिरहेको छ । यसै क्रममा प्रशासनले विगत ३५ वर्षदेखि अमेरिकामा बसोबास गरिरहेका एक जोडीलाई उनीहरूको जन्मभूमि कोलम्बियामा निर्वासित गरेको छ । ती दम्पतीका छोराछोरी अमेरिकी नागरिक भएकाले उनीहरूलाई चाहिँ अमेरिकामै छोडिएको छ । सञ्चारमाध्यमहरूमा छापिएका खबरअनुसार ती जोडी अमेरिकामा अवैध रूपमा बस्दै आएका थिए । तर अथक प्रयास गर्दा पनि उनीहरूले अमेरिकी नागरिकता पाउन सकेनन् । फेब्रुअरी २१ मा जोडी नियमित अनुसन्धानको लागि अमेरिकी आप्रवासन भन्सार तथा प्रवर्तन कार्यालय पुगेका थिए । यसपछि उनीहरूलाई करिब तीन हप्ता अघि हिरासतमा लिइयो । केही दिन हिरासतमा राखेपछि दुबैलाई मार्च १८ मा कोलम्बिया पठाइएको छ । ती जोडीको पहिचान ग्लेडिस गोन्जालेज र नेल्सन ग...
नबिल बैंकका पूर्व सिईओ ज्ञानेन्द्रप्रसाद ढुंगानालाई गभर्नर बनाउन कांग्रेस नेताहरूले दबाब

नबिल बैंकका पूर्व सिईओ ज्ञानेन्द्रप्रसाद ढुंगानालाई गभर्नर बनाउन कांग्रेस नेताहरूले दबाब

Breaking News 2, राजनीति, समाचार
नबिल बैंकका पूर्व सिईओ ज्ञानेन्द्रप्रसाद ढुंगानालाई गभर्नर बनाउन कांग्रेस नेताहरूले दबाब दिइरहेका छन्। तर, नविल बैंकसम्बन्धी मुद्दा राष्ट्र बैंकमा विचाराधीन भएकाले प्रधानमन्त्री ओलीले ‘स्वार्थको द्वन्द्व’ हुने भन्दै अस्वीकार गरेका छन्। नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट तीन दिनअगाडि राजीनामा दिएका ज्ञानेन्द्रप्रसाद ढुंगानालाई गर्भनर बनाउन केही कांग्रेस नेताहरुले दबाब बढाएपछि गभर्नर नियुक्तिको विषय नयाँ मोडमा पुगेको छ । विशेष गरी परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत नेताहरू ढुंगानाको पक्षमा भए पनि प्रधानमन्त्रीले अन्य योग्य व्यक्तिको खोजी गर्न आग्रह गरेका छन्। ढुंगानाले गभर्नर बन्न कांग्रेस नेताहरूको सक्रिय समर्थन पाए पनि उनको बैंकसँगको सम्बन्धले विवाद सिर्जना गरेको छ। नविल बैंकको स्वामित्वसम्बन्धी मुद्दा र लाभांश विदेश लैजाने विषय राष्ट्र बैंकमा छलफलमै रहेकाले, ढुंगानाको नियुक्ति विव...
प्रधानमन्त्री ओली, पूर्वप्रमद्वय देउवा र प्रचण्ड एकसाथ उद्घाटनमा

प्रधानमन्त्री ओली, पूर्वप्रमद्वय देउवा र प्रचण्ड एकसाथ उद्घाटनमा

Breaking News 1, ताजा अपडेट, राजनीति
नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको बिहीबार काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर; प्रदीपराज वन्त / रासस...
रत्ननगरका लामिछानेलाई सम्पादन विधामा अन्तर्राष्ट्रिय अवार्ड

रत्ननगरका लामिछानेलाई सम्पादन विधामा अन्तर्राष्ट्रिय अवार्ड

बागमती, मनोरञ्जन, समाचार
रत्ननगर । चितवनको रत्ननगरका पुजन लामिछानेले भिडियो सम्पादन विधामा अन्तराष्ट्रिय अवार्ड हात पार्न सफल भएका छन् । वुमेन्स इरा एण्ड मिडिया ग्रुपले उनलाई सम्पादन विधामा उत्कृष्ट ठहर गर्दै अवार्ड प्रदान गरेको हो । सञ्चारकर्मी समेत रहेका लामिछाने हिमालयन अन्तर्राष्ट्रिय अवार्डको लागि मनोनयनमा परेका थिए । थाइल्याण्डको राजधानी बैंककमा मंगलबार सम्पन्न भब्य समारोहका बीच लामिछानेलाई अवार्ड प्रदान गरिएको हो । लामिछाने दसैँ आयो’ गीतबाट भिडियो सम्पादनको उत्कृष्ट पाँचमा पर्न सफल भएका हुन् । भाषा, साहित्य, कला, संस्कृतिका सर्जकको सम्मान ः हाम्रो एक अभियान भन्ने मूल नाराका साथ आयोजना गरिएको पाँचौँ संस्करणको अवार्डमा विभिन्न विधालाई समावेश गरिएको थियो । अवार्डमा आधुनिक पप लोकदोहोरी गीतलगायतलाई समावेश गरिएको जनाइएको छ । लामिछाने चितवनमा रहेर भिडियो सम्पादनमात्रै नभई मोडलिङ र अभिनयमा पनि उत्त...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज