प्रचण्डलाई ओलीको प्रश्न : टिकटक किन बन्द गरेको त ?
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन चुनौतीको विषय बनेको बताएका छन् । शुक्रवार व्यवसायी ‘राजेशकाजी श्रेष्ठ व्यक्तित्व र योगदान’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको विकासको गति अघि बढाउन खोजेको भन्दै न्यायसम्मत कानुन र कानुन सम्मत शासन हुनुपर्ने भन्दै सुशासन चुनौती बनेको बताएका हुन् ।
‘न्याय दिने अनुरूपका कानुन बनाउनुपर्दछ र कानुन बमोजिम सबैले चल्नुपर्दछ’, प्रधानमन्त्रीले भने, ‘कानुनको राज र सुशासन देशमा हुनुपर्छ भनेर हामी मान्छौ ।’ उनले सुशासनबाट मात्र समृद्धिमा पुग्न सकिने र त्यो गम्भीर चुनौतिका रूपमा रहेको बताए । छिटो छरितो कानुन बनाउने काममा सरकार लागेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘केही मान्छेहरूले हिजो आफैले कानुनको मस्यौदा गरेका हुन् । मसँगै बसेर मस्यौदा गरेका हुन् हिजो’, प्रधानमन्त्रीले सामाजिक सञ्जाल विधेयकमा हल्ला र चर्का कुरा गरेर उफ्रने म...













