Day: १ फाल्गुन २०८१, बिहीबार

कोशी प्रदेशका ७ वटा स्थानीय तहले सार्वजनिक बिदा

कोशी प्रदेशका ७ वटा स्थानीय तहले सार्वजनिक बिदा

कोशी प्रदेश, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले जितेका कोशी प्रदेशका ७ वटा स्थानीय तहले बिहीबार सार्वजनिक बिदा दिएका छन् । ‘जनयुद्ध दिवस’को अवसरमा ती पालिकाहरूले बिदा दिने निर्णय गरेका हुन् । पाँचथरको मिक्लाजुङ गाउँपालिका, उदयपुरको लिम्चिङबुङ गाउँपालिका, खोटाङका खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले सार्वजनिक बिदा दिने सूचना जारी गरेका छन् । यस्तै, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, भोजपुरको रामप्रसाद राई गाउँपालिका र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले पनि सार्वजनिक सूचना निकालेर बिदा दिएको घोषणा गरेका छन् । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले उपनिर्वाचन समेत गरेर १३ वटा पालिका जितेको थियो । कार्यपालिकामा बहुमत पुग्ने पालिकाले बिदा दिएको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङ (मिक्सो) ले जानकारी दिए ।...
एकीकृत समाजवादी बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन काठमाडौँमा

एकीकृत समाजवादी बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन काठमाडौँमा

Breaking News 1, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ । अधिवेशनमा सङ्गठनको सुदृढीकरण, समसामयिक विषयवस्तु, भावी कार्यदिशासहित आर्थिक, साङ्गठनिक तथा कार्ययोजनासम्बन्धी छलफल गरिने सो पार्टीले जनाएको छ । बागमती प्रदेशका १३ जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने छ । महँगी नियन्त्रण, बेरोजगारी समस्या, राष्ट्रिय स्वाधिनता, आर्थिक समृद्धि, सुशासन कायम गर्ने, आर्थिक मन्दी जस्ता विषयमा छलफल गरिने कमिटी अध्यक्ष एवं पार्टी केन्द्रीय सचिव सावित्रा भुसालले जानकारी दिए । पार्टीले दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा अघि बढौँ भन्ने अधिवेशनको मूल नारा तय गरेको छ । पार्टीले कर्णाली र गण्डकी प्रदेशको अधिवेशन सम्पन्न गरिसकेको छ ।...
विद्यार्थीलाई तातो पन्युले डामियो

विद्यार्थीलाई तातो पन्युले डामियो

Breaking News 2, गण्डकी, ताजा अपडेट, शिक्षा, समाचार
पोखरा । विद्यार्थीको गालामा तातो पन्यु डामेको आरोपमा तनहुँको एक बोर्डिङ स्कुलका प्रिन्सिपलकी छोरी पक्राउ परेकी छन् । भीमाद नगरपालिकास्थित प्रभात एकेडेमी बोर्डिङकी लेखापाल एवं शिक्षिकासमेत रहेकी सुष्मा श्रेष्ठले मंगलबार कक्षा ४ पढ्ने ३ जना बालबालिकालाई तातो पन्यु डामेको विद्यार्थीले बताएका छन् । कक्षा कोठामा होहल्ला गरेको भन्दै उनले विद्यार्थीको गालामा तातो पन्यु डामेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले बुधबार एकजना विद्यार्थीले दिएको उजुरीका आधारमा पक्राउ गरिएको बताए । उनका अनुसार अनुसन्धान गर्दै जाँदा श्रेष्ठले अरु २ जना विद्यार्थीलाई समेत डामेको खुलेको हो । डामिएका सबैजना विद्यार्थी १० वर्ष उमेरका हुन् । सुष्मा विद्यालयका संस्थापक प्राचार्य कृष्णदेव श्रेष्ठकी छोरी हुन् । तनहुँ जिल्ला अदालतबाट बालबालिकाविरुद्धको कसूरमा ती शिक्...
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अर्थ, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४ रूपैयाँ ६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ६८ पैसा तोकिएको छ । यस्तै, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७३ रूपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५३ रूपैयाँ २ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ १६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५ पैसा र बिक्रीदर ९७ रूपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १०३ रूपैयाँ निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ ४ पैसा र बिक्रीदर नौ रूपैयाँ ०८ पै...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज